तावहाँङ्ग बँशावली छिट्टै नै प्रकाशन हुने तयारी मा छ । ---- पोल् स्टार !

Saturday, September 3, 2011

साँचो हस्तान्तरणको निर्णयबाट आफु अडिग रहने परधानमंत्री को दाबी

१७ भदौ, काठमाडौं-माओवादी उपाध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री भट्टराईले पार्टी निर्णय अनुसार नै कन्टेनरको साँचो हस्तान्तण गरिएको भन्दै राज्यसामु आत्मसमर्पण गरिएको भनेर बुझ्नु गलत भएको प्रष्ट पार्नु भएको छ ।प्रधानमन्त्री डा। बाबुराम भट्टराईले आफ्नो पार्टीका केही नेताले विरोध गर्दैमा लडाकूहरुको साँचो हस्तान्तरण गर्ने निर्णयबारे पछि नहट्ने बताउनु भएको छ । भट्टराईले यसले शान्ति र संविधानको लाईनमा कुनै असर नगर्ने बताउनु भयो । ‘६ वर्षदेखि नै पार्टीमा दुइ लाइन संघर्ष चलिरहेको छ । तर, अत्यधिक बहुमत भने पार्टी लाइनको पक्षमा छ’ भारतीय पत्रिका दि हिन्दुलाई दिएको अन्तरवार्तामा भट्टराईले भन्नु भएको छ-’केही नेता र कमरेडले विरोध गर्दैमा र केही गुटहरु पार्टीबाट बाहिरिँदैमा त्यसले पार्टीको राजनीतिक दिशामा असर पार्दैन ।’ आफूले पार्टी अध्यक्ष प्रचण्डबाट पूर्ण समर्थन पाएको भन्दै प्रधानमन्त्री डा. भट्टराईले आफूहरुलाई एकअर्काको खाँचो रहेको बताउनु भयो । ‘मलाई मेरो पार्टीका अध्यक्ष कमरेड प्रचण्डको पूर्ण सहयोग छ’ उहाँले भन्नुभयो-’केही भिन्नताहरुको बाबजुत हामीबीच धेरै समानता छन् । हाम्रो व्यक्तिगत क्षमता पनि सम्बन्धलाई दिगो राख्न सहयोगी बनेको छ । हामीलाई एकअर्काको खाँचो पर्छ । मलाई अध्यक्षको सहयोग चाहिन्छ र अध्यक्षलाई मेरो ।’वैचारिक, राजनीतिक तथा व्यक्तिगत रुपमा अध्यक्ष र आफूबीच लामको समयदेखि सहकार्य हुदै आएको भन्दै उहाँले भन्नुभयो-’हामी दूइबीचको सहकार्य विगतदेखि नै छ र भविष्यमा पनि रहनेछ । त्यसैले अध्यक्षको सहयोग पाउँछु भन्ने पूरा विश्वास छ ।’ बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री बनेपनि राष्ट्रिय सहमतिका लागि आफूले पहल गरिरहेको उहाँको भनाई छ । उहाँले भन्नु भएको छ-’मेरो प्रयत्न सहमति निर्माणमा हुनेछ । त्यसैले म प्रधानमन्त्रीमा निर्वाचित भएपछि नेपाली कांग्रेस, एमाले लगायतका दलहरुसँग भेट गरेँ । मलाई आशा छ यसको प्रतिफल छिटै आउनेछ ।’

No comments:

Post a Comment

सभ्य भाषा मा कमेन्ट्सहरु लेख्नु होला। कमेन्ट्स पोस्ट गर्न comment as भएको मा select profile गरेर Anonymous लाई क्लिक गर्नु होला,त्यसपछी publish मा क्लिक गर्नु होला