तावहाँङ्ग बँशावली छिट्टै नै प्रकाशन हुने तयारी मा छ । ---- पोल् स्टार !

Tuesday, July 3, 2012

मलेसियाको जेल्मा १०२ नेपाली ले बन्दी जीवन् बिताउँदै

जुलाई-०३, २०१२
पोलस्टार--
प्रत्र पत्रिका को श्रोत अनुसार् मलेसिया म अहिले १०२ नेपाली ले बिभिन्न कारण वस जेल जीवन् बिताइ रहेका छन् ।
धन कमाइ सुनौलो भविष्यको सपना बोकेर मलेसिया आएका उनीहरू कम्पनीमा काम गर्दा हुने सामान्य विवाददेखि व्यक्ति हत्याजस्तो गम्भीर अभियोगसमेतमा जेलको चिसोछिडीमा समय बिताउन बाध्य छन् । मलेसियाका विभिन्न जेलमा गरी १०२ जना नेपाली दर्जनौं अभियोगमा जेल-सजायभोगिरहेका यहाँस्थित नेपालीदुतावासले जनाएको छ । गत ११ वर्षदेखि विभिन्न अभियोगमा नेपालीहरू जेल सजाय भोगिरहेका छन् । सन् २००३ देखि गतजुन ५ सम्म उक्त संख्यामा नेपाली मलेसियाका विभिन्न १९ जेलमा सजाय भोगिरहेका दुतावासको एक तथ्यांकमा उल्लेख छ ।
दुतावास स्रोतका अनुसार यसरी सजाय भोग्नेमा लागूपदार्थ कारोबार एवं प्रयोग गरेको अभियोगमा ११ जना, हत्या अभियोगमा २ जना, अपहरणको अभियोगमा २ जना, झै-झगडा र आपराधिक कृयालकलापमा संलग्न भएको लगायत अन्य अभियोगमा ३४ जना रहेका छन् । त्यसैगरी कम्पनीमा काम गर्दा निर्देशन नमानेको जस्ता सामान्य अभियोगदेखि चोरी डकैतीको अभियोगमा पनि नेपाली जेलमा छन् ।
               दुतावासका अनुसार कम्पनीमा काम गर्दा निर्देशन नमानेकै अभियोगमा एक नेपालीमुद्दा खेपिरहेका छन् भने चोरी डकैती गरेकोमा १५ नेपाली सजाय भोगिरहेका छन् । त्यसैगरी मान प्रतिष्ठामा आँच आउने काम गरेको अभियोगमा ४ जना र धारिलो हातहतियार प्रयोग सम्बन्धी अभियोगमा १२ जना जेलमा छन् । त्यसैगरी अवैध रुपमा मलेसिया प्रवेश गरेको अभियोगमा १६ जना र गैरकानुनी बसोबासको अभियोगमा ५ जनाले मुद्दा खेपिरहेको एवं सजाय भोगिरहेको दुतावासले जनाएको छ ।
अज्ञानतार साथीभाइसँगको कुलत एवं लहलहीमा लागेर कतिपय नेपाली यहाँ अनाहकमा फास्ने गरेको पाइन्छ । दुतावासले साथीभाइको कुलतमा नलाग्न र सजकता अपनाएर काम गर्न नेपालीलाई आग्रहसमेत गरेको छ । जेलमा पर्ने नेपालीमध्ये कतिपयले आफूमाथि झुटो आरोप लगाइएको भन्दै मुद्दा लडिरहेका छन् । स्रोतका अनुसार मुद्दा लड्दा मलेसियाद्वारा नै वकिलको प्रबन्ध मिलाइएको हुन्छ । जेलमा रहेकामध्ये बहुसंख्यक नेपाली सजाय कटाउनका लागिबसिरहेका छन् भने अन्य मुद्दाको फैसला पर्खेर बसिरहेका छन् । भाषासम्बन्धीज्ञानको अभाव, साथीभाइसितको कुलत र छिटै धनीबन्ने महत्वाकांक्षाका कारण पनि कतिपय नेपाली फास्ने गरेको दुतावासका एक सदस्यले बताए । ती सदस्यका अनुसार सजाय कटाइ सकेपछि उनीहरू घर फर्कन पाउने छन् । सजाय भोगिसकेकालाई 'डिटेन्सन सेन्टर' मा राख्ने गरिन्छ । उक्त सेन्टरमा सारेपछि उनीहरूले घरफिर्ती टिकट आफैंले व्यवस्था गर्नुपर्ने हुन्छ । जेल सजायकटाई घर फर्कने नेपालीका लागि दुतावासले यात्रा अनुमतिपत्र निःशुल्क उपलब्ध गराउँदै आएको छ । यसरी जेल सजाय कटाइसकेपछि पनि घरफिर्ती टिकटको व्यवस्था हुन नसक्दा अन्य कयौं डिटेन्सन सेन्टरमा छन् । उनीहरूको घर फर्कने टुंगो छैन । स्रोतकाअनुसार घर फिर्ती टिकट अभावमै अझै कयौं नेपाली डिटेन्सन सेन्टरमै बस्न बाध्य छन् । घर फर्कने आशैआशामा उनीहरुमध्ये कतिपयको सेन्टरमै महिनौं बित्ने गरेको छ ।