जन्मिँदै दात आउनु र अर्कोतर्फ जन्मिएपछि छोरी रुनुको साटो हाँसेपछि उनका बुवा आमा आश्चर्यमा परेका छन् । छोरीका अनौठा दाँतको चेकजाँचका लागि आमा करीनले एक जना दन्तचिकित्सिक बुक गरिसकेकी छिन् । अनौठी छोरी जन्माएकोमा ३१ वर्षकी करीन आफुलाई निकै रमाइलो लागेको बताउँछिन् । हुनत त्यस परिवारमा जन्मिदै दाँत आउने वंशाणुगत गुण नै रहेछ ।
नवजात बच्चीकी हजुरआमाको पनि जन्मिदै दाँत आएको थियो रे । यसअघि सासुको जन्मिँदै दाँत आएको बारेमा सुनेर हास्ने करीन आफैले त्यस्तै छोरी जन्माएपछि अवाक् बनिन् । छोरीको अनौठोपनाका कारण आश्चर्य वा खुसी एकातिर होला तर छोरी हेर्न आउने पाहुनाको सत्कार गर्दागर्दै भने दिक्क बनेका छन् एन्डी र करीन ।
No comments:
Post a Comment
सभ्य भाषा मा कमेन्ट्सहरु लेख्नु होला। कमेन्ट्स पोस्ट गर्न comment as भएको मा select profile गरेर Anonymous लाई क्लिक गर्नु होला,त्यसपछी publish मा क्लिक गर्नु होला