तावहाँङ्ग बँशावली छिट्टै नै प्रकाशन हुने तयारी मा छ । ---- पोल् स्टार !

Saturday, August 20, 2011

इजारयल खुल्ला, सय भिसा जारी

काठमाडौं, भाद्र ३ - बैदेशिक रोजागारको लागि सबैभन्दा सुरक्षीत र आर्कषक मानिएको इजरायल बिहीबारदेखि नेपालीको लागि खुल्ला भएको छ । 'इजरायल सरकारले बिहीबार नेपाली कामदार आउन दिने निर्णय बिहिबार गरेको यहाँको परराष्ट्र मन्त्रालयले हामीलाई जानकारी दिएको छ', इजरायलमा रहेको नेपाली दुताबासका एक अधिकारीले कान्तिपुरलाई भने । ती अधिकारीका अनुसार कियर गिभर (बुढाबुढीको स्याहारसुसार गर्ने ब्यक्ति) र कृषिका लागि काम गर्न आउन सय वटा भिसा समेत जारी गरेको छ । 'यो खुसीको खबर बाँड्न पाउदा निकै रमाइलो लागेको छ', उनले भने-'सबै हिसाबले सुरक्षीत र कमाइले आर्कषक मानिएको यो ठाँउमा नेपाली काम गर्न पाउनु निकै ठुलो फाइदा हुन्छ ।' उनका अनुसार इजरायलमा हाल सात हजार नेपाली कामदार छन् । त्यसमध्ये ९० प्रतिशत कामदार महिला छन् । त्यहाँ एक कामदारले कम्तीमा १२ सय डलर कमाइ हुने उनले बताए । इजरायले कसरी खुलायो भन्ने बिस्तृत बिबरण भने दुताबासलाई जानकारी दिएको छैन् । दुई बर्षअघि अपि्रल २००९ मा इजरायल र नेपालका बैदेशीक रोजागार ब्यबसायीले निकै बढी पैसा कामदारसँग असुल गरेको भन्दै बन्द गरेको थियो । 'अब हामीले यो पाठ सिक्न जरुरी छ', उनले भने-'त्यसको लागि सम्बन्धीत पक्षहरु सम्बेदनशील भएर लाग्नुपर्छ ।'इजरायलले अन्तराष्ट्रिय आप्रबासन संठगन (आइओएम) मार्फत कामदार पठाउन नेपाल सरकार राजी भए तत्काल खुल्ला गर्ने बताएको थियो । तर नेपाल सरकारले त्यसलाई अस्वीकार गर्दै आइओएमको अनुगमन, रेखदेख र संयोजन मात्रै स्वीकार गर्न सक्ने जानकारी दिएको थियो । 'बैदेशीक रोजगारमा कामदार कि सरकारले पठाँउछ कि ब्यबसायीले', श्रम प्रबक्ता पुर्णचन्द्र भट्टराईले कान्तिपुरलाई भने-'हामी यो प्रक्रियामा आइओएमको अनुगमन, रेखदेख, र संयोजनको भुमिका मात्रै चाहन्छौं ।' फरेन इम्प्लोइमेन्ट एशोसियसनका अध्यक्ष प्रेम कटुवालले 'निश्चित प्रणाली' बनाएर कार्यान्वयन गर्नुपर्ने बताए । 'दुबै देशको एजेन्टलाई ब्यबस्थीत गरी कामदारलाई अनिबार्य तालिम दिएर पठाउनुपर्छ', उनले भने-'इजरायल जाने लागत खर्च निकै पारदर्शी बनाइनुपर्छ ।' इजरायल सरकारको यो निर्णयपछि ब्यबसायीहरु डुबेको रकम फिर्ता हुने पक्षमा निकै खुसी छन् ।'३५ वटा ब्यबसायीका झन्डै ३५ करोड रुपैया फसेको छ', फरेन इम्प्लोइमेन्ट एसोसियसनका महासचिब प्रकास कार्कीले भने-'भिसा खरिद गर्न लागेको यो खर्च उठ्नेमा हामी खुसी छौं ।'बन्द हुनुअघि सरकारले अनुगमन गर्न नसक्दा ब्यबसायीले असिमित पैसा उठाएर बन्द गर्नुपरेको इजरायली दुताबासको भनाई छ । त्यतिखेर एक कामदारसँग ब्यबसायीले आठ सय डलरदेखि १२ हजार डलरसम्म लिएका थिए । कृषिमा काम गर्नेले भने १५ सयदेखि २ हजार डलरसम्म कमाउने गरेका छन्  । 


No comments:

Post a Comment

सभ्य भाषा मा कमेन्ट्सहरु लेख्नु होला। कमेन्ट्स पोस्ट गर्न comment as भएको मा select profile गरेर Anonymous लाई क्लिक गर्नु होला,त्यसपछी publish मा क्लिक गर्नु होला