तावहाँङ्ग बँशावली छिट्टै नै प्रकाशन हुने तयारी मा छ । ---- पोल् स्टार !

Monday, September 22, 2014

सरकार हत्यारा हो

सायद् अब हतपत  मान्छे हरू अनसन बस्दैनन्।  बसे पनि सरकार घुर्क्याउने हिसाबले बस्दैनन्। मलाई यस्तै लाग्छ है । तर सरकार ले घोर अन्याय गरेको छ। सरकार ले बेइज्जती कमायो। थुइक्क सरकार । ज्यान मारा सरकार । सोझा जनता हरू एकपछी अर्को लगातर मर्दैछन यसैगरी मर्दै जानेछौँ । अन्याय मा परेका हामी यसै गरि दबिँदै जानेछौँ । कुर्शी को लोभ गर्ने बेइज्जती, स्वार्थी सरकार यसै गरि टिकी रहन्छ । सरकारले गरेको यत्रो गल्ति न त क्षमा दिन लायक छ न त कोहि जनता उठ्नेछन । किनकी यो भोटिङ सिस्टम होईन नि। अल्से नेपाली हरू भोटिङ सिस्टम भयो भने मात्र एक हुन्छन्। भोटिङ को आधार मा त नेपाली हरू ले धेरै नेपाली लाई जिताइ सकेका छन्। म त यत्ति भन्छु नेपाली हामी जनता हरू धेरै गल्ति गर्दैछौं नेता हरूले गरेको गल्ति हरू लाई सहजै हामी माफ गरिदिन्छौं। थुइक्क यति सम्म की जनताको रगत् चुस्ने भ्रष्ट्राचारी जेल बाट निस्कँदा हामी हर्षबडाइँ मनाउन्छौं , फुलमाला लगाई दिन्छौं । त्यसैले गल्ति हामी गर्दै छौं । यहां अनसन बसेर केही हुँदैन किनकी जनतालाई जनता ठानिँदैन, अनसन बसेर आफू मर्नु पर्छ यो देश् मा मरेर केही हुँदैन । संबिधान बन्छ या बन्दैन त्यो त थाहा छैन् तर मलाई यति कुरा थाहा छ की संबिधान नबने पनि यो देश् मा केही हुंदैन। किनकी जनता उठ्दैनन । जनता लाई पनि देश् प्रति त्यति चिन्ता छैन। धेरै जनता हरू बिदेश् तिरै छन् उनिहरुलाई यति चिन्ता छ की मेरो भिसा लाग्छ की लाग्दैन? गएर पैसा कमिन्छ की कमिन्दैन? एमआरपी बनाको छैन् अब मलाई बिदेश् फर्किनु दिन्छ की दिँदैन बस। म पनि त्यति नी सोच्छु बस आज नराम्रो लाग्यो छोरा को लागि ज्यान को आहुती दिएर न्याय माग्दा पनि सरकार ले न्याय दिन सकेन यो कुरा निश्चित छ भोलि गएर हामी कसैलाई यस्तो स्थिति आइ पर्‍यो भने पनि यसै गरि मरि रहनु पर्छ यस्तो खबर सामान्य बन्दै जानेछ । देशको अस्तित्व र इमानता हराउँदै जानेछ। फेरि चुनाव हुन्छ हामी यसैगरी नेता हरू लाई महानेता बनाउँदै जानेछौँ ।

No comments:

Post a Comment

सभ्य भाषा मा कमेन्ट्सहरु लेख्नु होला। कमेन्ट्स पोस्ट गर्न comment as भएको मा select profile गरेर Anonymous लाई क्लिक गर्नु होला,त्यसपछी publish मा क्लिक गर्नु होला