तावहाँङ्ग बँशावली छिट्टै नै प्रकाशन हुने तयारी मा छ । ---- पोल् स्टार !

समाचार

देउवाको राजीनामा स्वीकृत हुँदैनः केसी

काठमाडौं, आश्विन १२ - कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिह केसीले नेता शेरबहादुर देउवाको राजीनामा स्वीकृत नहुने दाबी गरेका छन् । राजीनामा फिर्ता हुने दाबी गर्दै उनले अबको केन्द्रीय समिति बैठक देउवासहित बस्ने बताए ।
'पार्टीले देउवालाई राजीनामा फिर्ता लिने वातावरण निर्माण गर्नु पर्छ,' राजधानीमा बिहीबार आयोजित साक्षात्कारमा नेता केसीले भने, 'सहमति जुटाएर अगाडि बढ्नुको विकल्प छैन ।' उनले पार्टीको विवाद नमिलाए शान्ति र संविधान नै सहज नहुने दाबी गरे ।
लोकतन्त्रमा बहुमतबाट भएको निर्णय नै उचित हुने भन्दै उनले पार्टीले बहुमतबाट गरेको भ्रातृसंगठन विघटनको निर्णय फिर्ता गर्न नहुने स्पष्ट पारे । उनले भने, 'बहुमतले गरेको निर्णय फिर्ता लिनु ठिक हुँदैन । केन्द्रीय कार्य समितिको निर्णयको परिधिभित्रै रहेर विवाद संयोजन गर्नुपर्छ । तर अल्पमतको पनि सम्मान गर्नु पर्छ ।'
केसीले भंग गरिएका भातृ संगठनका निर्वतमान अध्यक्षको संयोजकत्वमा सबै पक्षको प्रतिनिधित्व हुने गरी महाधिवेशन आयोजक समिति गठन हुनु पर्ने र त्यसलाई अनुगमन गर्न पार्टीले भिन्नै संयन्त्र निर्माण गरेर विवादको समाधान निकाल्नु पर्ने बताए । यसमा सभापति समेत सकारात्मक रहेको उनको भनाइ थियो ।
त्यसै अनसन तोड्न नमिल्ने भएकोले नैतिकताको हिसावमा नेता देउवाले राजिनामा दिएको दावी गर्दै कांग्रेस घात प्रतिघात सहँदै आएको लोकतान्त्रिक पार्टी भएकोले पार्टी कुनै पनि हालतमा नफुट्ने बरु सहमतिका साथ अझै एकताबद्ध भएर अगाडि बढ्ने ठोकुवा पनि गरे ।


प्रचण्ड एकाएक बेपत्ता  

काठमाडौं भाद्र २५-- शुक्रबार अपराह्न साढे ४ बजे विराटनगर विमानस्थलबाट पत्नी सीता, छोरा प्रकाश, स्वकीय सचिव समीर र माओवादी कोचिला राज्य समिति इन्चार्ज हरिबोल गजुरेलसाथ पूर्वतर्फ लागेका दाहाल कहाँ छन् भनेर शनिबार दिनभर खोजी भए पनि पत्तो लाग्न सकेको छैन ।सुरक्षा निकाय र पार्टीका कार्यकर्ता तथा नेतालाई सुइँकोसम्म नदिई आएका दाहाल विमानस्थलको विशिष्ट कक्षमा समेत नगई साधारण यात्रु कक्षबाट बाहिरिएर गाडीमा चढेका थिए । त्यसबेला विमानस्थल सुरक्षामा खटेका प्रहरीले समेत थाहा पाएनन् । एयरलाइन्सका केही कर्मचारीले मात्र दाहाल परिवारलाई देखेका थिए । प्रहरी प्रशासन, पत्रकार तथा माओवादी पार्टीका जिल्लादेखि केन्द्रीय नेताले समेत दाहालको खोजी गरे तर खास कुरा भने पत्ता लाग्न सकेन । 'आज बिहानैदेखि अध्यक्षकै खोजीको फोन उठाउँदा-उठाउँदा हैरान भइसकें,' माओवादी मोरङ जिल्ला सेक्रेटरी गणेश उप्रेतीले भने, 'पार्टीका केन्द्रीय सदस्यदेखि पूर्वक्षेत्रका इन्चार्ज मात्र होइन, पत्रकार र सर्वसाधारणले समेत सोधेका सोधै छन्, तर खै के भन्ने मलाई नै थाहा छैन,' उनले भने । पोलिटब्युरो सदस्य गजुरेल, छोरा प्रकाश, स्वकीय सचिव समीरका मोबाइल पनि सम्पर्कबाहिर छन् । पूर्वक्षेत्रीय प्रहरी कार्यालय, जिल्ला प्रहरी, सशस्त्र प्रहरीदेखि राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीसमेत शनिबार दिनभर दाहालकै खोजीमा लागेका थिए । 'मैले सबैतिर खोजें, आउनुभएको छ भन्ने हाल्ला आयो तर कहाँ र किन भन्ने पत्ता लाग्न सकेन,' पूर्वक्षेत्रीय प्रहरी प्रमुख डीआईजी सुरेन्द्रबहादुर शाहले भने । केहीले कांग्रेस सभापति सुशील कोइरालालाई भेट्न आएको अड्कल काटे । कोइराला दुई दिनदेखि सुनसरीमा छन् । केहीले माओवादी लडाकु शिविर गएको अनुमान गरे । तर यसको पनि आधिकारिक पुष्टि भएको छैन । माओवादीनिकट पत्रकार नवराज कट्टेल चुलाचुली तथा याङसिलास्थित शिविरबाट 'अध्यक्ष त्यहाँ आउनुभएको छ' भनी सोधेको बताउँदै तर केही पत्तो नलागेको सुनाउँछन् । उनका अनुसार इलामको चुलाचुलीस्थित प्रथम डिभिजनका कमान्डर यमबहादुर अधिकारी काठमाडौंमा छन् ।माओवादी स्रोतका अनुसार दाहाल भारतको सिलिगुडीमा रहेकी कान्छी छोरीको घर गएका हुन् । 'शुक्रबार साँझ८ बजे दाहाल चढेको गाडी झापाको दमक बजारबाट अघि लागेको थियो, साथ रहेका कोचिला राज्य समिति इन्चार्जको मोबाइलमा सम्पर्क हुन सकेको छैन,' जिल्ला नेता टंकी गिरीले भने, 'हरि दाइ (कोचिला राज्य समिति इन्चार्ज हरिबोल गजुरेल) ले शुक्रबार पूर्व जान्छु, शनिबार साँझसम्म र्फकन्छु भन्नुहुन्थ्यो ।' माओवादी अध्यक्ष दाहाल पूर्व आएको खबरपछि शनिबार दिनभर झापाका सुरक्षाकर्मी र सञ्चारकर्मी पनि हैरान भए । विराटनगरबाट झापा हुँदै सिलिगुडी गएको चर्चा सुनेका पत्रकारहरू उनी र्फकने प्रतीक्षामा काँकडभिट्टा नाकामा बसेका थिए ।

दाहाल सिलिगुडी गएको खबर पाउनासाथ झापामा प्रहरीले सुरक्षा सतर्कता बढाएको थियो । झापाका प्रहरी प्रमुख एसपी तारिणीप्रसाद लम्साल भन्छन्, 'उहाँ झापा हुँदै गएको भन्ने हल्ला छ तर पुष्टि भएको छैन ।' उनले बिना जानकारी गएकै भए पनि सुरक्षा सतर्कता भने बढाएको जानकारी दिए । 
दाहाल आएको हल्लापछि इलाका प्रहरी काँकडभिट्टा, धुलाबारीलगायत माओवादीका जिल्लास्तरीय नेताहरूसमेत अनभिज्ञ थिए । धेरैले समाचार पढेर थाहा भएको बताएका थिए । तर माओवादीका एक क्षेत्रीय नेताले दाहालसहितको एक टोली बिहानै सिलिगुडी गएको दाबी गरेका छन् । उनले भने, 'कोचिला राज्य समितिका इन्चार्जसहित उहाँ सिलिगुडी जानु भएको खबर आएको छ ।' उनका अनुसार प्रचण्डको सिलिगुडी भ्रमण नितान्त निजी हो । भारत, सिलिगुडीका पत्रकारले पनि दाहालको सिलिगुडी भ्रमणबारे चासो व्यक्त गरेका थिए । पत्रकारहरू दिनभर दाहालकै खोजीमा व्यस्त भएको पत्रकार विजय रुचालले जानकारी दिए । उनले भने, 'प्रचण्ड सिलिगुडी आएको भन्ने सुनियो तर कहाँ र किन भन्ने पत्ता लाग्न सकेन ।'उनका अनुसार दाहाल सिलिगुडीमा कम्युनिस्ट पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आएको हल्ला छ । दाहालले सिलिगुडी जाँदाताका सधैंजसो भेट गर्ने डुवर्सको बाग्राकोटका कान्छा ज्वाइँ नारायणविक्रम प्रधानले दाहाल आएको जानकारी नभएको बताए ।

आजका दैनिक पत्रिका हरु को समाचार यस्ता छन  

आज मिति २०६८ साल भदौ २३ गते शुक्रबार । आज काठमाण्डौंबाट प्रकाशित सवैजसो दैनिक पत्रिकाले फरक फरक समाचारलाई मुख्य समाचारका रुपमा छापेका छन् ।आजको कान्तिपुर दैनिकले लडाकु बर्गिकरण अर्कोसातादेखि शिर्षकमा मुख्य समाचार छापेको छ । जसमा माओवादी अध्यक्ष प्रचण्डले असहमतिका बिच पनि भदौ अन्तिम साताबाट वर्गिकरण थाल्ने बताएको उल्लेख गरिएको छ ।नागरिक दैनिकले सवै जातीका पोशाक राष्ट्रिय पोशाक रहेको सरकारको निर्णयबारे मुख्य समाचार छापेको छ । माधव नेपाल नेतृत्वको सरकारले दौरसुरुवाललाई राष्ट्रिय पोशाकको मान्यता दिएकोमा पछिल्लो सरकारले त्यसलाई खारेज गरेको छ ।अन्नपूर्ण पोष्ट दैनिकले मिठाइमा मिसावट गरेको अभियोगमा ४ जना ब्यापारीलाई पक्राउ गरेको समाचारलाई मुख्य समाचारका रुपमा छापेको छ । जसमा मिसावट गरेको अभियोगमा अहिलेसम्म कसैलाई जेल नपठाईको समाचारमा उल्लेख छ । अन्नपूर्ण पोष्टले नै ५० हजार युवालाई स्वरोजगार बनाउने सरकारले तयारी गरेको समाचारलाई पनि मुख्य समाचारको रुपमा छापेको छ ।सरकारले ल्याउन लागेको राहत कार्यक्रममा मधेसी दलहरुले अबरोध गरेको बिषयमा कान्तिपुर र नयाँ पत्रिका दैनिकले मुख्य समाचार छापेका छन् । प्रधानमन्त्रीले तयार पारेको राहत प्याकेजमा मधेसी दलहरुले असहमति जनाएपछि त्यसलाई संसोधन गरेर आज बिहान ९ बजे राहत कार्यक्रम घोषणा गरिंदै छ ।

 

सरकारको प्रवक्तामा श्रेष्ठ, पौडेल प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार

२२ भदौ, काठमाडौँ । सरकारको प्रवक्तामा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ तोकिनुभएको छ । सिंहदरबारमा बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई प्रवक्ता तोकेको हो ।
बैठकले प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा देवेन्द्र पौडेललाई नियुक्त गरेको छ । पौडेल प्रधानमन्त्री डा.बाबुराम भट्टराईको दल एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य हुनुहुन्छ । यस्तै मन्त्रिपरिषदले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिनुभयो । योजना आयोग सदस्यमा जनकराज साह र शिव राई नियुक्त भएका छन् ।
मन्त्रिपरिषदले रामरिझन यादवलाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त गरेको छ । राष्ट्रिय पोशाकसम्बन्धी पूर्ववर्ती माधव नेपाल सरकारले गरेको निर्णय आगामी बैठकले सच्याउने सहमतिसमेत भएको श्रेष्ठले बताउनुभयो । यस्तै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आगामी २ असोजमा प्रधानमन्त्रीको नेतृत्वमा न्युयोर्क जाने १३ सदस्यीय टोलीको नाम चयनसमेत बैठकले गरेको छ । यस्तै सरकारले सहसचिव दुर्गाप्रसाद भट्टराईलाई कायममुकायम परराष्ट्रसचिवको जिम्मेवारी दिएको छ ।

नयाँबजारमा वैद्यलाई ‘नो इन्ट्री’

 अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री डा. बाबुराम भट्टराई भित्रपट्ट लडाकुहरूसित गोप्य छलफल गरिरहेका, वरिष्ठ उपाध्यक्ष वैद्यचाहिँ बाहिर एक्लै । नयाँबजारको प्रांगणमा लडाकु कमान्डरका गाडी पार्किङ गरिराखेको वैद्य आफैँले देखेकै हुन् । तैपनि प्रचण्ड-निवासभित्र पस्न नपाएपछि प्रचण्डका गुरु मोहन वैद्यले टेबलमा मुड्की हान्दै भने, ‘ल ठीक छ, तपाईंहरू मलाई झुक्याएर यसैगरी षड्यन्त्र गर्दै गर्नाेस्, म जनतामाझ गएर सबै कुरा खोलिदिन्छु ।’कन्टेनरको साँचो विशेष समितिलाई बुझाउनेबारे माओवादीभित्रको विवादलाई सडकमा ल्याउनुअघि अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईले मोहन वैद्यलाई कसरी झुक्याएका रहेछन् भन्ने थाहा पाउन यही एउटा घटना पर्याप्त छ । बुधबारको जनआस्था साप्ताहिकले लेखेको छ-प्रधानमन्त्री डा. भट्टराईले माओवादी प्रस्तावमा के-के केरमेट गरेका रहेछन् भन्ने तथ्य पनिे फेला परेको छ ।

प्रधानमन्त्री डा. बाबुरामले सपथ ग्रहण गरेको पर्सिपल्ट बिहान माओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरूसित र साँझ विशेष समितिको बैठक राखेर भदौ १५ गते कन्टेनरको साँचो विशेष समितिलाई बुझाउने कार्यक्रम तय गरेका थिए । सो कार्यक्रम भदौ ८ गतेकै स्थायी समितिको बैठकबाट सार्वजनिक गरिएको प्रतिबद्धताको बुँदा नम्बर ‘ञ्ा’ मा रहेको ‘माओवादी नेतृत्वमा सरकार गठन भएलगत्तै लडाकु, हातहतियार र कन्टेनर मूर्तरूपमा विशेष समितिलाई हस्तान्तरण गर्ने’ म्यान्डेटअनुसार नै तय गरिएको थियो ।
तर, कन्टेनरको साँचो विशेष समितिलाई बुझाउने सरकारको निर्णयलगत्तै वैद्य समूहका नेताले त्यसको विरोध सुरु गरिहाले । वैद्य समूहका नेताले साँचो कुनै पनि हालतमा विशेष समितिलाई नबुझाइने सार्वजनिक भाषण गरे । वैद्यपक्षले यस्तो भन्नु र गर्नुका पछाडिको रहस्य भने यही थियो, वैद्य र बादलमाथिको अपमान एवं अनौठो ढाँटछल । प्रचण्ड र बाबुरामले स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्ने वेलामा वैद्य पक्षलाई किन जानकारी दिन नचाहेका होलान् भन्ने कुराको रहस्य अझै खुलिसकेको छैन । तर, आफ्नो योजनामा वैद्य पक्षले किचलो गर्ने डर प्रचण्ड-बाबुरामलाई लागेका कारण यसो गरिएको हुन सक्छ ।
प्रचण्ड र बाबुरामले साँचो हस्तान्तरणलाई सहज बनाउन बिहीबार नयाँबजारमा डिभिजन कमान्डरहरूको भेला बोलाएका थिए । आफूलाई जानकारी नै नदिई भेला बोलाएको कतैबाट सुइँको पाएपछि वैद्य हस्याङ-फस्याङ गर्दै त्यहाँ पुगे । तर, उनी पुग्नुअघि नै अध्यक्ष, प्रधानमन्त्री बाबुराम, लडाकु प्रमुख वर्षमान पुन अनन्त, नन्दकिशोर पुन पासाङ र डिभिजन कमान्डरहरू बैठक बसिसकेका थिए । बैठक बसिरहेको कोठामा जान वैद्यले पटक-पटक प्रयास गरे पनि उनलाई जान दिइएन ।
बैठकमा प्रवेश नपाएपछि वैद्य निकैबेर अध्यक्ष प्रचण्ड र बाबुरामलाई कुरेर बैठककोठाबाहिरै बसे । त्यसो त यसअघि पनि एक/दुईपटक प्रचण्डले वैद्यलाई यसरी नै कुराउने गरेका थिए । तर, संवेदनशील मुद्दामा भित्र लडाकुहरूसँग कुरा गरिरहँदा पार्टीको दोस्रो ठूलो नेतालाई यसरी बाहिरै राखेपछि वैद्य रन्थनिनु स्वाभाविकै थियो ।
आफू आएको खबर पठाउँदा पनि भित्र नबोलाएपछि वैद्य टेबल ठोकेर ‘म पनि मेरा कुरा जनतासँग राख्छु’ भन्दै नयाँबजारबाट रिसले मुर्मुरिँदै हिँडेको र तत्कालै पार्टीको लेटरप्याड प्रयोग गरेर प्रेसविज्ञप्ति निकालेर साँचो बुझाउने काम जनसेनालाई निःशस्त्र पारी विघटन गर्नु हो भन्दै एक घन्टा चक्काजाम र साँझ मसालजुलुस प्रदर्शन गर्न कार्यकर्तालाई निर्देशन दिएको स्रोतको कथन छ । वैद्यको उपस्थितिविनै सकिएको बैठकले कन्टेनरको साँचो उसैदिन साँझ ५ बजे विशेष समितिलाई जिम्मा दिने निर्णय गरेको थियो ।
वैद्यले विज्ञप्ति जारी गरेपछि वैद्य पक्षका नेत्रविक्रम चन्द, हितमान शाक्य, हरिभक्त कँडेल, पम्फा भुसाल, नारायण शर्मालगायत नेता चाबी हस्तान्तरणको विरोध गर्दै विभिन्न टेलिभिजन स्टेसन पुगेर अन्तर्वार्ता दिन थालिहाले । बादल, सिपी गजुरेल, मोहन वैद्य कसैलाई पनि जानकारी नदिई, जानकारी पाएर सोध्दा पनि होइन भन्दै सुटुक्क काम गरेपछि वैद्य खेमामा हंगामा मच्चियो ।
वैद्यको उत्तेजक रिपोर्टिङपछि महासचिव बादलले प्रचण्डलाई टेलिफोन गरेर सोधे, ‘चाबी बुझाउनेबारे कमान्डरहरूसित बैठक बस्नुभएको हो ?’ प्रचण्डले हँ, हँ गरेर अन्कनाउँदै भने, ‘होइन, होइन ।’ त्यसपछि महासचिवले प्रधानमन्त्री भट्टराईलाई पनि फोन गरेर बैठकका बारेमा सोधे । भट्टराईले पनि ‘हो’ भन्न सकेनन् । यसरी आफूहरूलाई नबोलाइएको मात्रै होइन कि बैठक बसेको हो भनेर सोध्दासमेत सूचना लुकाउन खोजेपछि बादल पनि प्रचण्ड र बाबुरामसित आक्रोशित भए, परिणामस्वरूप वैद्य र बादलको अर्काे संयुक्त प्रेस वक्तव्य सार्वजनिक भयो ।
शुक्रबार शक्ति प्रदर्शन गरेको वैद्य समूहले त्यसदिन स्थायी समितिको बैठकसमेत बहिष्कार गर्‍यो भने संस्थापन पक्षले वैद्य पक्षको वक्तव्यको खण्डन गर्दै भ्रममा नपर्न सर्वसाधारणलाई अपिल गर्‍यो । भोलिपल्ट बिहान बालुवाटारमा वैद्य र बाबुरामपक्षबीच वार्ता भयो र त्यसपछि बसेको स्थायी समिति बैठकले विवादलाई केन्द्रीय समितिमा लैजाने प्रस्ताव गर्दै असोज १ गतेका लागि बैठक डाकेको हो । अब केन्द्रीय समितिको बैठकमा एकले अर्काेपक्षलाई माफी मगाउने होडबाजी सुरु भएको छ ।

प्रधानमन्त्रीको गाडी गुड्दा साइरन नबजाइने

काठमाडौं , भाद्र २० - प्रधानमन्त्री बाबुराम भट्टराई औपचारिकबाहेकका कार्यक्रममा जाँदा साइरन नबजाई सडकमा निस्कने भएका छन् । सर्वसाधारणका हितका लागि भन्दै भट्टराईले सवारीमा साइरन नबजाउन र सर्वसाधारणका सवारी साधनसमेत नरोक्न निर्देशन दिएका हुन् । यसअघिका प्रधानमन्त्री सडकमा निस्कँदा ट्राफिक प्रहरीको दुई मोटरसाइकल,नेपाल प्रहरी मुख्यालयको विशेष सुरक्षा कार्यदलबाट खटिएको गाडी र नेपाल प्रहरीकै डीएसपीको कमान्डमा प्रधानमन्त्रीको सुरक्षार्थ खटिएको अगुवा गाडीले पनि साइरन बजाउँथ्यो । 'अघिल्ला प्रधानमन्त्रीको पालामा जनताले धेरै दुःख पाएको गुनासो आएपछि उहाँले जनतालाई अवरोध पुग्ने गरी सवारी नचलाउन भन्नुभएको छ,' प्रधानमन्त्री निकट सुरक्षा स्रोतले भन्यो, 'त्यही निर्देशनअनुसार हामीले सुरक्षा मिलाइरहेका छौं ।' उनको सवारी समयसमेत सर्वसाधारणकै हितका लागि परिवर्तन गरिएको उल्लेख गर्दै सवारी जाम धेरै हुने समयमा प्रधानमन्त्री सडकमा ननिस्किने गरेको स्रोतले जनायो ।
प्रधानमन्त्रीको सवारीमा चल्ने सुरक्षाका गाडीको संख्या पनि घटाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जगतमान श्रेष्ठले अनौपचारिक सूचना आएको जनाउँदै त्यहीअनुसार व्यवस्थापन गरिएको बताए । 'औपचारिक सवारीमा गाडी रोक्ने प्रथा अन्त्य भएको छ,' उनले भने, 'तर सुरक्षाका लागि सर्वसाधारणका सवारी साधन चाँडो पठाउँदै रेखदेख गरेका छौं ।' प्रधानमन्त्रीले यसो गरे पनि मन्त्रीहरू भने झन्डावाल गाडीमै साइरन बजाउँदै गुडिरहेका छन् ।

मधेसी मोर्चाको मन्त्रालय भागबण्डा, कसको भागमा कुन मन्त्रालय ?

 सदभावना महासचिव मनीष सुमनका अनुसार गच्छदारको दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको भागमा उपप्रधानसहित गृह, रक्षा, वन तथा वातावरण मन्त्रालय परेको छ । फोरम गणतान्त्रिकको भागमा सूचना तथा सञ्चार, कृषि र विना विभागीय मन्त्रालय परेको छ ।

 तमलोपालाई आवास तथा भौतिक योजना र कानुन तमलोपा नेपाललाई सिँचाइ र महिला तथा बालबालिका र सदभावना पार्टीलाई स्वास्थ्य मन्त्रालय भागमा परेको छ ।मोर्चाले अहिले उपप्रधानमन्त्रीको दाबी छाडेको छ । 'यो जिम्मा प्रधानमन्त्रीलाई नै दिएका छौं,' गच्छदारले भने । उपप्रधानमन्त्रीमा फोरम गणतान्त्रिक र तमलोपाले दाबी गर्दै आएका थिए ।उपप्रधानमन्त्री दुई दलले र भौतिक योजना मन्त्रालयमा फोरम लोकतान्त्रिकबाहेक मोर्चाका चारवटै दलले दाबी गरेपछि यसअघि पटक-पटकका बैठक सहमतिमा पुग्न सकेका थिएनन् ।

साँचो हस्तान्तरणको निर्णयबाट आफु अडिग रहने परधानमंत्री को दाबी

१७ भदौ, काठमाडौं-माओवादी उपाध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री भट्टराईले पार्टी निर्णय अनुसार नै कन्टेनरको साँचो हस्तान्तण गरिएको भन्दै राज्यसामु आत्मसमर्पण गरिएको भनेर बुझ्नु गलत भएको प्रष्ट पार्नु भएको छ ।प्रधानमन्त्री डा। बाबुराम भट्टराईले आफ्नो पार्टीका केही नेताले विरोध गर्दैमा लडाकूहरुको साँचो हस्तान्तरण गर्ने निर्णयबारे पछि नहट्ने बताउनु भएको छ । भट्टराईले यसले शान्ति र संविधानको लाईनमा कुनै असर नगर्ने बताउनु भयो । ‘६ वर्षदेखि नै पार्टीमा दुइ लाइन संघर्ष चलिरहेको छ । तर, अत्यधिक बहुमत भने पार्टी लाइनको पक्षमा छ’ भारतीय पत्रिका दि हिन्दुलाई दिएको अन्तरवार्तामा भट्टराईले भन्नु भएको छ-’केही नेता र कमरेडले विरोध गर्दैमा र केही गुटहरु पार्टीबाट बाहिरिँदैमा त्यसले पार्टीको राजनीतिक दिशामा असर पार्दैन ।’ आफूले पार्टी अध्यक्ष प्रचण्डबाट पूर्ण समर्थन पाएको भन्दै प्रधानमन्त्री डा. भट्टराईले आफूहरुलाई एकअर्काको खाँचो रहेको बताउनु भयो । ‘मलाई मेरो पार्टीका अध्यक्ष कमरेड प्रचण्डको पूर्ण सहयोग छ’ उहाँले भन्नुभयो-’केही भिन्नताहरुको बाबजुत हामीबीच धेरै समानता छन् । हाम्रो व्यक्तिगत क्षमता पनि सम्बन्धलाई दिगो राख्न सहयोगी बनेको छ । हामीलाई एकअर्काको खाँचो पर्छ । मलाई अध्यक्षको सहयोग चाहिन्छ र अध्यक्षलाई मेरो ।’वैचारिक, राजनीतिक तथा व्यक्तिगत रुपमा अध्यक्ष र आफूबीच लामको समयदेखि सहकार्य हुदै आएको भन्दै उहाँले भन्नुभयो-’हामी दूइबीचको सहकार्य विगतदेखि नै छ र भविष्यमा पनि रहनेछ । त्यसैले अध्यक्षको सहयोग पाउँछु भन्ने पूरा विश्वास छ ।’ बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री बनेपनि राष्ट्रिय सहमतिका लागि आफूले पहल गरिरहेको उहाँको भनाई छ । उहाँले भन्नु भएको छ-’मेरो प्रयत्न सहमति निर्माणमा हुनेछ । त्यसैले म प्रधानमन्त्रीमा निर्वाचित भएपछि नेपाली कांग्रेस, एमाले लगायतका दलहरुसँग भेट गरेँ । मलाई आशा छ यसको प्रतिफल छिटै आउनेछ ।’

 

मन्त्रिपरिषद् विस्तार आइतबार मात्र हुने

१६ भदौ, काठमाडौं । मन्त्रिपरिषद् विस्तार आइतबार मात्र हुने भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाभित्रको विवाद नमिलेकाले शुक्रबार मन्त्रिपरिषद् विस्तार नहुने भएको माओवादी नेता देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।यसअघि माओवादीकै मात्र मन्त्रीहरुलाई समेटेर भएपनि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको थियो । माओवादी र मधेसी मोर्चाबीच उपप्रधानमन्त्री कति जना बनाउने भन्नेमा विवाद छ भने मधेसी मोर्चाभित्र राम्रो मन्त्रालय कस्ले लिने भन्नेमा सहमति हुन सकेको छैन ।सरकार गठन पूर्व एक उपप्रधानमन्त्री र ११ मन्त्रालय दिने सहमतिथ भएपनि मधेसी मोर्चाका सद्भावना पार्टीबाहेकका चार बटै दलले उपप्रधानमन्त्री मागेका छन् ।शुक्रबार दिउूसो भएको छलफलमा उपप्रधानमन्त्री कति जना बनाउने भन्नेमा छलफल भएपनि कुनै सहमति हुन सकेन । बैठकमा माओवादीले महिला बालबालिका, कानुन र वातावरण मध्ये एकसूग शिक्षा वा श्रम मन्त्रालय साट्न भने माओवादी सहमत भएको छ ।