तावहाँङ्ग बँशावली छिट्टै नै प्रकाशन हुने तयारी मा छ । ---- पोल् स्टार !

Friday, August 26, 2011

के भट्टराई नै हुन त भावी प्रधान्मन्त्री?

THE MISSION KING

डा.भट्टराईले शुक्रबार दिउँसो प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावक माओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा समर्थकमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासिचव रामबहादुर थापा रहेका छन् । 'शान्ति र संविधानको लागि उम्मेदवारी दिएका हौं'माओवादी अध्यक्ष दाहालले मनोनयन दर्तापछि संवाददाताहरुलाई संक्षिप्तमा भने । माओवादी प्रबक्ता दीननाथ शर्माले उम्मेदवारी दिइसकेपछि पनि सहमतिको प्रयास जारी रहने बताए ।माओवादीको केन्द्रीय समितिको बैठकले भट्टराईलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सुरुमा सहमतीय सरकारको मात्र प्रधानमन्त्री हुने अभिब्यक्ति दिएका भट्टराईलाई बहुमतीय प्रकृयामा भएपनि उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको थियो । सहमतिकै प्रयास स्वरुप माओवादीले बिहीबार शान्ति, संविधान र सरकार निर्माणसम्बन्धी प्रस्ताव सार्वजनिक गरेको थियो । तर,काँग्रेसलगायतका दलहरुले यसको अलोचना गरेका छन् । प्रधानमन्त्रीका अर्का उम्मेदवार काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले सवा १२ बजेतिर मनोनयन दर्ता गर्ने बताइएको छ ।






No comments:

Post a Comment

सभ्य भाषा मा कमेन्ट्सहरु लेख्नु होला। कमेन्ट्स पोस्ट गर्न comment as भएको मा select profile गरेर Anonymous लाई क्लिक गर्नु होला,त्यसपछी publish मा क्लिक गर्नु होला