तावहाँङ्ग बँशावली छिट्टै नै प्रकाशन हुने तयारी मा छ । ---- पोल् स्टार !

Saturday, July 2, 2016

थर्पुमा शिक्षक द्वारा आफ्नै विद्यार्थी निर्घात कुट्पिट

      02 july 2016- एउटा बच्चा लाई कसरी पढाउने भन्ने समेत ज्ञान नहुने ब्यक्ती कसरी प्रिन्सिपल बन्न योग्य हुन्छ? बुझ्न नसक्ने विद्यार्थी लाई कुन कुन बिधीहरु अपनाएर पढाउने भन्ने समेत एउटा जिम्मेवार शिक्षक मा ज्ञान जरुरी हुन्छ। तर अधिकांस शिक्षक हरु विद्यार्थी हरुलाई कुट्पिट गरेर आफ्नो काबुमा राख्न खोज्छन । हो यस्तै घटना आज पांचथर जिल्लाको थर्पु गाविस मा स्थित एक बोर्डिङ स्कुल साइनिङ स्टार लोवर सेकेण्डरी इङ्लिस स्कुलमा भएको छ । यस् स्कुल का प्रिन्सिपल इश्वरीप्रसाद सापकोटा हुन । उनले ताप्लेजुङ आम्वेगुदीन–९ घर भई सोहि स्कुलमा कक्षा २ मा आवाशिय रुपमा वसेर पढ्दै गरेका ८ वर्षका रचित विष्टलाई मंगलवार विहान ‘अक्षर’ नराम्रो भएको भन्दै ट्युसन कक्षामै निर्घात कुटपीट गरेका थिए । वालकलाई अक्षर (हेनराइटिङ) राम्रो नभएको भन्दै विद्यार्थीहरुकै माझमा वाँसको लाठीले हातपाखुरा तथा खुट्टाका विभिन्न भागमा निलडाम हुनेगरी निर्धात कुटपीट भएको थियो ।  कुटपीटवाट घाइते भएका वालकलाई अरुलाई भनेमा पुनः कारबाही गर्ने भन्दै मानसिक यातना समेत दिएको र घटना भएको भोली पल्ट मलम लगाएर फकाएको वालकका आफन्तले वताए ।

वच्चाले कुटाई खाएको भोली पल्ट अन्य अभिभावकवाट थाहा पाएर आएकी वच्चाकी आमा दिलमायाँ विष्ट अहिले कानूनी प्रकृया सहित वच्चाको उपचारको लागि फिदिम आएकी छन् । उनले आफुलाई सामान्य घटना भएको भन्दै कानुनी प्रकृया अघि नबढाउन केही राजनीतिक दलका नेता सहित केही कानून व्यवसायीहरुले समेत दवाव दिएको वताइन् ।

कुटाइको कारण ज्वरोले थलिएको वच्चाको उपचार सहित कुटपीटमा सम्लग्न प्रिन्सिपललाई कानुनी कारवाहीको माग गर्र्दै उनले विहीवार नै जिल्ला प्रहरी कार्यालय पाँचथरमा निवेदन समेत गरेपछि विहीवार नै प्रिन्सिपल सापकोटालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रिन्सिपल आफैँले ‘गल्ति भयो माफ दिनुस वरु २ महिनाको स्कुलको फिमिनाहा गरीदिन्छु’ भन्दै उम्कन खोजेको वालककी आमा दिलमायाले वताइन् । वच्चालाई कुटपीट गरेको निवेदन अनुसार सार्वजनिक अपराध मुद्धा अन्तर्गत म्याद थप गरी कानुनी कारवाही प्रकृया सुरु भएको प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले वताए ।

बालमैत्री शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्नुपर्ने तथा दण्डरहित अध्यापन गरिनुपर्ने माग र बहस चलिरहेका बेला पाँचथरमा पटक–पटक यस प्रकारका घट्ना हुने गरेका छन् । बालबालिकको पक्षमा काम गर्ने जिम्मेवारी पाएका जिम्मेवार अधिकारीहरु नै उक्त मुद्दा मिलाउन राजनीतिक दलका नेताहरु र पीडकको पछि लागेको अधिकारकर्मीहरुको भनाई छ । सभार - मेची पोस्ट 

No comments:

Post a Comment

सभ्य भाषा मा कमेन्ट्सहरु लेख्नु होला। कमेन्ट्स पोस्ट गर्न comment as भएको मा select profile गरेर Anonymous लाई क्लिक गर्नु होला,त्यसपछी publish मा क्लिक गर्नु होला