तावहाँङ्ग बँशावली छिट्टै नै प्रकाशन हुने तयारी मा छ । ---- पोल् स्टार !

Friday, September 28, 2012

सिता एयर भक्तपुर मा दुर्घटनाग्रस्त

 पोल् स्टार सेप्टेम्बर २८ -   आज बिहान काठमाडौं बाट लुक्ला को लागि उडान भरेको सिता एयर को 9N AHA डोर्नियर विमान त्रिभुवन विमानस्थलबाट उडेको २ मिनेट भित्रै दुर्घट्ना भएको छ । उक्त विमान लोकन्थली मनोहरा खोला छेउमा दुर्घट्ना भएको छ । विमानमा  १९ जना सबैको निधन भएको छ । प्रत्यक्षदर्शी हरुका बिमान उडिरहेकै अवस्थामा आगो लागेको थियो।  विमानमा १५ जना विदेशी नागरिक, ३ जना चालक दल तथा १ जना नेपाली यात्रु थिए । विमानको पछिल्लो भाग बाहेक सम्पूर्ण भाग जलेको छ । विमानका चालक विजय तन्डुलकर थिए । दुर्घट्नाको कारण खुल्न सकेको छैन । विमानमा के कारणले दुर्घट्ना भएको हो बारे अनुसन्धान भइरहेको छ । विमानमा रहेको ब्लयाक बक्स भेटिएको छ । चालक तन्डुलकरले त्रिभुवन विमानस्थल टावरसंग विमान फर्काउन लागेको सूचना दिना साथ दुर्घट्ना भएको बताइएको छ । चालक तन्डुलकारले विमानलाई मनोहरा खोलामा अवतरण गराउने प्रयास गरेको अनुमान गरिएको छ । तर, त्यसमा  पनि उनी सफल हुन सकेका छैन । वस्तीभन्दा बाहिर भने विमानलाई झारेर थप क्षति हुनबाट उनले जोगाएका छन् ।
 उक्त बिमान को  पाइलट टाकेसी थापा र एयर होस्टेस रुजा शाक्य थिए । विमानमा रहेका विदेशीहरु ब्रिटिश, जापनिज र इटालयिन नागरिक थिए । मृत्यु हुनेमा जापानी ५ जना, इटालियन २ जना, बेलायती ८ जना, १ जना नेपाली यात्रु र ३ जना नेपाली चालक दल रहेको सीता एयरले जनाएको छ ।