तावहाँङ्ग बँशावली छिट्टै नै प्रकाशन हुने तयारी मा छ । ---- पोल् स्टार !

मनोरन्जन

राजेशले छोडे रोशनको चलचित्र
          रोशन हमाल नायक राजेश हमालका सहयोगी हुन् । तर रोशनको थर पनि हमाल नै भएका कारणले हुन सक्छ, धेरैले उनलाई कान्छा हमाल भनेर चिन्ने गर्छन् । रोशन र राजेश बीचको यो सम्वन्ध विगत १४ वर्षदेखि निरन्तर चलिरहेको थियो । तर, अहिले रोशन र राजेश हमाल बीच खटपट उत्पन्न भएको छ । यो खटपट रोशनले निर्देशन गर्न लागेको चलचित्र ‘रङ’मा आएर छरपस्ट भएको हो ।
रोशनले नायक राजेश हमाललाई मुख्य भूमिकामा राखेर चलचित्र ‘रङ’ निर्देशनको तयारी गरेका थिए । आफ्नो भरपर्दो सहयोगीको चलचित्रमा अभिनय गर्नु नायक हमालको लागि पनि खुशीको विषय पक्कै थियो । तर, अहिले आएर राजेश हमालले रोशनको निर्देशनमा बनिरहेको चलचित्रबाट हात झिकेका छन् । चलचित्रमा अभिनय गर्ने पक्कापक्की भएपनि अन्तिम समयमा आएर राजेश हमालले अब ‘रङ’ चलचित्रमा अभिनय नगर्ने भएका हुन् । आफ्नै सहयोगीले निर्माण गर्न लागेको चलचित्र ‘रङ’बाट आखिर हमालले किन हात झिके त ?
राजेश निकट श्रोत भन्छ – ‘राजेश हमालले रोशनको चलचित्रमा अभिनय गर्दा आफूलाई डिमोशन भएको सोचे अनि चलचित्र नखेल्ने निर्णय गरे ।’ आफ्नै सहयोगीको निर्देशनमा चलचित्रमा काम गर्दा हमालले आफूलाई तल झरेको अनुभव गरे र नखेल्ने नै निर्णय गरे ।
अहिले हमालले निर्वाह गर्न लागेको भूमिकामा अर्का नायक मुकेश आचार्यलाई राखिएको छ । चलचित्रमा सुमन सिंह र सुमिना घिमिरेले पनि अभिनय गरेका छन् । चलचित्र दुलहीमा राजेश हमाल र सुमिना घिमिरेको जोडीलाई दर्शकले रुचाएपछि रोशनले यी दुईको जोडीलाई पुनः चलचित्रमा उतार्न खोजेका थिए । तर, राजेश हमालका कारण रोशनको यो चाहना अपुरो नै भएको छ । अर्कोतिर, रोशनले १४ वर्षदेखि सेवा गरेको प्रतिफल पनि राम्रैसाग पाएका छन् । हेरांै, १४ वर्षसम्म दिनरात नभनी राजेश हमालको सेवा गरेका रोशन र राजेशको सम्बन्ध अब यो घटनापछि कस्तो हुने हो ?
टू पिसमा यस्तो हाउभाउ
 मानिसले चर्चामा आउन के मात्र गर्दैन ? अरु सबैले गरेको काम प्रति धेरैले चासो नदिन सक्छन् , त्यसैले कुनै नयाँ काम गरेर चर्चा कमाउने इच्छा सबैमा हुन्छ । अहिले बलिउड इन्डस्ट्रीमा यस्तै भएको छ । बि ग्रेडका फिल्म अभिनेत्री तथा मोडेलहरुले चर्चा कमाउने नयाँ नयाँ उपाय अपनाउन थालेका छन् । यहीँ मेसोमा बलिउडकी हट मोडेल तथा आइटम डान्सर यस्मिन खान र सुपर हट र्याम्प मोडेल नताशा सिखले समलिङ्गी हाउभाउमा फोटोसेसन गराएका छन् । दुबैजना सद्धे महिला भएपनि फोटोसेसनमा उनीहरु समलिंगी महिलाको रुपमा प्रस्तुत भए , त्यो पनि निकै कामुक मुद्रामा । मुम्बइको एउटा स्टुडियोमा सुट गरिएका यी दृश्य हेर्दा यी दुइ केटीहरु सद्धे हुन् भनेर कसरी भन्ने ?