तावहाँङ्ग बँशावली छिट्टै नै प्रकाशन हुने तयारी मा छ । ---- पोल् स्टार !

Monday, August 29, 2011

एउटा जीबन यात्रा

होटल वालाले भन्दै थियो " भाई तिम्रो पासपोर्ट म बोकी दिन्छु तिमी बोर्डर क्रास हुना साथ दिन्छु। " म त्यति बेला २१ बर्ष को थिएँ । पैसा कमाउने अचम्मको मोह पलाएको थियो मलाई। एकपटक पुरै रात भरी म निदाएको छुइन कस्तो अचम्म को मेरो योजना र सोच थियो होला। अनी कति गहिरो कल्पनामा डुबें होला । म साँची कति सोझो रहेछु भने एउटा बोर्डर मा बस्ने होटलवाला ले पासपोर्ट माग्दा एकै बचन मा मैले उसको हात मा मेरो पासपोर्ट थमाई दिएको थिएँ। अनी मेरो मक्किएको एउटा झोला लिएर ६ जनाअरु साथी हरु संग सुनौली को बोर्डर पार गर्न पैदल लाग्यौं। निक्कैबेर हिंडे पछि बल्ल हाम्रो बस भएको स्थान मा पुग्यौं। हामीले नेपाल अब पार गरेर भारतीय भूमि मा प्रबेश गरी सकेका थियौं। सबै साथी हरु खुसी देखिन्थे । निक्कै हलचल थियो गाडी भित्र। कोई कहाँ जाने अनी कोई कहाँ ? म भने कति बेला मेरो पासपोर्ट आइपुग्छ भनेर अपरिचित ब्यक्ति को अनुहार को खोजी गरी रहें। त्यस ब्यक्ति कस्तो छ भन्ने पनि म ठ्म्याउन सक्दिन्थें। मेरो कोही साथी हरुलाई पनि थाहा थिएन की मैले मेरो पासपोर्ट अरु कसैलाई बोक्न दिएको छु भनेर । गाडी हिंड्ने बेला भई सकेको थियो। म भने त्यही अपरिचित अनुहार को पर्खाई मा बसें । खुसुक्कै एउटा साथी लाइ त्यो पीड़ा सुनाएं । एक कान दुई कान हुँदै सबै साथी हरु ले थाहा पाए। मैले धेरै गाली सुन्नु पर्यो। गाडी छुट्न लाइ यात्रु हरु लाइ संकेत दीइ रहेको थियो। मेरो भने मुटु मा पीड़ा को आगो सल्की रहेको थियो। कही समय पछि त्यो ब्यक्ति मेरो नाम पुकार्दै गाडी भित्र बाट म भए तीर अघि आउँदै थियो। अनी मैले संतोष ले सास फेरें । उसको त्यो इमान्दारिता ले म धेरै खुसी भएँ, अनी त्यो मेरो सोझो पन र अरुलाई छिट्टै बिश्वास गर्ने बानी ले गर्दा एउटा नयाँ पाठ सिकेको अनुभूति भयो मलाई। तर म त्यो क्षण कहिल्यै बिर्सिन्न । हामी चढेको गाडी हुइंकियो दिल्ली तर्फ ।

No comments:

Post a Comment

सभ्य भाषा मा कमेन्ट्सहरु लेख्नु होला। कमेन्ट्स पोस्ट गर्न comment as भएको मा select profile गरेर Anonymous लाई क्लिक गर्नु होला,त्यसपछी publish मा क्लिक गर्नु होला