तावहाँङ्ग बँशावली छिट्टै नै प्रकाशन हुने तयारी मा छ । ---- पोल् स्टार !

Thursday, August 30, 2012

घुमघाम गर्न भाडामा प्रेमी

Tawahang , AUGUST 30-- गायिका चेरिल कोल विभिन्न हर्कत गरेर बारम्बार चर्चामा आउँछिन् । केही समयअगाडि खेलाडी एस्ले कोलसँग विवाहित चेरिलले आफूलाई एस्लेले समय दिन नसकेको गुनासो गर्दै आएकी थिइन् । 'उनको फुटबल म्याचले गर्दा मैले रमाइलो समय पनि बिताउन पाइनँ,' उनले भनेकी थिइन्, 'मलाई आफ्नो श्रीमान्सँग घुम्न जान त कति हो कति मन छ ।'यसपालिको यात्रामा पनि एस्लेले समय दिन नसकेपछि उनले नयाँ निर्णय गरेकी छिन् । उनले भाडामा प्रेमी लिएर घुमघाम गर्ने आफ्नो योजना सुनाएलगत्तै हलिउडमा हंगामा मच्चिएको छ । आफ्नो बेलायती टुरमा उनले पूर्वप्रेमी ट्रे हलोवेलाई सँगै लैजाने निर्णय गरेकी छिन् । उनी र हलोवेको सम्बन्ध चार महिना पुरानो भइसकेको अड्कल काटिएको छ । बेलायती अनलाइन डिजिटलस्पाई डटको डटयुकेमा जनाइएअनुसार चेरिलले यसपालि हलोवेलाई सो घुमघाममा पैसा पनि तिर्नेछिन् । 'कार्यक्रममा लैजाने भएकाले उनलाई मैले पारिश्रमिक दिनु ठीक हो,' उनले भनेकी छिन्, 'उनलाई घुमघाममा रमाइलो होस् भनेर लगेको त होइन नि ।' उनले जेसुकै भनून्, हलिउडमा भने चेरिल कोलले घुमघाममा मस्ती गर्न भाडामा प्रेमी लिएको हल्ला चलाइएको छ ।

Friday, August 24, 2012

अनौठो संख्या

अगस्त- २४- तावाहांग- सात दिन पूरा भएर एक हप्ता बन्दछ । संसारको रचना सात दिनमा नै भएको थियो । आदिकालमा ग्रहहरूको सङ्ख्या पनि सात नै मानिन्थ्यो । समुद्रहरूको सङ्ख्या पनि सात छ । महाद्वीप पनि सात नै छन् । सात महासागरहरू तथा महाद्वीपहरूसँग मिलेर नै पृथ्वी बनेको छ । इन्द्रधनुषमा पनि सात रङ हुन्छ भने सूर्यको किरण पनि सप्तरङ्गी हुन्छ । सङ्गीतको सुर क्रममा पनि सात सुर हुन्छन् । युनानी पौराणिक कथाअनुसार एपोलोले आरफियसलाई जुन वीणा दिएको थियो त्यसमा पनि सात नै तार थियो । ग्रीक वर्णमालामा सात स्वर छ । स्वर आन्तरिक यथार्थताको धारक हो । यसैले यो मानिन्छ कि यसको अङ्क विज्ञानको दृष्टिबाट महìवपूर्ण प्रभाव छ । अन्य वस्तुहरू पनि प्रायः सातको क्रममा व्यवस्थित गरिएको छ । 'लर्डस् प्रेयर' मा सात प्रार्थनाहरू छन् । पुरानो नियम -बाइबलको भाग)मा आत्माको उपहार सात बताइएको छ- विवेक, प्रज्ञा, उपदेश, शक्ति, ज्ञान, ईश्वरको भय र भोक । मुसलमान तीर्थयात्रीको 'कावा' -मन्दिर)लाई सात पल्ट परिक्रमा गर्ने गर्दछ । 'एथेनियन' हरेक सातौँ वर्ष मिनोटरलाई उपहारको रूपमा सात नवजवान र सात अविवाहित युवतीहरू 'क्रेट' पठाउँदथे ।
संसारका आश्चर्य पनि सात छन् । यसमा सबैभन्दा पुरानो आश्चर्य दोस्रो शताब्दी ईशापूर्वका छन् । ग्रीसका बुद्धिमानीहरूको सङ्ख्या पनि सात छ । सूर्यको रथमा पनि साथ जोडी घोडा हुन्छ । गुणको सङ्ख्या पनि सात नै बताइएको छ । यसमा- विश्वास, आशा, दान, धैर्य, विग्रह, न्याय र विनय समावेश छ । पाप पनि सात बताइएको छ । जसमा- अभिमान, लालच, क्रोध, वासना, ईष्र्या, अति भोजन तथा आलस्य समावेश छ ।ईश्वरको आदेशअनुसार इजरायलीहरूले जब सातको सङ्ख्याको मन्त्रद्वारा होम गरे, त्यसबेला जेरिका नगरमाथि अधिकार जमाउन सफल भए । सातको सङ्ख्या रहस्यमय शक्तिको प्रतीक हो । एक रोमको देवीलेे सातवटा प्रतिमाहरूको मुकुट धारणा मान्यता थियो । पृथ्वीमा जीवन, मृत्यु, विकास र विनाशको चक्र, चन्द्रमाको आकार ठूलो-सानोसँग सम्बन्धित छ । चन्द्र-चक्रको चाररूपहरूमा प्रत्येक रूप सात दिनको हुन्छ । चार हप्ताको महिनाको विधानको पछाडि यही तथ्य देखिन्छ । सातको गन्ती प्रतिबिम्बको गन्ती हो किनभने यो चन्द्रमासँग जोडिएको छ र चन्दि्रका सूर्यको प्रकाशबाट प्रतिबिम्बित छ ।नेपालको नेवारी संस्कृतिमा जङ्कु गर्ने परम्परा रहिआएको छ, उमेर पुगेका वृद्धवृद्धालाई गरिने एक प्रकारको बूढोपास्नी भनिने यस जङ्कु गर्न ७७ वर्ष ७ महिना ७ दिन पुगेको हुनुपर्छ भने ज्योतिषले साइतको समय पनि सात अङ्क अर्थात् जन्मसमयअनुसार ७ घण्टा ७ मिनेटको समयलाई पूर्ण साइत जुराइने गरिन्छ ।

Wednesday, August 1, 2012

अर्बौं ठग्ने युनिटीका अध्यक्ष काशीराम गुरुङ पक्राउ

१७ साउन, काठमाडौं । नेटवर्किङ व्यवसायका नाममा सार्वसाधारणबाट करिव ४ अर्ब ठगी गरेको फरार युनिटी लाइफ इन्टरनेशनलका अध्यक्ष काशीराम गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरबाट गएको विशेष टोलीले गुरुङलाई बुधबार विहान करिव साढे ६ बजेतिर इलामको पशुपतिनगर क्षेत्रबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर ललितपुरले बुधबार नै उनलार्इ ललितपुर ल्याएर पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
युनिटीलाई वैधानिकता प्रदान गर्नेबारे छलफल गर्न बाग्लुङ आउने क्रममा गुरुङलाई पक्राउ गरिएको प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।

उनी लामो समयदेखि भारतको दर्जलिङ्गमा बस्दै आएका थिए । उनले विनितकुमार लामाको नाममा चालक अनुमति पत्र लिएको तथा कुमारी बैंक र एसबीआई बैंकको एटीएम कार्ड प्रयोग गर्ने गरेको पाइएको छ ।
गुरुङलाई  बिहीबार जिल्ला अदालत ललितपुरमा पेश गरिनेछ । उनीविरुद्ध गठी र बैंकिङ कसुरुको मुद्धा चलाईनेछ ।
ध्वाँस दिँदै भने ‘अब नयाँ हैसियतमा भेट्छु’
 गुरुङले भने आफूहरु सर्बसाधारणको पैसा फिर्ता गर्न तयार रहेको बताएका छन् । युनिटीलाई बैधानिकता दिए सबै कानुनी प्रक्रिया गर्ने र त्यसमा पैसा राख्नेहरुलाई शेयर दिन समेत तयार रहेको उनले बताए ।
कारगार प्रवेश गर्ने क्रममा पत्रकारहरुलाई आफ्ना ५ बुँदे माग सरकारसमक्ष पुर्‍याइदिन आग्रह गरे । उच्च ओहदामा रहेको व्यक्ति तथा राजनीतिक दलका शीर्ष नेताहरुको नाम भजाएर सर्वसाधारणलाई ठगेका उनले कारगार जाँदा जाँदै पनि आफू राजनीतिक संरक्षणमा छुट्न सक्ने संकेत दिँदै अब अर्कै हैसियतमा भेट्ने बताए । ‘पहिले अर्कै हैसियतमा थिएँ, अहिले अर्को हैसियतमा आइपुगेको छु’ उनले भने-’अब नयाँ हैसियतमा भेट्छु ।’
सरकारले युनिटी बन्द गराएपछि प्रहरीले गुरुङसँगै प्रवन्ध निर्देशक विष्णुबहादुर क्षेत्री र अर्थ निर्देशक कृष्णबहादर क्षेत्री र महेन्द्र केसीलाई विना इजाजत बैंक तथा वित्तीय संस्था संचालन गरेको बैंकिङ्ग कसुर र ठगी मुद्धामा मोष्ट बाण्टेडको सूचीमा राखेर २ वर्षदेखि खोजी गरिरहेको थियो । अन्य तीन जना भने अझै फरार छन् । गुरुङसहितका ४२ जनालाई भने विभिन्न समयमा पक्राउ गरी मुद्धा चलाइएको छ ।
 
धन्दा ठगीकैः विनितकुमारको नाममा काशीरामले लिएको चालक अनुमति पत्र देखाउँदै एसपी श्रेष्ठ
युनिटीले नेटबर्किङ व्यवसायका नाममा ४ लाखभन्दा बढी सर्वसाधारणको पैसा जम्मा गरेका थियो । युनिटीले एक व्यक्तिबाट ८ देखि १५ हजारका दरले पैसा उठाएको थियो । सर्बसाधारणबाट ६ अर्ब भन्दा बढी ठगेको बताइएको छ ।
पत्रकार सम्मेलनमा भने युनिटीले सर्वसाधारणबाट ३ अर्ब ८९ करोड ९८ लाख ७० हजार १ सय ३ रुपैयाँ ७२ पैसा ठगेको बताएको छ ।
युनिटीका सञ्चालकहरुले गत असारमा गुरुङकै अध्यक्षतामा जय युनिटी को अपरेटिभ पार्टी गठन गरेको घोषणा गरेका थिए । उक्त पार्टीका नेताहरुले विभिन्न सञ्चार माध्यमलाई अन्तरवार्ता दिँदै सशस्त्र युद्ध सुरु गर्नेसम्मको धम्की दिएका थिए ।
 
ठगको अनेक दाउः बैंक खाता रोक्का भएपछि अर्कैको नाममा खाता खोलेर काशीरामले पैसा निकाल्न प्रयोग गरेको एटीएम देखाउँदै एसपी श्रेष्ठ