तावहाँङ्ग बँशावली छिट्टै नै प्रकाशन हुने तयारी मा छ । ---- पोल् स्टार !

बिचित्र संसार

 

दस वर्षदेखि दाँत नमाझ्दा चर्चामा

image


हरेक व्यक्तिका आ-आपनै बानी हुन्छन् । कति नियमित र सामान्य हुन्छन् भने कतिपय अरूभन्दा फरकखालका । त्यस्तै अचम्मको बानीले एक बीस वर्षीया महिला चर्चामा छिन् । २० वर्षीया जि ह्युन जीको अनौठो बानीकै कारण चर्चामा त आएकी छन् नै त्यसभन्दा पनि उनले चिकित्साशास्त्रलाई नै चुनौती थपेको छ ।सिओलको एक टेलिभिजन च्यानलले 'मार्टियन विरस' कार्यक्रममार्फत प्रतिभा खोजमा त्यस्तो व्यक्ति फेलापार्‍यो, जो दस वर्षदेखि दाँतै माझिनन् । उनले भनिन्, 'मैले अन्तिमपटक दस वर्षको हुदा दाँत माझेकी थिएँ ।' त्यतिवेला उनकी आमाले ब्रस गराएकी थिइन् । यसबारे उनको भनाइ छ- मान्छे किन सधै दाँत माभछन् थाहा छैन, म त कहिलेकाहीँ पेपरले दाँत माभछु ।

८७ श्रीमती १३३ बच्चा !

image


 विवाहमोह उस्तै 
८७ वषर्ीया नाइजेरियाली वृद्धा बेल्लो मसाबाले अहिलेसम्म एक सय सात विवाह गरेका छन् । तीमध्ये ८६ श्रीमती उनीसँगै छन् । सबै श्रीमतीबाट गरेर जन्मेका एक सय ८५ सन्तानमध्ये एक सय ३३ जीवित छन् । अहिले पनि उनको बिहेमोह मरेको छैन । कसैले बिहेको प्रस्ताव ल्याए मसाबा इन्कार गर्दैनन् । 
उनकी कान्छी पत्नीको उमेर १९ वर्ष छ । यो उनको उमेरभन्दा ६४ वर्षले कम हो । १२ वटी श्रीमतीलाई उनी आफैँले तलाक दिएर छाडेका हुन् । ४०औँ नम्बरकी पत्नी ऐसुतुले भनिन्, 'हामीबीच अहिलेसम्म कहिले खटपट र किचलो भएको थाहा छैन ।'उनका कान्छो बच्चा भर्खर एक महिनाको भयो । सबै एउटै परिवारमा मिलेर बसेका छन् । मसाबा बालबालिकाबारे बोल्न त्यति रुचाउँदैनन्  । चारतले घरको ८९ कोठामा बस्दै आएका उनलाई न ठूलो परिवार भएकोमा चिन्ता छ, न सबैको पालनपोषण गर्न नै दिक्क छ । उनले झारफुक गरेर परिवार पालेका छन् । भन्छन्, 'झारफुकको कमाइ राम्रै छ ।' कुरानले चारवटीसम्म श्रीमती राख्न छुट दिएको छ । उनले यो मान्यता तोडेकाले नाइजेरिया सरकार र समाजले उनलाई राम्रो दृष्टिले हेर्दैन । तीन वर्षअघि मसाबालाई प्रहरीले गिरफ्तार गरेको थियो । तर, उनका सबै श्रीमती सरकारका विरुद्धमा प्रदर्शनमा उत्रिए । अदालतसमक्ष सबै श्रीमतीहरूले आफूहरू राजीखुसी भएको बताएका छन् ।स्कुलपछि मसबाले २१ वर्षसम्म सामान्य कपडाको व्यापार गरे । त्यतिबेला उनका दुइटा मात्र श्रीमती थिए ।  दुबै बिमारी भए । जति नै उपचार गर्दा पनि निको भएन । त्यसपछि उनी आफैँ झारफुकतिर लागे । सन् १९८० को दशकमा भगवान्को आज्ञा भन्दै उनले विवाह गर्न थाले वर्षमा पाँचका दरले ।

कुकुरको दूध डमरुलाई

image


बेइजिङको एक चिडियाखानामा एउटा बाघले चारवटा डमरु जन्माएको अनोठौ घटना सार्वजनिक भएको छ । कुकुरले डमरुलाई दूध पिलाउनु अझ अर्काे रहस्य बनेको छ । बघिनीले बच्चा छाडेपछि बाँचेका दुइटा डमरुलाई कुकुरले दूध खुवाइरहेको छ । चिडियाखानाका अधिकारीले जनाए अनुसार, बघिनीले जिउँदा डमरु पनि छाडेपछि कुकुरको दूध खुवाउन थालिएको हो । सुरुमा डमरुलाई कुुकुरको दूध खुवाउन निकै कठिन भएको थियो । तर, ती डमरु अहिले कुकुरकै दूधको भरमा बाँचेको अधिकारीहरूले जानकारी दिएका छन् ।

हब्सी दम्पतीको छोरो अंग्रेजजस्तो गोरो


image


बाबुआमा दुवै निख्खर काला, तर उनीहरूको एउटा बच्चा भने सेतो, अमेरिकनजस्तो । यो हुन सक्छ त ? हब्सीको बच्चा पनि कालै हुनुपर्ने । तर, बि्रटेनमा बस्ने एक हब्सी दम्पती आप\mनो कान्छो छोरो गोरो जन्मिएकाले खुसी त भए त्यसभन्दा बढी अचम्ममा परे । काला जातिका आफूहरूको छोरो गोरो कसरी जन्मियो भयो भनेर उनीहरू अचम्ममा परेका हुन् । उनीहरूको कान्छो छोराको कपाल पनि अमेरिकनको जस्तो कैलो छ । 
उनीहरूको जेठो छोरो भने हब्सीझँै कालो छ । बाबु प|mान्सिस तसिबम्गु र आमा अर्लेटेले आफूहरूको कान्छो छोरो कसरी गोरो भयो भन्ने कुरा बुभ\mन सकिरहेका छैनन् । कंगोमा जन्मिएका प|mान्सिस दस वर्षदेखि बि्रटेनमा बस्दै आइरहेका छन् । उनले २००७ मा कंगो गएर आफ्नै प्रजातिकी अर्लेटेसँग बिहे गरेका थिए । प|mान्सिसले आफूले कान्छो छोरा डेनियललाई देखेर सुरुमा ऊ आफ्नो छोरो नभएको शंका गरेको बताएका छन् । 'अंग्रेजजस्तो गोरो छोरो देख्दा मलाई लाग्यो यो मेरो छोरो होइन । तर, मैले मेरी श्रीमतीप्रति चिताएको पाप तत्कालै मनबाट हटाइदिएँ,'  उनले भनेका छन्, 'हामी दुवै काला छौँ । हाम्रो जेठो छोरो पनि हामीजस्तै कालो छ । तर, कान्छो छोरो अंग्रेजजस्तो गोरो कसरी भयो भन्ने कुरा अहिलेसम्म बुझ्न सकेको छैन ।' पेसाले डक्टर अर्लेटेले आफ्नो माइतीको चार पुस्ता अगाडि पनि यस्तै भएको बताएकी छन् । 

करोडपति चोर पक्राउ


image



मुम्बई प्रहरीले एउटा करोडपति चोरलाई पक्राउ गरेको छ । १४ मेमा बिपी रोड प्रहरी व्यावसायिक चोरीमा संलग्न मधुकर मनोहर-५५ लाई पक्रन सफल भएको हो । केरकारका क्रमममा उनी सामान्य चोर नभई करोडपति भएको खुलेको हो ।
प्रहरीका अनुसार उनको पुणेमा तीन बंगला, ९ फ्ल्याट, एक रेस्टुरेन्ट र गणेश मन्दिरसमेत छ । करोडपति प्रभाकरको चोरी कहानी कुनै हिन्दी फिल्मभन्दा कम छैन । उनको महिनाको कमाइ दस लाख छ । पुणेमा उनी 'मुधसेठ' का नामले चिनिन्छन् । पुणेमा जमिन लिएर सन् १९९० मा उनले गण्ेाश मन्दिर बनाएका थिए ।
त्यति मात्रै होइन, उनी पुणे जिल्ला विधानसभामा निर्दलको उम्मेदवार पनि बन्न भ्याएका थिए । तर, चुनाव जित्न सकेनन् । प्रहरीका अनुसार, उनी दिनभर ट्याक्सी चढेर मुम्बईका घर चिन्ने गर्थे र राति तिनै घरमा चोर्न पुग्थे । चोरी गरेर पुणे भाग्ने गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । उनीविरुद्ध दुई सय ५० उजुरी परेको प्रहरीले बताएको छ ।

भाडाकी दुलहीले दुलाहाको होस उड्यो 
दुलही पक्षलाई तीन लाख रुपैयाँ दिने सर्तमा विवाह तय भएको थियो । वरमाला लगाउने समयमा दुलही तस्बिरमा देखाइएकी केटी नभएको दुलाहाले बताएपछि विवाहमा खैलाबैला मच्चिएको थियो । विवाहका लागि सबै तयारी भइसकेपछि दुलही नक्कली निक्लँदा दुलाहा पक्षको हालत के होला ? अझ वरमाला लगाउने समयमा दुलही नक्कली परिन् भने ? भारतको दौसा जिल्लाका एक दुलहाले यस्तै नियति भोग्नुपर्‍यो । शनिबार साँझ दौसा सहरमा दुलही लिन पुगेका जन्ती नक्कली दुलही भेटेपछि जिल परेका थिए । दुलही पक्षलाई तीन लाख रुपैयाँ दिने सर्तमा विवाह तय भएको थियो । वरमाला लगाउने समयमा दुलही तस्बिरमा देखाइएकी केटी नभएको दुलाहाले बताएपछि विवाहमा खैलाबैला मच्चिएको थियो । नक्कली दुलहीसँग सोधखोज गर्दा उनलाई तीन दिनका लागि दैनिक १० हजार दिने सर्तमा विवाहका लागि तयार पारिएको थियो । घटनाबारे जानकारी पाएपछि सो विषयमा पुलिसले छानबिन गरिरहेको छ । जन्ती त्यही दिन विनादुलही फर्किएको छ ।