तावहाँङ्ग बँशावली छिट्टै नै प्रकाशन हुने तयारी मा छ । ---- पोल् स्टार !

Friday, September 2, 2011

वैद्य पक्षद्वारा भट्टराई को निर्णय प्रति बिरोध

मिसन किंग

काठमांडू भाद्र १६- माओवादीको हतियार रहेको शिविरको कन्टेनरको साँचो सेना समायोजन विशेष समितिलाई हिजो बाबुराम भट्टाराई र प्रचंड को निर्णय बमोजिम बुझाएको विरोधमा पार्टी उपाध्यक्ष मोहन वैद्य पक्षले आज बिहान साढे नौ बजेदेखि साढे १० बजेसम्म देशव्यापी चक्काजाम गरेको छ। वैद्य पक्षले सो निर्णय फिर्ता गर्नुपर्ने माग गरेको छ। चक्काजामका कारण राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ। माओवादी उपाध्यक्ष मोहन वैद्य समूहले पार्टीमा छलफलै नगरी कन्टेनरको चाबी बुझाउने निर्णय आत्मघाती भएको बताएको छ। पार्टीकै नेतृत्वमा सरकार गठन भएका बेला वैद्यले शान्ति प्रक्रियाको मुख्य अंश रहेको सेना समायोजन प्रक्रियाप्रति असहमति जनाएका छन्। बिहीबार अध्यक्ष पुष्पकमल दाहाल निवास नयाँबजारमा कमान्डरहरू सहित बसेको बैठकमा वैद्यले सल्लाह नगरी चाबी बुझाउन खोजेको भन्दै असहमति जनाए। वैद्यले पार्टीको लेटरप्याडमा साँझ विज्ञप्ति जारी गर्दै चाबी बुझाउने निर्णय खारेज गर्न माग गरेका छन्। 'विशेष समितिद्वारा आज (बिहीबार) विशेष समितिलाई कन्टेनरको चाबी बुझाउने आकस्मिक तथा आश्चर्यजनक रूपमा जुन निर्णय गरिएको छ, त्यो जनमुक्ति सेनालाई निशस्त्र पारी विघटन गर्ने निर्णय हो,' वैद्यद्वारा जारी विज्ञप्तिमा छ, 'हामी यस्तो निर्णयको घोर विरोध तथा भर्त्सना गर्दछौं र यो आत्मघाती निर्णय अविलम्ब खारेज गर्न सबै पक्षलाई हार्दिक अपिल गर्दछौं।'वैद्य पक्षले निर्णयको विरोधमा देशव्यापी कार्यक्रम गर्ने बताएको छ। पोलिटब्युरो सदस्य तथा वाइसिएल इन्चार्ज कुलबहादुर केसी ''सोनाम'ले शुक्रबार बिहान साढे नौ बजेदेखि एक घन्टा चक्का जाम र साँझ साढे छ बजे देशभरि मसाल जुलुस कार्यक्रम राखेको बताए। मोडालिटी र पुनर्स्थापना प्याकेज टुंगिएपछि मात्र पुनर्वर्गीकरण गर्ने पार्टी केन्द्रीय र स्थायी समितिको निर्णय विपरीत साँचो बुझाएको दाबी वैद्यको छ। शान्ति प्रक्रिया अघि बढाएर संविधान लेखन सहज तुल्याउन चाबी बुझाउनु अनिवार्य भएको जिकिर गर्दै अध्यक्ष पुष्पकमल दाहाल र भट्टराई पक्षधरले वैद्यको आलोचना गरेका छन्।

No comments:

Post a Comment

सभ्य भाषा मा कमेन्ट्सहरु लेख्नु होला। कमेन्ट्स पोस्ट गर्न comment as भएको मा select profile गरेर Anonymous लाई क्लिक गर्नु होला,त्यसपछी publish मा क्लिक गर्नु होला