तावहाँङ्ग बँशावली छिट्टै नै प्रकाशन हुने तयारी मा छ । ---- पोल् स्टार !

Saturday, August 20, 2011

मदन पुरस्कार झमकलाई

काठमाडौं, भाद्र ३ - यस वर्षको मदन पुरस्कार साहित्यकार झमककुमारी घिमिरेलाई प्रदान गरिने भएको छ ।
मदन पुरस्कार गुठीले 'जीवनः काँडा कि फूल' नामक आत्मकथा कृतिका लागि घिमिरेलाई २०६७ सालको मदन पुरस्कार प्रदान गर्ने निर्णय शनिबार गरेको हो । २०२२ सालमा साहित्यकार पारिजातले पाएयता कुनै पनि महिला साहित्यकारले मदन पुरस्कार पाएका थिएनन् ।शारिरीकरुमा अशक्त धनकुटा निवासी साहित्यकार झमक कान्तिपुर दैनिककीस्तम्भकार हुन् । यसैगरी जगदम्बाश्री पुरस्कार नेपाल भाषाका कवि तथा गीतकार दुर्गालाल श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको मदन पुरस्कार गुठीले जनाएको छ । उनले गीत,कविता तथा बाल साहित्यतर्फ योगदान पुर्‍याउँदै आएका छन् । दुवै पुरस्कारको राशी जनही दुई-दुई लाख रुपैयाँ छ । मदन पुरस्कार एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरू मध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो भने जगदम्बा-श्री नेपाली भाषा, संस्कृति, साहित्य लगायतका विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई प्रदान गरिने पुरस्कार हो ।

No comments:

Post a Comment

सभ्य भाषा मा कमेन्ट्सहरु लेख्नु होला। कमेन्ट्स पोस्ट गर्न comment as भएको मा select profile गरेर Anonymous लाई क्लिक गर्नु होला,त्यसपछी publish मा क्लिक गर्नु होला