तावहाँङ्ग बँशावली छिट्टै नै प्रकाशन हुने तयारी मा छ । ---- पोल् स्टार !

Thursday, August 25, 2011

कांग्रेसबाट पौडेल उम्मेदवार

काठमाडौं, भदौ ८- कांग्रेसको आज बिहान बसेको केन्द्रीय समितिको बैठकले बहुमतीय प्रधानमन्त्रीमा संसदीय दलका नेता रामचन्द्र पौडेललाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ। बैठकमासभापति सुशील कोइरालाले पौडेलेको उम्मेदवारीको प्रस्ताव गरेका थिए । बैठकमा अनुपस्थित रहेका वरिष्ठ नेता शेरबहादुर देउवाले फोन मार्फत पौडेलको उम्मेदवारीलाई समर्थन जनाएका थिए । ढिला भएकाले बैठकमा उपस्थित हुन नसकेको भन्दै देउवाले पूर्व सहमति अनुसार पौडेलको उम्मेदवारीलाई आफ्नो समर्थन रहेको जनाएका थिए ।बैठक सकिए लगत्तै कांग्रेस नेताहरु आफ्नो पक्षमा बहुमत जुटाउन दौडधुप सुरु गरेका छन् । सभापति कोइराला,देउवा र पौडेल एमाले नेता माधवकुमार नेपाललाई भेट्न उनको निवास तर्फ गएका छन् ।नजिकका केही केन्द्रीय सदस्यले बहुमतीयमा समेत उम्मेदवारी नछाड्न दबाब दिए पनि देउवाले पूर्वसमझदारीविपरीत आफू नजाने बताएका थिए ।  यता पौडेलले बहुमतीय प्रक्रियामा प्रवेश गरेपछि आफ्नो पक्षमा समर्थन जुटाउन प्रयास थालेका छन् । उनले एमाले र मधेसी मोर्चाका नेताहरूसँग अनौपचारिक वार्ता थालेको स्रोतले बतायो । 'बहुमतीयमा प्रवेश गरे पनि माओवादी सहितका दललाई मिलाएर सहमति खोज्ने हाम्रो प्रयास हुनेछ,' पौडेलले भने । महामन्त्री प्रकाशमान सिंहले शान्ति प्रक्रिया ठोस रूपमा अघि नबढाएसम्म माओवादी नेतृत्व स्वीकार्न नसकिने पार्टी अडान परिवर्तन नहुने बताए ।

No comments:

Post a Comment

सभ्य भाषा मा कमेन्ट्सहरु लेख्नु होला। कमेन्ट्स पोस्ट गर्न comment as भएको मा select profile गरेर Anonymous लाई क्लिक गर्नु होला,त्यसपछी publish मा क्लिक गर्नु होला