तावहाँङ्ग बँशावली छिट्टै नै प्रकाशन हुने तयारी मा छ । ---- पोल् स्टार !

Wednesday, January 9, 2013

नेकपा माओवादी को महाधिवेशन

पोल् स्टार पौष-२५, नेकपा माओवादी को महाधिवेशन आज बाट राजधानी मा शुरु भएको छ। एमाओबादी सँग अलग भए पछि को यो पहिलो महाधिवेसन हो। राजधानीको खुलमञ्चमा अध्यक्ष बैद्यले ७ वटा पानसममा बत्ती बालेर सातौं महाधिवेशनको उद्‍घाटन गरेका छन्  रामबहादुर थापाले समान्तवाद र विस्तारवादले विश्वमा सुन्दर मानिएको नेपालका जनतालाई कुरुप बनाएको बताएका छन् । उनले नयाँ नेपाल र नयाँ संसार निर्माण सम्भव भएको सन्देश सातौं महाधिवेशनले दिने दावी गरे । उनले त्यसका लागि पहिले सबैले आफूलाई बदल्न जरुरी भएको बताए । टर्की बाट आएकी माक्र्सवादी लेनिनवादीकी प्रतिनिधी लिनाले सम्राज्यवादविरुद्ध संघर्षरत टर्कीका जनता, मिलिसिया, बन्दी क्रान्तिकारी साथीहरुको तर्फबाट महाधिवेशन सफलताको शुझकामना दिएकी छन् । उनले भनिन्  'तपाइको संघर्ष हाम्रो संघर्ष हो, तपाइको जित हाम्रो जित हो ।'
महाधिवेशन २९ गते सम्म हुने नेकपा-माओवादी ले जनाएको छ । महाधिवेशन को सफलताको मेरो पनि शुभकामना।

No comments:

Post a Comment

सभ्य भाषा मा कमेन्ट्सहरु लेख्नु होला। कमेन्ट्स पोस्ट गर्न comment as भएको मा select profile गरेर Anonymous लाई क्लिक गर्नु होला,त्यसपछी publish मा क्लिक गर्नु होला