तावहाँङ्ग बँशावली छिट्टै नै प्रकाशन हुने तयारी मा छ । ---- पोल् स्टार !

Tuesday, August 23, 2011

अब सहमतिय सरकार बन्ला?

मिसन किङ्ग 
काठमाडौं भाद्र-६  - रास्ट्रपती ले दलहरुलाई दिएको म्याद पर्सी सकिंदै छ। त्यसैले प्रधान्मन्त्री को निर्वाचन भाद्र ११,१२,१३ मा हुने कुरा अहिले चर्चा मा छ्। तर बहुमतिय प्रधान्मन्त्री को निर्वाचन भने भाद्र ८ बाट नै प्रक्रिया शुरु हुनेछ। निर्वाचन कार्यक्रमसम्बन्धी औपचारिक निर्णय हुन बाँकी रहे पनि भदौ ११, १२ र १३ गते प्रधानमन्त्री पदका लागि मतदान हुने निश्चितप्रायः छ । 'संविधानसभाको कार्यकाल भदौ १४ सम्म रहेकाले त्यसपछिको मिति तोकेर निर्वाचन कार्यक्रम प्रकाशन गर्न मिल्दैन,' संसद् सचिवालय स्रोतले भन्यो, 'त्यसअगावै मुलुकले नयाँ प्रधानमन्त्री पाइसक्नुपर्छ ।'सभामुख सुवास नेम्वाङका अनुसार भदौ ८ गते बिहान बस्ने कार्यव्यवस्था परामर्श समिति बैठकले प्रधानमन्त्री चयन प्रक्रियासम्बन्धी आवश्यक निर्णय गर्नेछ । 'राष्ट्रपतिले दिनुभएको समयसीमा ७ गते सकिने भएकाले उक्त दिन संसद्मा प्रस्ताव आउने -सहमतीय वा बहुमतीय जे भए पनि) निश्चित छ,' उनले भने, 'बिहान बस्ने कार्यव्यवस्था परामर्श समितिको सिफारिसमा संसद्ले आवश्यक निर्णय गर्नेछ ।'सदनको उक्त बैठकले छिटोमा अर्को दिन उम्मेदवारी दर्ताको समय तोक्न सक्छ । भदौ ९ गते एकभन्दा बढीले उम्मेदवारी दर्ता गरे ११ गतेदेखि मतदान प्रक्रिया सुरु हुनसक्छ । भदौ १० गते शनिबार परेकाले आइतबारदेखि निर्वाचन प्रक्रिया अघि बढ्ने सम्भावना छ ।संसद्को नियमावलीअनुसार पहिलो चरणमा कुनै उम्मेदवारले आवश्यक बहुमत प्राप्त नगरे दोस्रो र तेस्रो चरणको मतदान हुनेछ । दोस्रो चरणमा पनि कुनै उम्मेदवारले कुल सदस्य संख्याको दुई तिहाइ अर्थात् २ सय ९८ मत प्राप्त गर्न नसके बढी मत ल्याउने दुई उम्मेदवारबीच अन्तिम प्रतिस्पर्धा हुनेछ ।

No comments:

Post a Comment

सभ्य भाषा मा कमेन्ट्सहरु लेख्नु होला। कमेन्ट्स पोस्ट गर्न comment as भएको मा select profile गरेर Anonymous लाई क्लिक गर्नु होला,त्यसपछी publish मा क्लिक गर्नु होला