तावहाँङ्ग बँशावली छिट्टै नै प्रकाशन हुने तयारी मा छ । ---- पोल् स्टार !

Sunday, September 25, 2011

विमान दुर्घटना हुँदा १९ को मृत्यु

असोज-८ काठमाडौँ. - आज बिहान माउन्टेन फ्लाइट बाट काठमाडौँ फर्कंदै गरेको बुद्ध एयर को नाइन एन-एइके कलसाइनको १९०० डी विमान लामाटार गाविसको बीचमा पर्ने कोटडाँडामा आइतबार विहान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबैको मृत्यु भएको हो । १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनलाई स्थानियवासी र प्रहरीको टोलीले जिबितै उद्धार गरि बी एण्ड बी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो । मृत्यु हुनेहरुमा चालक दलका तीनसहित छ जना नेपाली छन् । चालक दलका सदस्यहरु क्याप्टेन जेबी ताम्राकार, को-पाइलट पद्मा अधिकारी, एयर होस्टेस अस्मिता श्रेष्ठ रहेका छन् । यस्तै यात्रुहरु शारदा कर्माचार्य, जंगजन कर्माचार्य र निराजन कर्माचार्य रहेको बुद्ध एयरले जनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बिहान ६ बजेर ६१ मिनेटमा माउन्टेन फ्लाइटका लागि उडेको उक्त विमान अन्तिमपल्ट साढे सात बजेर ३१ मिनेटमा नियन्त्रण कक्षको सम्पर्कमा आएको थियो । सम्पर्कविहीन भएको करिब २० मिनेपछि विमान दुर्घटनामा भएको अनुमान गरिएको छ । चालक दलका सदस्यले विमानमा खराबी आएको सूचना कन्ट्रोल रुमलाई गराएका थिए । रन वे-२ मा आपतकालीन अवतरणका लागि अनुमति समेत दिइसकिएको अवस्थामा विमान दुर्घटना भएको बताइएको छ । उड्डयन प्राधिकरणका अनुसार अन्तिम सम्पर्क हुँदा विमानस्थल र दुर्घटनाग्रस्त विमानबीचको दुरी मात्रै दुई मिनेटको थियो । अवतरणका लागि रन वे समेत तय भइसकेको विमान घुमेर ललितपुरको उक्त क्षेत्रमा कसरी पुग्यो भन्ने प्रश्न भने अनुत्तरित्त रहेको छ ।

No comments:

Post a Comment

सभ्य भाषा मा कमेन्ट्सहरु लेख्नु होला। कमेन्ट्स पोस्ट गर्न comment as भएको मा select profile गरेर Anonymous लाई क्लिक गर्नु होला,त्यसपछी publish मा क्लिक गर्नु होला