काठमाडौं, भदौ ३ (नागरिक)- महिलवादी बंगलादेशी लेखिका तसलिमा नसरिनले दिल्ली-काठमाडौंको फ्लाइट छुटाएपछि उनी भोलि आइतबार मात्र काठमाडौं आइपुग्ने भएकी छिन्। उनले ट्विटरमा लेखेकी छिन्- 'मेरा नेपाली साथी, मैले आज काठमाडौं फ्लाइट छुटाएँ। नेपाल अलग्गै देश हो भन्ने नठानेकोले मैले मेरो पासपोर्ट बोक्न बिर्सेंछु।'
फेस्टिभबल कार्यकारी निर्देशक निरज भारीका अनुसार उनको नयाँ पुस्तक पनि भोलि नै विमोचन हुनेछ।
चर्चित लेखिका स्विडेनबाट काठमाडौं आउन लागेकी हुन्। नारीवादी लेखक तसलिमा आफ्ना कृतिका कारण स्वदेशमा विवादित छिन् भने उनका पुस्तक प्रतिबन्धित छन्। इस्लाम अतिवादीको तारो बनेकी उनी विभिन्न मुलुकमा निर्वासित जीवन बिताउँदै आएकी छिन्।
No comments:
Post a Comment
सभ्य भाषा मा कमेन्ट्सहरु लेख्नु होला। कमेन्ट्स पोस्ट गर्न comment as भएको मा select profile गरेर Anonymous लाई क्लिक गर्नु होला,त्यसपछी publish मा क्लिक गर्नु होला