तावहाँङ्ग बँशावली छिट्टै नै प्रकाशन हुने तयारी मा छ । ---- पोल् स्टार !

Thursday, May 10, 2018

मोदी को स्वागत को तयारी

अहिले नेपाल मा मोदी को स्वागत को लागी धमाधम
 तयारि भइ रहेको छ।  अधिक नेपाली  जनता ले यो भ्रमण लाइ रुचाएको देखिन्न जति उनको पहिलो  भ्रमण थियो। - पोल स्टार

Saturday, July 2, 2016

थर्पुमा शिक्षक द्वारा आफ्नै विद्यार्थी निर्घात कुट्पिट

      02 july 2016- एउटा बच्चा लाई कसरी पढाउने भन्ने समेत ज्ञान नहुने ब्यक्ती कसरी प्रिन्सिपल बन्न योग्य हुन्छ? बुझ्न नसक्ने विद्यार्थी लाई कुन कुन बिधीहरु अपनाएर पढाउने भन्ने समेत एउटा जिम्मेवार शिक्षक मा ज्ञान जरुरी हुन्छ। तर अधिकांस शिक्षक हरु विद्यार्थी हरुलाई कुट्पिट गरेर आफ्नो काबुमा राख्न खोज्छन । हो यस्तै घटना आज पांचथर जिल्लाको थर्पु गाविस मा स्थित एक बोर्डिङ स्कुल साइनिङ स्टार लोवर सेकेण्डरी इङ्लिस स्कुलमा भएको छ । यस् स्कुल का प्रिन्सिपल इश्वरीप्रसाद सापकोटा हुन । उनले ताप्लेजुङ आम्वेगुदीन–९ घर भई सोहि स्कुलमा कक्षा २ मा आवाशिय रुपमा वसेर पढ्दै गरेका ८ वर्षका रचित विष्टलाई मंगलवार विहान ‘अक्षर’ नराम्रो भएको भन्दै ट्युसन कक्षामै निर्घात कुटपीट गरेका थिए । वालकलाई अक्षर (हेनराइटिङ) राम्रो नभएको भन्दै विद्यार्थीहरुकै माझमा वाँसको लाठीले हातपाखुरा तथा खुट्टाका विभिन्न भागमा निलडाम हुनेगरी निर्धात कुटपीट भएको थियो ।  कुटपीटवाट घाइते भएका वालकलाई अरुलाई भनेमा पुनः कारबाही गर्ने भन्दै मानसिक यातना समेत दिएको र घटना भएको भोली पल्ट मलम लगाएर फकाएको वालकका आफन्तले वताए ।

वच्चाले कुटाई खाएको भोली पल्ट अन्य अभिभावकवाट थाहा पाएर आएकी वच्चाकी आमा दिलमायाँ विष्ट अहिले कानूनी प्रकृया सहित वच्चाको उपचारको लागि फिदिम आएकी छन् । उनले आफुलाई सामान्य घटना भएको भन्दै कानुनी प्रकृया अघि नबढाउन केही राजनीतिक दलका नेता सहित केही कानून व्यवसायीहरुले समेत दवाव दिएको वताइन् ।

कुटाइको कारण ज्वरोले थलिएको वच्चाको उपचार सहित कुटपीटमा सम्लग्न प्रिन्सिपललाई कानुनी कारवाहीको माग गर्र्दै उनले विहीवार नै जिल्ला प्रहरी कार्यालय पाँचथरमा निवेदन समेत गरेपछि विहीवार नै प्रिन्सिपल सापकोटालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रिन्सिपल आफैँले ‘गल्ति भयो माफ दिनुस वरु २ महिनाको स्कुलको फिमिनाहा गरीदिन्छु’ भन्दै उम्कन खोजेको वालककी आमा दिलमायाले वताइन् । वच्चालाई कुटपीट गरेको निवेदन अनुसार सार्वजनिक अपराध मुद्धा अन्तर्गत म्याद थप गरी कानुनी कारवाही प्रकृया सुरु भएको प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले वताए ।

बालमैत्री शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्नुपर्ने तथा दण्डरहित अध्यापन गरिनुपर्ने माग र बहस चलिरहेका बेला पाँचथरमा पटक–पटक यस प्रकारका घट्ना हुने गरेका छन् । बालबालिकको पक्षमा काम गर्ने जिम्मेवारी पाएका जिम्मेवार अधिकारीहरु नै उक्त मुद्दा मिलाउन राजनीतिक दलका नेताहरु र पीडकको पछि लागेको अधिकारकर्मीहरुको भनाई छ । सभार - मेची पोस्ट 

Friday, June 17, 2016

How to to hide your FOLDER from your computer display?



           कम्प्युटर को डिस्प्ले बाट फोल्डर कसरी लुकाउने  ? थाहा छ ? यदी थाहा छैन भने तपाईं सिकी राख्नुहोस् । किनकी आफ्नो ब्यक्तिगत फोल्डर डाटा हरु अरु कसैले पनि नबिगारोस र नदेखोस् भन्न को लागि फोल्डर हाइड गरेर राखे राम्रो हुन्छ।

* सबै भन्दा पहिला एउटा फोल्डर बनाउनुहोस्। फोल्डर को नाम परिवर्तन गर्नुहोस् र परिबर्तित नाम मा ALT +0160 टाइप गर्नु होस्। तपाईं त्यहाँ केही पनि देख्नु सक्नु हुने छैन नयाँँ नाम । त्यसपछी फोल्डर मा राइट क्लिक गरेर properties मा जानुहोस । त्यसपछि  custimize मा क्लिक गरेर icon बदल्नु होस्। खाली भाग icon लाई सेलेक्ट गर्नुहोस् र apply गर्नुहोस्। तपाईंको फोल्डर लुक्यो ।
लुकेको फोल्डर लाई हेर्न CTRL+A गरेर हेर्नुहोस्। देख्न सक्नुहुनेछ ।
              

Tuesday, September 23, 2014

दशै कसको चाड ?

दशै कसको चाड ?

दशै तपाईको चाड हो वा होईन बुझेर मात्र मनाउनु होला !
(1) दशै भारतबाट आयत गरेको चाड हो । नेपालको भूभागसंग र नेपालका आदिवासी जनजातिसंग दशैको कथाको सम्बन्ध भएको ईतिहांस काहि कतै कसैले पढनु भएको छ ?
(2) गोरखा राज्य विस्तार भए पछि अतिहिन्दुवादी निरंकुश गोरखाका शाह राजाले आदिवासी जनजातिलाई पहाडे बाहुनको शासन, हिन्दुधर्म–संस्कृति र खस भाषालाई स्वीकार्न बाध्य परेको ईतिहांस १२ बजेको घाम जतिकै छर्लङ छ ।
(3) राई : दशैको टिका थाप्न राणा शासकको आदेश पालन नगर्दा आदिवासी जनजाति राम्लिहाङ राई र रिदमा राईलाई झुण्डाएर हत्या गरेको थियो ।
(4) लिम्बु : सन १८३१ मा गोरखाका शाह राजाले दशै नमाने लिम्बुहरुको सुव्वाङ्गी र किपट खोस्ने धम्की दिएकोले बाध्य भएर लिम्बुहरुले दशै मानेका हुन । जोगीको वेशमा लिम्बु गाउामा जासुस पठाएर दशै नमान्ने लिम्बुहरुलाई चरम यातना दिएर दशै मान्न बाध्य बनाएका थिए ।
(5) नेवा : षडयन्त्रपूर्वक गोरखाका राजाले काठमाडौ उपत्यका कब्ज गरेता पनि नेवाहरुले गोरखा राजाको शासन स्वीकारेका थिएन्न । नेवाहरुलाई गोरखा राजाको शासन स्वीकार्न बाध्य बनाउन गोरखा दरबारबाट फुलपाती ल्याएर काठमाडौको टुडिखेलमा फुलपाती बढाई गरेर नेवाहरुलाई दशै मान्न बाध्य बनाएका थिए ।
(6) गुरुङ : पृथ्वी नारायण शाहको आदेश अनुसार सेनमा काम गर्ने गुरुङहरु, उनीहरुका परिवारहरुलाई र गोरखाका नजिक गाउाका गुरुङहरुलाई दशैमा अनिवार्य पशु बलि दिनु पर्ने र बलि दिए पछि हत्केलामा रगत लगाएर ढोकाको दायाा र बााया लगाउन बाध्य बनाएका थिए । बिक्रम सम्बत १८२६ देखि राजेन्द्र बिक्रम शाहले गुरुङहरुलाई लामा पुजारी राख्न बन्देज लगाएरु बाहुन पुजारी चलाउन बाध्य बनाएका थिए ।
(7) मगर : बिक्रम सम्बत १६१६ मा द्रब्या शाहले खडका मगर राजालाई निर्मम हत्या गरेको मगरहरुमाथी शासन गरेको दिनदेखि मगरहरुलाई दशै मान्न बाध्य बनाएको इतिहास छ ।
(8) तामाङ : सुनकोशीको बगरमा हातियार लुकाएर राखेर पृथ्वीनारायण शाहले तामाङका राजा रिन्जेन दोर्जेलाई मित लगाउन विना हतियार आउनु भनेर तिमाल बेशी भन्ने ठाउामा बोलाए निर्ममतापूर्वक हत्या गरेर तामाङहरुलाई दशै मान्न बाध्य बनाएका थिए ।
(9) दशैबारे हाम्रा मागहरु :-
* सबै नेपालीले दशै नमान्ने भएको र भारत लगायत अन्य देशका हिन्दुहरुले पनि दशै मान्ने भएकोले दशैलाई नेपालीहरुको चाड होईन हिन्दुहरुको चाड भनियोस ।
* राज्यको ढुकुटीबाट करोडौ रुपैया खर्चेर, सेना प्रहरी लगाएर वर्षको ३५ दिन सार्वजनिक विदा दिएर हिन्दुको चाड पर्व दशै, तिहार, जनै पूर्णिमा, तिज, बसन्त पञ्चमी मनाउने कार्यहरु बन्द गरियोस वा आदिवासी जनजातिका चाडहरु सकेला, भुमे पूजा, चोनाम पर्व, उधौली उभौली, लोसार, छठ जितिय, सिरुवा पर्व, महपूजा, माघीमा पनि सैनिक मञ्चमा सेना प्रहरीले हर्ष बढाईका साथ मानइयोस ।
* हिन्दुधर्मका समाचारलाई मात्र प्राथमिक्ताका दिएर सरकारी तथा अतिहिन्दुवादी सञ्चार माध्यमाहरुले आाख फुटने गरेर देखाउने कान नै बन्द हुने गरेर सुनाउने पक्षपातीपूर्ण व्यवहार बन्द गरियोस र सबै धर्मका चाडपर्वबारे समावेशी समाचार सम्प्रेषण गरियोस ।
* नेपालको राष्ट्रियता र राष्ट्रिय एकता आधार हिन्दुको चाड दशै, तीज, जनै पूर्णीमा, खस भाषा र दौरा सुरुवाल टोपी मात्र हुन सक्दैन । नेपालको राष्ट्रियता र राष्ट्रिय एकताको आधार सकेला, उधौली उभौली, लोसार, छठ जितिय, सिरुवा पर्व, भूमे पूजा, महपूजा, माघी, ईद पनि हुनुपर्छ, शेर्पा, राई, गुरुङ, मगर, तामाङ, लिम्बु, थारु, नेवार, मुश्लीम लगायत अन्य जातजातीको भाषामा हुनुपर्छ र हिमाल, पहाडमा र तराईमा लगाईने पोशाकहरुलाई बनाइयोस ।
(10) सस्तो राजनीतिक लोकप्रियता हासिल गर्न, साम्प्रदायिक सदभाव विथोल्न वा देश खण्डीत गर्ने हाम्रो आवजको उद्वेश्य किमार्थ होईन । हाम्रो आवज न्यायको लागि हो, समनताको लागि हो, भाषा, धर्म, संस्कृति, आर्थिक, राजनीतिक र समाजिक विभेदहरु समाप्त गर्दै समतामूलक समाज र समृद्धिशाली नयाँ नेपाल निमार्ण गर्ने नै हो ।
(11) प्रधानमन्त्रीको कुर्सीको पाउनका लागि पहाडे शासक वाहुन नेताहरुले आदिवासी, मधेशी, दलित, मुश्लीम, महिला, अपाङ्गाका उत्पीडनबारे कुरा उठाउदा देश टुक्र्याउने र सामाजिक सदभाव विथोल्ने आरोप नलाग्ने । तर आदिवासी, मधेशी, दलित, मुश्लीम, महिलाले आफ्ना उत्पीडनका कथा र व्याथहरुबारे आफैले आवज उठायो भने देश टुक्रिने, सामाजिक सदभाव विथोलिने आरोप लाग्ने, यो कस्तो बिडम्बना हो ? के यो न्यायोचित छ ?
(12) आदिवासी, मधेशी, दलित, मुश्लीम, महिला, अपाङ्गाका उत्पीडनका कथा व्यथाहरु विक्री गरेर राजा महाराजा, निरंकुश निर्दलिय पञ्चायती व्यवस्था, वहुदलवादी दल र गणतन्त्रवादी दलहरुले नोट, भोट बटुले, सिहदरवारको सिंहासनमा कोईराला, खनाल, नेपाल, दहाल, भट्टराईलाई पु–याएर शासन गरे तर हाम्रो कथा व्याथहरुमा कुनै परिवर्तन आएन ।
(13) अब हाम्रा लागि हामी आफै उठनु पर्छ भन्ने चेतनाको विकाश हामीमा भएकोछ । जस्को सवाल उस्को अगुवाई भन्ने भनाईबाट हामी प्रेरित भएको छौ । अब हाम्रा लागि कसैले बोल्नु पर्दैन, हामी आफै बोल्छौ, हामी आफै संठीत हुन्छौ । अब मधेशी, दलित, मुश्लीम, महिला, अपाङ्गाको उत्पीडनका कथा व्यथा विक्री गर्ने अधिकार कसैलाई हुनै छैन । सर्वाधिकार हामी आफैमा सुरक्षित हुनेछ । हेक्का रहोस !
(14) देशको ढुकुटी रित्याउने शासक पहाडे वाहुनहरु अनि नेपालको नदीनाला, वनजंगल बेचेर खरबौ डलर झ्वांम बनाउने शासक पहाडे वाहुन । आदिवासी, मधेशी, दलित, मुश्लीम, महिला, अपाङ्गा, कमैया कमलरीको आर्थिक, राजनैतिक, शैक्षिक सशक्तिकरणका लागि खोलिएका ५,२२७ संघसंस्थाहरु मध्ये ८० प्रतिशत संघसंस्थाहरु शासक पहाडे वाहुनहरु कै छन् । यदि विश्वास लाग्दैन भने गैह्र सरकारी संस्था महासंघ (फेडेरेसन अफ नन गर्भमेन्टल अर्गनाईजेसन अफ नेपाल) को वेभ साईडमा गएर सदस्यहरुको नामवाली हेरियोस । उर्मिला आर्याल, आरजु देउवा, भिम रावल, के पी ओली, गगन थापा, योगेश भट्टराई, टोपवहादुर रायमाझीका संघसंस्थाले वार्षिक खरबौ डलर झवाँम बनाउछन् । अब भन्नोस डलर कस्ले पाउने रहेछ ? शासक पहाडे वाहुनले की आदिवासी, मधेशी, मुश्लीमले ? धान खाने मुसा चोट पाउने भ्यागुता ! विदेशी डलर र राज्यको ढुकुटी रित्याउने शासक पहाडे वाहुन अनि आरोप लगाउछ आदिवासी, मधशी, दलित र मुश्लीमलाई ?
(15) न्याय र समानताका लागि उठेको अवाज कुनै विदेशी डलरको उपज होईन चेतना अभिबृद्धिको उपज हो । हेक्का रहोस !
साभार्- नेपालीसमाचार डट कम
 
 

Monday, September 22, 2014

सरकार हत्यारा हो

सायद् अब हतपत  मान्छे हरू अनसन बस्दैनन्।  बसे पनि सरकार घुर्क्याउने हिसाबले बस्दैनन्। मलाई यस्तै लाग्छ है । तर सरकार ले घोर अन्याय गरेको छ। सरकार ले बेइज्जती कमायो। थुइक्क सरकार । ज्यान मारा सरकार । सोझा जनता हरू एकपछी अर्को लगातर मर्दैछन यसैगरी मर्दै जानेछौँ । अन्याय मा परेका हामी यसै गरि दबिँदै जानेछौँ । कुर्शी को लोभ गर्ने बेइज्जती, स्वार्थी सरकार यसै गरि टिकी रहन्छ । सरकारले गरेको यत्रो गल्ति न त क्षमा दिन लायक छ न त कोहि जनता उठ्नेछन । किनकी यो भोटिङ सिस्टम होईन नि। अल्से नेपाली हरू भोटिङ सिस्टम भयो भने मात्र एक हुन्छन्। भोटिङ को आधार मा त नेपाली हरू ले धेरै नेपाली लाई जिताइ सकेका छन्। म त यत्ति भन्छु नेपाली हामी जनता हरू धेरै गल्ति गर्दैछौं नेता हरूले गरेको गल्ति हरू लाई सहजै हामी माफ गरिदिन्छौं। थुइक्क यति सम्म की जनताको रगत् चुस्ने भ्रष्ट्राचारी जेल बाट निस्कँदा हामी हर्षबडाइँ मनाउन्छौं , फुलमाला लगाई दिन्छौं । त्यसैले गल्ति हामी गर्दै छौं । यहां अनसन बसेर केही हुँदैन किनकी जनतालाई जनता ठानिँदैन, अनसन बसेर आफू मर्नु पर्छ यो देश् मा मरेर केही हुँदैन । संबिधान बन्छ या बन्दैन त्यो त थाहा छैन् तर मलाई यति कुरा थाहा छ की संबिधान नबने पनि यो देश् मा केही हुंदैन। किनकी जनता उठ्दैनन । जनता लाई पनि देश् प्रति त्यति चिन्ता छैन। धेरै जनता हरू बिदेश् तिरै छन् उनिहरुलाई यति चिन्ता छ की मेरो भिसा लाग्छ की लाग्दैन? गएर पैसा कमिन्छ की कमिन्दैन? एमआरपी बनाको छैन् अब मलाई बिदेश् फर्किनु दिन्छ की दिँदैन बस। म पनि त्यति नी सोच्छु बस आज नराम्रो लाग्यो छोरा को लागि ज्यान को आहुती दिएर न्याय माग्दा पनि सरकार ले न्याय दिन सकेन यो कुरा निश्चित छ भोलि गएर हामी कसैलाई यस्तो स्थिति आइ पर्‍यो भने पनि यसै गरि मरि रहनु पर्छ यस्तो खबर सामान्य बन्दै जानेछ । देशको अस्तित्व र इमानता हराउँदै जानेछ। फेरि चुनाव हुन्छ हामी यसैगरी नेता हरू लाई महानेता बनाउँदै जानेछौँ ।

Thursday, July 31, 2014

हिरोसिमामा परमाणु खसाल्नेको मृत्यु

 श्रावन -१५
  दोश्रो विश्य युद्ध मा कैयौं जापानी हरु लाई एउटै लास हुने गरे हिरोसिमामा परमाणु बम खसाल्ने अमेरिकी विमानको चालक थियोडर भान क्रिकको मृत्‍यु भएको छ। डच नामले प्रख्यात क्रिक 'इनोला गे' नामक विमानमा सम्मिलित चालक दलको अन्तिम जीवित सदस्य थिए। सन् २०१० मा उनको सहयोगी मोरिस जेप्सनको मृत्यु भएको थियो। करिब १ लाख ४० हजार नागरिकको मृत्यु भएको थियो।'लिटिल ब्वाई -पुडके केटा' नाम राखिएको थियो उक्त परमाणु बम धेरै शक्तिशाली थियो ।   उक्त घटनाको तीन दिनपछि बोकस्कार विमानबाट जापानकै अर्को सहर नाकासाकीमा 'फ्याट म्यान (मोटो मान्छे)' नामक अर्को बम खसालिएको थियो, जुन घटना झन्डै ८० हजारले ज्यान गुमाएका थिए। एउटा अचम्म को कुरा त के भने उक्त कार्य का लागि उक्त कार्यका लागि कहिल्यै पछुतो भएन।

Friday, June 6, 2014

मेरो एउटा सपना

तावाहाँङ
             मैले धेरै पटक एउटै प्रकार को सपना देखी रहेको छु जुन सपना ले मलाई ब्युँझंदा निक्कै भावुक बनाउँछ न त यो कुरा कहिं कसैलाई शेयर गर्न सक्छु न त ब्लग मा नै लेख्न सक्छु। मेरो जीवन मा मैले अनुभव गरेको एउटै यथार्थ कुरा पनि कसैलाई भन्न सकेको छुइन। शायद यसै कारण यो सपनाले बार-बार मलाई पछ्याइ रहेको कि । म के गरुँ ? मेरो पनि बिवशता हरु छन, शायद मैले जीवनमा  चाहेर र नजानेर केही कुरा हरु गर्न चुकेको छु। फेरी यस्तो सपना हरु कहिल्यै नदोहोरियोस। मैले केही गल्ती हरु गरेको छुइन, मेरो तख्दिर मा जे लेखेको छ त्यही मात्र बेहोरेको भन्नु पर्ला, नत्र मैले मेरो जीवन लाई अर्कै दिशा तर्फ मोड्न खोजेको थिएँ, लेखान्त सँग म हारेको छु। भन्छन हरेक मान्छेको लागी भगवान ले सिनेमा को पर्दा मा देखाएको एउटा कथा जस्तै आ-आफ्नै कथा लेखेर पठाए
को  हुन्छ रे त्यो पुरा गर्नै पर्छ रे । मैले पनि पुरा गर्नु पर्छ। अनी सबैले ।


Wednesday, January 1, 2014

नयाँ बर्ष २०१४ साल को धेरै धेरै शुभकामना सबै लाई।

                                        नयाँ बर्ष २०१४ साल को धेरै धेरै शुभकामना सबै लाई।


 यस् वर्ष को शुरुवात सँगै सबैको सोच बिचार र संकल्प हरु पुरा होउन, खराब बाटो छोडेर नयाँ गन्तब्य मा लम्किनु यही छ मेरो सबै लाई शुभकामना ।

Monday, October 28, 2013

आज पुर्वका नौ जिल्ला बन्दको आह्वान

 ११ कार्तिक २०७० 
   आज   संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले पुर्व का नौ जिल्ला मा एक  दिने बन्द  को आव्हान गरेको छ। केहि समय अघि विभिन्न स्थानबाट आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै रिहाको माग गरी आज पुर्वका नौ जिल्ला बन्दको आह्वान गरीएको मञ्चका अध्यक्ष कुमार लिङ्देनले बताउनुभएको छ । बन्दको कारण पुर्वका सबै जिल्लामा प्रभाव परेको छ । बन्द र तोडफोडमा संलग्न भएको भन्दै प्रहरीले विभिन्न जिल्लाबाट लिम्बुवानका करिव १२ कार्यकर्ता केहि दिन अघि पक्राउ गरेको थियो । मञ्च्ले एक प्रेशविज्ञप्ति जारी गर्दै आफ्ना कार्यकर्ता तत्काल रिहा गर्न माग गरेको छ भने दोस्रो संविधानसभाको निर्वाचन तत्का स्थगित गरी गोलमेच सम्मेलनको माग समेत गरेको छ ।
न्दको कारण पुर्वको ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम, संखुवासभा, भोजपुर लगायतका जिल्लामा प्रभाव परेको छ । बन्द र तोडफोडमा संलग्न भएको भन्दै प्रहरीले विभिन्न जिल्लाबाट लिम्बुवानका करिव १२ कार्यकर्ता केहि दिन अघि पक्राउ गरेको थियो ।
मञ्चले एक प्रेशविज्ञप्ति जारी गर्दै आफ्ना कार्यकर्ता तत्काल रिहा गर्न माग गरेको छ भने दोस्रो संविधानसभाको निर्वाचन तत्का स्थगित गरी गोलमेच सम्मेलनको माग समेत गरेको छ ।
- See more at: http://www.onlinekhabar.com/2013/10/131631/#sthash.hG7Rv9il.dpuf
न्दको कारण पुर्वको ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम, संखुवासभा, भोजपुर लगायतका जिल्लामा प्रभाव परेको छ । बन्द र तोडफोडमा संलग्न भएको भन्दै प्रहरीले विभिन्न जिल्लाबाट लिम्बुवानका करिव १२ कार्यकर्ता केहि दिन अघि पक्राउ गरेको थियो ।
मञ्चले एक प्रेशविज्ञप्ति जारी गर्दै आफ्ना कार्यकर्ता तत्काल रिहा गर्न माग गरेको छ भने दोस्रो संविधानसभाको निर्वाचन तत्का स्थगित गरी गोलमेच सम्मेलनको माग समेत गरेको छ ।
- See more at: http://www.onlinekhabar.com/2013/10/131631/#sthash.hG7Rv9il.dpuf
बन्दको कारण पुर्वको ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम, संखुवासभा, भोजपुर लगायतका जिल्लामा प्रभाव परेको छ । बन्द र तोडफोडमा संलग्न भएको भन्दै प्रहरीले विभिन्न जिल्लाबाट लिम्बुवानका करिव १२ कार्यकर्ता केहि दिन अघि पक्राउ गरेको थियो । - See more at: http://www.onlinekhabar.com/2013/10/131631/#sthash.hG7Rv9il.dpuf