तावहाँङ्ग बँशावली छिट्टै नै प्रकाशन हुने तयारी मा छ । ---- पोल् स्टार !

Friday, September 9, 2011

आजदेखि इन्द्रजात्रा

२३ भदौ, काठमाडौँ-वसन्तपुरमा आज मानन्धर समूदायले भक्तपुरको सल्लाघारीबाट ल्याएको सल्लाको लिंगो ठड्याएपछि जात्राको विधिवत् सुरुआत भएको मानिन्छ । लिङगो ठड्याएलगत्तै सत्यको जीतको प्रतिक स्वरुप इन्द्रध्वज पनि फहराउने प्रचलन छ । लिंगो ठड्याउनु अघि किलागलका ज्यापूः समुदायले विशेष तान्त्रिक देवी नाच प्रस्तुत गर्ने गर्दछन् । लिङगो ठड्याउने परम्परा कहिलेदेखि सुरु भयो भन्ने विषयमा भने फरक-फरक धाराणा रहेको पाइन्छ । रणबहादुर शाहको पालादेखि हनुमानढोका दरवार परिसरमा लिङगो ठड्याउन थालिएको र त्यसअघि मरु टोलमा रहेको नारायण मन्दिर अगाडि लिङगो ठड्याउने परम्परा रहेको इतिहासकारहरुको भनाइ छ । भरतमुनिको नाट्यशास्त्रमा पनि इन्द्रध्वज उत्थानको चर्चा गरिएको पाइन्छ ।यसैबीच, इन्द्र जात्राको पहिलो दिन उपत्यकाका नेवार समुदायले आज काचो माटोको दियोमा बत्ती बालेर उपाकु पर्व मनाउने छन् । महायानी बौद्ध धर्मावलम्बीहरुले एक वर्षभरिमा मृत्यु हुने आफन्तको आत्माको चीर शान्तिका लागि चोकमा दियो बालेर नगरको परिक्रमा गर्ने गर्दछन् । यसो गर्नाले दिवंगत आत्माले मोक्ष प्राप्त गर्छन भन्ने धामिृक विश्वास रहिआएको छ ।




No comments:

Post a Comment

सभ्य भाषा मा कमेन्ट्सहरु लेख्नु होला। कमेन्ट्स पोस्ट गर्न comment as भएको मा select profile गरेर Anonymous लाई क्लिक गर्नु होला,त्यसपछी publish मा क्लिक गर्नु होला