तावहाँङ्ग बँशावली छिट्टै नै प्रकाशन हुने तयारी मा छ । ---- पोल् स्टार !

Tuesday, September 23, 2014

दशै कसको चाड ?

दशै कसको चाड ?

दशै तपाईको चाड हो वा होईन बुझेर मात्र मनाउनु होला !
(1) दशै भारतबाट आयत गरेको चाड हो । नेपालको भूभागसंग र नेपालका आदिवासी जनजातिसंग दशैको कथाको सम्बन्ध भएको ईतिहांस काहि कतै कसैले पढनु भएको छ ?
(2) गोरखा राज्य विस्तार भए पछि अतिहिन्दुवादी निरंकुश गोरखाका शाह राजाले आदिवासी जनजातिलाई पहाडे बाहुनको शासन, हिन्दुधर्म–संस्कृति र खस भाषालाई स्वीकार्न बाध्य परेको ईतिहांस १२ बजेको घाम जतिकै छर्लङ छ ।
(3) राई : दशैको टिका थाप्न राणा शासकको आदेश पालन नगर्दा आदिवासी जनजाति राम्लिहाङ राई र रिदमा राईलाई झुण्डाएर हत्या गरेको थियो ।
(4) लिम्बु : सन १८३१ मा गोरखाका शाह राजाले दशै नमाने लिम्बुहरुको सुव्वाङ्गी र किपट खोस्ने धम्की दिएकोले बाध्य भएर लिम्बुहरुले दशै मानेका हुन । जोगीको वेशमा लिम्बु गाउामा जासुस पठाएर दशै नमान्ने लिम्बुहरुलाई चरम यातना दिएर दशै मान्न बाध्य बनाएका थिए ।
(5) नेवा : षडयन्त्रपूर्वक गोरखाका राजाले काठमाडौ उपत्यका कब्ज गरेता पनि नेवाहरुले गोरखा राजाको शासन स्वीकारेका थिएन्न । नेवाहरुलाई गोरखा राजाको शासन स्वीकार्न बाध्य बनाउन गोरखा दरबारबाट फुलपाती ल्याएर काठमाडौको टुडिखेलमा फुलपाती बढाई गरेर नेवाहरुलाई दशै मान्न बाध्य बनाएका थिए ।
(6) गुरुङ : पृथ्वी नारायण शाहको आदेश अनुसार सेनमा काम गर्ने गुरुङहरु, उनीहरुका परिवारहरुलाई र गोरखाका नजिक गाउाका गुरुङहरुलाई दशैमा अनिवार्य पशु बलि दिनु पर्ने र बलि दिए पछि हत्केलामा रगत लगाएर ढोकाको दायाा र बााया लगाउन बाध्य बनाएका थिए । बिक्रम सम्बत १८२६ देखि राजेन्द्र बिक्रम शाहले गुरुङहरुलाई लामा पुजारी राख्न बन्देज लगाएरु बाहुन पुजारी चलाउन बाध्य बनाएका थिए ।
(7) मगर : बिक्रम सम्बत १६१६ मा द्रब्या शाहले खडका मगर राजालाई निर्मम हत्या गरेको मगरहरुमाथी शासन गरेको दिनदेखि मगरहरुलाई दशै मान्न बाध्य बनाएको इतिहास छ ।
(8) तामाङ : सुनकोशीको बगरमा हातियार लुकाएर राखेर पृथ्वीनारायण शाहले तामाङका राजा रिन्जेन दोर्जेलाई मित लगाउन विना हतियार आउनु भनेर तिमाल बेशी भन्ने ठाउामा बोलाए निर्ममतापूर्वक हत्या गरेर तामाङहरुलाई दशै मान्न बाध्य बनाएका थिए ।
(9) दशैबारे हाम्रा मागहरु :-
* सबै नेपालीले दशै नमान्ने भएको र भारत लगायत अन्य देशका हिन्दुहरुले पनि दशै मान्ने भएकोले दशैलाई नेपालीहरुको चाड होईन हिन्दुहरुको चाड भनियोस ।
* राज्यको ढुकुटीबाट करोडौ रुपैया खर्चेर, सेना प्रहरी लगाएर वर्षको ३५ दिन सार्वजनिक विदा दिएर हिन्दुको चाड पर्व दशै, तिहार, जनै पूर्णिमा, तिज, बसन्त पञ्चमी मनाउने कार्यहरु बन्द गरियोस वा आदिवासी जनजातिका चाडहरु सकेला, भुमे पूजा, चोनाम पर्व, उधौली उभौली, लोसार, छठ जितिय, सिरुवा पर्व, महपूजा, माघीमा पनि सैनिक मञ्चमा सेना प्रहरीले हर्ष बढाईका साथ मानइयोस ।
* हिन्दुधर्मका समाचारलाई मात्र प्राथमिक्ताका दिएर सरकारी तथा अतिहिन्दुवादी सञ्चार माध्यमाहरुले आाख फुटने गरेर देखाउने कान नै बन्द हुने गरेर सुनाउने पक्षपातीपूर्ण व्यवहार बन्द गरियोस र सबै धर्मका चाडपर्वबारे समावेशी समाचार सम्प्रेषण गरियोस ।
* नेपालको राष्ट्रियता र राष्ट्रिय एकता आधार हिन्दुको चाड दशै, तीज, जनै पूर्णीमा, खस भाषा र दौरा सुरुवाल टोपी मात्र हुन सक्दैन । नेपालको राष्ट्रियता र राष्ट्रिय एकताको आधार सकेला, उधौली उभौली, लोसार, छठ जितिय, सिरुवा पर्व, भूमे पूजा, महपूजा, माघी, ईद पनि हुनुपर्छ, शेर्पा, राई, गुरुङ, मगर, तामाङ, लिम्बु, थारु, नेवार, मुश्लीम लगायत अन्य जातजातीको भाषामा हुनुपर्छ र हिमाल, पहाडमा र तराईमा लगाईने पोशाकहरुलाई बनाइयोस ।
(10) सस्तो राजनीतिक लोकप्रियता हासिल गर्न, साम्प्रदायिक सदभाव विथोल्न वा देश खण्डीत गर्ने हाम्रो आवजको उद्वेश्य किमार्थ होईन । हाम्रो आवज न्यायको लागि हो, समनताको लागि हो, भाषा, धर्म, संस्कृति, आर्थिक, राजनीतिक र समाजिक विभेदहरु समाप्त गर्दै समतामूलक समाज र समृद्धिशाली नयाँ नेपाल निमार्ण गर्ने नै हो ।
(11) प्रधानमन्त्रीको कुर्सीको पाउनका लागि पहाडे शासक वाहुन नेताहरुले आदिवासी, मधेशी, दलित, मुश्लीम, महिला, अपाङ्गाका उत्पीडनबारे कुरा उठाउदा देश टुक्र्याउने र सामाजिक सदभाव विथोल्ने आरोप नलाग्ने । तर आदिवासी, मधेशी, दलित, मुश्लीम, महिलाले आफ्ना उत्पीडनका कथा र व्याथहरुबारे आफैले आवज उठायो भने देश टुक्रिने, सामाजिक सदभाव विथोलिने आरोप लाग्ने, यो कस्तो बिडम्बना हो ? के यो न्यायोचित छ ?
(12) आदिवासी, मधेशी, दलित, मुश्लीम, महिला, अपाङ्गाका उत्पीडनका कथा व्यथाहरु विक्री गरेर राजा महाराजा, निरंकुश निर्दलिय पञ्चायती व्यवस्था, वहुदलवादी दल र गणतन्त्रवादी दलहरुले नोट, भोट बटुले, सिहदरवारको सिंहासनमा कोईराला, खनाल, नेपाल, दहाल, भट्टराईलाई पु–याएर शासन गरे तर हाम्रो कथा व्याथहरुमा कुनै परिवर्तन आएन ।
(13) अब हाम्रा लागि हामी आफै उठनु पर्छ भन्ने चेतनाको विकाश हामीमा भएकोछ । जस्को सवाल उस्को अगुवाई भन्ने भनाईबाट हामी प्रेरित भएको छौ । अब हाम्रा लागि कसैले बोल्नु पर्दैन, हामी आफै बोल्छौ, हामी आफै संठीत हुन्छौ । अब मधेशी, दलित, मुश्लीम, महिला, अपाङ्गाको उत्पीडनका कथा व्यथा विक्री गर्ने अधिकार कसैलाई हुनै छैन । सर्वाधिकार हामी आफैमा सुरक्षित हुनेछ । हेक्का रहोस !
(14) देशको ढुकुटी रित्याउने शासक पहाडे वाहुनहरु अनि नेपालको नदीनाला, वनजंगल बेचेर खरबौ डलर झ्वांम बनाउने शासक पहाडे वाहुन । आदिवासी, मधेशी, दलित, मुश्लीम, महिला, अपाङ्गा, कमैया कमलरीको आर्थिक, राजनैतिक, शैक्षिक सशक्तिकरणका लागि खोलिएका ५,२२७ संघसंस्थाहरु मध्ये ८० प्रतिशत संघसंस्थाहरु शासक पहाडे वाहुनहरु कै छन् । यदि विश्वास लाग्दैन भने गैह्र सरकारी संस्था महासंघ (फेडेरेसन अफ नन गर्भमेन्टल अर्गनाईजेसन अफ नेपाल) को वेभ साईडमा गएर सदस्यहरुको नामवाली हेरियोस । उर्मिला आर्याल, आरजु देउवा, भिम रावल, के पी ओली, गगन थापा, योगेश भट्टराई, टोपवहादुर रायमाझीका संघसंस्थाले वार्षिक खरबौ डलर झवाँम बनाउछन् । अब भन्नोस डलर कस्ले पाउने रहेछ ? शासक पहाडे वाहुनले की आदिवासी, मधेशी, मुश्लीमले ? धान खाने मुसा चोट पाउने भ्यागुता ! विदेशी डलर र राज्यको ढुकुटी रित्याउने शासक पहाडे वाहुन अनि आरोप लगाउछ आदिवासी, मधशी, दलित र मुश्लीमलाई ?
(15) न्याय र समानताका लागि उठेको अवाज कुनै विदेशी डलरको उपज होईन चेतना अभिबृद्धिको उपज हो । हेक्का रहोस !
साभार्- नेपालीसमाचार डट कम
 
 

Monday, September 22, 2014

सरकार हत्यारा हो

सायद् अब हतपत  मान्छे हरू अनसन बस्दैनन्।  बसे पनि सरकार घुर्क्याउने हिसाबले बस्दैनन्। मलाई यस्तै लाग्छ है । तर सरकार ले घोर अन्याय गरेको छ। सरकार ले बेइज्जती कमायो। थुइक्क सरकार । ज्यान मारा सरकार । सोझा जनता हरू एकपछी अर्को लगातर मर्दैछन यसैगरी मर्दै जानेछौँ । अन्याय मा परेका हामी यसै गरि दबिँदै जानेछौँ । कुर्शी को लोभ गर्ने बेइज्जती, स्वार्थी सरकार यसै गरि टिकी रहन्छ । सरकारले गरेको यत्रो गल्ति न त क्षमा दिन लायक छ न त कोहि जनता उठ्नेछन । किनकी यो भोटिङ सिस्टम होईन नि। अल्से नेपाली हरू भोटिङ सिस्टम भयो भने मात्र एक हुन्छन्। भोटिङ को आधार मा त नेपाली हरू ले धेरै नेपाली लाई जिताइ सकेका छन्। म त यत्ति भन्छु नेपाली हामी जनता हरू धेरै गल्ति गर्दैछौं नेता हरूले गरेको गल्ति हरू लाई सहजै हामी माफ गरिदिन्छौं। थुइक्क यति सम्म की जनताको रगत् चुस्ने भ्रष्ट्राचारी जेल बाट निस्कँदा हामी हर्षबडाइँ मनाउन्छौं , फुलमाला लगाई दिन्छौं । त्यसैले गल्ति हामी गर्दै छौं । यहां अनसन बसेर केही हुँदैन किनकी जनतालाई जनता ठानिँदैन, अनसन बसेर आफू मर्नु पर्छ यो देश् मा मरेर केही हुँदैन । संबिधान बन्छ या बन्दैन त्यो त थाहा छैन् तर मलाई यति कुरा थाहा छ की संबिधान नबने पनि यो देश् मा केही हुंदैन। किनकी जनता उठ्दैनन । जनता लाई पनि देश् प्रति त्यति चिन्ता छैन। धेरै जनता हरू बिदेश् तिरै छन् उनिहरुलाई यति चिन्ता छ की मेरो भिसा लाग्छ की लाग्दैन? गएर पैसा कमिन्छ की कमिन्दैन? एमआरपी बनाको छैन् अब मलाई बिदेश् फर्किनु दिन्छ की दिँदैन बस। म पनि त्यति नी सोच्छु बस आज नराम्रो लाग्यो छोरा को लागि ज्यान को आहुती दिएर न्याय माग्दा पनि सरकार ले न्याय दिन सकेन यो कुरा निश्चित छ भोलि गएर हामी कसैलाई यस्तो स्थिति आइ पर्‍यो भने पनि यसै गरि मरि रहनु पर्छ यस्तो खबर सामान्य बन्दै जानेछ । देशको अस्तित्व र इमानता हराउँदै जानेछ। फेरि चुनाव हुन्छ हामी यसैगरी नेता हरू लाई महानेता बनाउँदै जानेछौँ ।