तावहाँङ्ग बँशावली छिट्टै नै प्रकाशन हुने तयारी मा छ । ---- पोल् स्टार !

Wednesday, August 1, 2012

अर्बौं ठग्ने युनिटीका अध्यक्ष काशीराम गुरुङ पक्राउ

१७ साउन, काठमाडौं । नेटवर्किङ व्यवसायका नाममा सार्वसाधारणबाट करिव ४ अर्ब ठगी गरेको फरार युनिटी लाइफ इन्टरनेशनलका अध्यक्ष काशीराम गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरबाट गएको विशेष टोलीले गुरुङलाई बुधबार विहान करिव साढे ६ बजेतिर इलामको पशुपतिनगर क्षेत्रबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर ललितपुरले बुधबार नै उनलार्इ ललितपुर ल्याएर पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
युनिटीलाई वैधानिकता प्रदान गर्नेबारे छलफल गर्न बाग्लुङ आउने क्रममा गुरुङलाई पक्राउ गरिएको प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।

उनी लामो समयदेखि भारतको दर्जलिङ्गमा बस्दै आएका थिए । उनले विनितकुमार लामाको नाममा चालक अनुमति पत्र लिएको तथा कुमारी बैंक र एसबीआई बैंकको एटीएम कार्ड प्रयोग गर्ने गरेको पाइएको छ ।
गुरुङलाई  बिहीबार जिल्ला अदालत ललितपुरमा पेश गरिनेछ । उनीविरुद्ध गठी र बैंकिङ कसुरुको मुद्धा चलाईनेछ ।
ध्वाँस दिँदै भने ‘अब नयाँ हैसियतमा भेट्छु’
 गुरुङले भने आफूहरु सर्बसाधारणको पैसा फिर्ता गर्न तयार रहेको बताएका छन् । युनिटीलाई बैधानिकता दिए सबै कानुनी प्रक्रिया गर्ने र त्यसमा पैसा राख्नेहरुलाई शेयर दिन समेत तयार रहेको उनले बताए ।
कारगार प्रवेश गर्ने क्रममा पत्रकारहरुलाई आफ्ना ५ बुँदे माग सरकारसमक्ष पुर्‍याइदिन आग्रह गरे । उच्च ओहदामा रहेको व्यक्ति तथा राजनीतिक दलका शीर्ष नेताहरुको नाम भजाएर सर्वसाधारणलाई ठगेका उनले कारगार जाँदा जाँदै पनि आफू राजनीतिक संरक्षणमा छुट्न सक्ने संकेत दिँदै अब अर्कै हैसियतमा भेट्ने बताए । ‘पहिले अर्कै हैसियतमा थिएँ, अहिले अर्को हैसियतमा आइपुगेको छु’ उनले भने-’अब नयाँ हैसियतमा भेट्छु ।’
सरकारले युनिटी बन्द गराएपछि प्रहरीले गुरुङसँगै प्रवन्ध निर्देशक विष्णुबहादुर क्षेत्री र अर्थ निर्देशक कृष्णबहादर क्षेत्री र महेन्द्र केसीलाई विना इजाजत बैंक तथा वित्तीय संस्था संचालन गरेको बैंकिङ्ग कसुर र ठगी मुद्धामा मोष्ट बाण्टेडको सूचीमा राखेर २ वर्षदेखि खोजी गरिरहेको थियो । अन्य तीन जना भने अझै फरार छन् । गुरुङसहितका ४२ जनालाई भने विभिन्न समयमा पक्राउ गरी मुद्धा चलाइएको छ ।
 
धन्दा ठगीकैः विनितकुमारको नाममा काशीरामले लिएको चालक अनुमति पत्र देखाउँदै एसपी श्रेष्ठ
युनिटीले नेटबर्किङ व्यवसायका नाममा ४ लाखभन्दा बढी सर्वसाधारणको पैसा जम्मा गरेका थियो । युनिटीले एक व्यक्तिबाट ८ देखि १५ हजारका दरले पैसा उठाएको थियो । सर्बसाधारणबाट ६ अर्ब भन्दा बढी ठगेको बताइएको छ ।
पत्रकार सम्मेलनमा भने युनिटीले सर्वसाधारणबाट ३ अर्ब ८९ करोड ९८ लाख ७० हजार १ सय ३ रुपैयाँ ७२ पैसा ठगेको बताएको छ ।
युनिटीका सञ्चालकहरुले गत असारमा गुरुङकै अध्यक्षतामा जय युनिटी को अपरेटिभ पार्टी गठन गरेको घोषणा गरेका थिए । उक्त पार्टीका नेताहरुले विभिन्न सञ्चार माध्यमलाई अन्तरवार्ता दिँदै सशस्त्र युद्ध सुरु गर्नेसम्मको धम्की दिएका थिए ।
 
ठगको अनेक दाउः बैंक खाता रोक्का भएपछि अर्कैको नाममा खाता खोलेर काशीरामले पैसा निकाल्न प्रयोग गरेको एटीएम देखाउँदै एसपी श्रेष्ठ

No comments:

Post a Comment

सभ्य भाषा मा कमेन्ट्सहरु लेख्नु होला। कमेन्ट्स पोस्ट गर्न comment as भएको मा select profile गरेर Anonymous लाई क्लिक गर्नु होला,त्यसपछी publish मा क्लिक गर्नु होला