तावहाँङ्ग बँशावली छिट्टै नै प्रकाशन हुने तयारी मा छ । ---- पोल् स्टार !

Thursday, September 15, 2011

लिम्बुवान क्षेत्र र परिचय

मिसन किङ्ग भाद्र-३० बिशेष त हामीले ९ क्षेत्र लाई ऐताहासिक रुप मा पनि लिम्बुवान क्षेत्र (राज्य)भनेर चिनिन्छ। यी क्रमश: पाँचथर,इलाम्,ताप्लेजुङ्, सन्खुवासभा, मोरङ, धनकुटा, झापा, सुनसरी,र तेह्रथुम । बिभिन्न पत्रपत्रिक लेख रचना र अन्य ऐतिहासिक किताब हरुको आधार अनुसार लिम्बुहरुको आफ्नै मौलिक भाषा,संस्क्रिती,रितिरिवाज,भेसभुसा तथा लिपी भएका लिम्बु जाति हरु अरुण पूर्व का बिभिन्न पहाडी क्षेत्रहरुमा छरिएर बसोबास गरेका छन्। बिगत् मा किराँती हरुले काठमाडौं को उपत्यका सम्म बिभिन्न गतिबिधी हरु सन्चालन गरेका थिए। यहि समयमा इन्डो-आर्यन भाषा बोल्ने खस् जाति हरु पशुपालन सहित फिरन्ते अवस्थामा मतातिर्थ केन्द्रित भइ रहन्थे। खस् जाति हरु ले किराँती हरु सँग खेती पाती गर्न सिकेका थिए। यही क्रममा गोपाल वंशीअनुसार ३२ पुस्ता, कर्कपेट्रिक वंशावलीअनुसार २७ पुस्ता, डेनियल राइट वंशावली अनुसार २९ पुस्ता, इतिहास प्रकाशनअनुसार २५ पुस्ता, प्रेमबहादर माबोहाङका अनुसार ३३ पुस्तासम्म किराती राजाहरुले काठमाण्डौ उपत्यकामा शासन गरेका थिए । बौद्ध दर्शनबाट किराती राजाहरु प्रभावित भएका थिए । सातौं किराती राजा जितेदास्तीको पालामा स्वयम्भु चैत्य र मञ्जुश्री चैत्यको दर्शन गर्न गौतम बुद्ध आई १३५० शिष्यहरु बनाएको भनिन्छ । किरात वंशलाई लिच्छवीहरुले धपाएपछि पूर्वतिर लागेका हुन् । यसरी पूर्व लाग्नेहरु राई, लिम्बु, याक्खा, धिमाल, मेचे, कोचे, सुनुवार आदि हुन् । त्यसताका काठमाण्डौ एउटै किरात प्रदेश थियो । वल्लो किरात, माझकिरात, पल्लोकिरात भनि भू-भाग विभाजन गर्ने काम गोरखा राज्यको विस्तार क्रममा भएको पाइन्छ । यसरी, अरुण नदी पूर्व रहेका किरातीहरुमध्ये लिम्बु जातिहरुमा आफ्नो छुट्टै सामाजिक, आर्थिक, सांस्कृतिक र राजनैतिक संरचना रहन गएको हो । लिम्बुहरुमा बौद्ध धर्मदर्शनले कुनै प्रभाव नपारेको पाइन्छ, किनकि आफ्नै मुन्धुम दर्शनबाट निर्देशित सामाजिक अवस्था र स्वायत्त कृषि प्रणाली हुनुको साथै अपुंगी राजनैतिक प्रणाली वा विभिन्न सरदारी प्रथा वा प्रणाली रहेको थियो । जसमध्ये विजयपुर गढी सबभन्दा शक्तिशाली रुपमा रहेको थियो । विभिन्न समयमा विभिन्न थुमका प्रमुखहरुलाई लालमोहर प्रदान गरेको पनि पाइन्छ । तमर खोला, माइ खोला, मेवा खोला, याङरुप, आठराय, पान्थर, फेदाप, चारखाल, चौबीस, छथर जस्ता थुमहरुले विजयपुरमा सम्बन्ध राखी आफ्ना थुमहरुमा आपुंगी राज गरेको र सम्बन्धन प्राप्तिको लालमोहर लिने गरेको र लिम्बुवान संघीय प्रणाली अनुरुप सञ्चालन भएको पाइन्छ ।

No comments:

Post a Comment

सभ्य भाषा मा कमेन्ट्सहरु लेख्नु होला। कमेन्ट्स पोस्ट गर्न comment as भएको मा select profile गरेर Anonymous लाई क्लिक गर्नु होला,त्यसपछी publish मा क्लिक गर्नु होला