तावहाँङ्ग बँशावली छिट्टै नै प्रकाशन हुने तयारी मा छ । ---- पोल् स्टार !

Sunday, September 11, 2011

प्रचण्ड एकाएक सम्पर्कबाहिर

२५ भदौ । गोरखाबाट राजधानी काठमाडौँ फर्केलगत्तै पूर्व नेपाल आएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकाएक सम्पर्कबाहिर छन् ।शुक्रबार अपराहन ४ बजे पत्नी सीता, छोरा प्रकाश, स्वकीय सचिव समिर र माओवादी कोचिला रज्य समिति इन्चार्ज हरिबोल गजुरेलसाथ पूर्वतर्फ लागेका दाहाल कहाँ छन् भनेर शनिबार दिनभर खोजी भए पनि पत्तो लाग्न सकेको छैन । सुरक्षा निकाय र पार्टीका कार्यकर्ता तथा नेतालाई सुइँकोसम्म नदिई आएका दाहाल विमानस्थलको विशिष्ट कक्षमासमेत नगई साधारण यात्रु कक्षबाट बाहिरिएर गाडी चढेका थिए । आजको कान्तिपुर दैनिकमा मुख पृष्ठमा छापिएको समाचारमा अगाडि लेखिएको छ, विमानस्थल सुरक्षामा खटिएका प्रहरीले समेत थाहा पाएनन् । एयरलाइन्सका केही कर्मचारीले मात्र दाहाल परिवारलाई देखेको थियो ।प्रहरी,पत्रकार तथा माओवादीका जिल्लादेखि केन्द्रीय नेताले समेत दाहालको खोजी गरे तर खास कुरा पत्ता लाग्न सकेन । ‘आज बिहानैदेखि अध्यक्षको खोजीको फोन उठाउँदा उठाउँदै हैरान भइसकें’, माओवादी मोरङ जिल्ला सेक्रेटरी गणेश उप्रेतीले शनिबार भने, ‘पार्टीका केन्द्रीय सदस्यदेखि पूर्व क्षेत्रका इन्चार्ज र मात्र होइन, पत्रकार र सर्वसाधराणले समेत सोधेको सोध्यै छन्, तर खै के भन्ने मलाई नै थाहा छैन ।’पोलिट्ब्युृरो सदस्य गजुरेल, छोरा प्रकाश र स्वकीय सचिव समिरको माबाइलमा पनि सम्पर्क हुन सक्दैन । पूर्वक्षेत्र प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीदेखि राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीसमेत शनिबार दिनभर दाहालकै खोजीमा लागेका थिए ।

‘मैले सबैतिर खोजें, आउनुभएको छ भन्ने हल्ला आयो तर कहाँ र किन भन्ने पत्ता लाग्न सकेन’ पूर्वक्षेत्रीय प्रहरी प्रमुख डीआइजी सुरेन्द्रबहादुर शाहले भने । केहीले कांग्रेस सभापति सुशील कोइराला भेट्न आएको अड्कल काटे । कोइराला दुई दिनदेखि सुनसरीमा छन् । केहीले माओवादी लडाकु शिविर गएको अनुमान गरे । तर, यसको पनि आधिकारिक पुष्टि भएको छैन ।

म्ाओवादीकै एउटा स्रोतले भने दाहाल भारतको सिलुगुडीमा रहेकी कान्छी छोरीको घर गएको दाबी गरेका छ । दाहाल पूर्व आएको खबरपछि शनिबार दिनभर झापाका सुरक्षाकर्मी र सञ्चारकर्मी पनि हैरान भए । विराटनगरबाट भाफा हुँदै सिलुगुडी गएको चर्चा सुनेका पत्रकारहरु उनी र्फकने प्रतीक्षामा काँकडभिट्टा नाकामा बसेका थिए । दाहाल सिलुगुडी गएको खबर पाउनासाथ प्रहरीले झापामा सुरक्षा सतर्कता बढाएको थियो ।भ्ारत, सिलुगुडीका पत्रकारले पनि शनिबार दिनभर दाहालको खोजी गरेको पत्रकार विजय रुचालले जानकारी दिए । दाहालले सिलुगुडी जाँदा संधैजसो भेट्ने गरेका डुवर्सको बाग्राकोटका कान्छा ज्वाईं नारायणविक्रम प्रधानले दाहाल आएको जानकारी नभएको बताए । ‘उहाँ आएको भए मलाई थाहा हुन्थ्यो’, फोनमा प्रधानले भने, ‘यताको सबै व्यवस्था मैले नै मिलाउँदै आएको थिएँ ।’

No comments:

Post a Comment

सभ्य भाषा मा कमेन्ट्सहरु लेख्नु होला। कमेन्ट्स पोस्ट गर्न comment as भएको मा select profile गरेर Anonymous लाई क्लिक गर्नु होला,त्यसपछी publish मा क्लिक गर्नु होला