तावहाँङ्ग बँशावली छिट्टै नै प्रकाशन हुने तयारी मा छ । ---- पोल् स्टार !

Friday, September 28, 2012

सिता एयर भक्तपुर मा दुर्घटनाग्रस्त

 पोल् स्टार सेप्टेम्बर २८ -   आज बिहान काठमाडौं बाट लुक्ला को लागि उडान भरेको सिता एयर को 9N AHA डोर्नियर विमान त्रिभुवन विमानस्थलबाट उडेको २ मिनेट भित्रै दुर्घट्ना भएको छ । उक्त विमान लोकन्थली मनोहरा खोला छेउमा दुर्घट्ना भएको छ । विमानमा  १९ जना सबैको निधन भएको छ । प्रत्यक्षदर्शी हरुका बिमान उडिरहेकै अवस्थामा आगो लागेको थियो।  विमानमा १५ जना विदेशी नागरिक, ३ जना चालक दल तथा १ जना नेपाली यात्रु थिए । विमानको पछिल्लो भाग बाहेक सम्पूर्ण भाग जलेको छ । विमानका चालक विजय तन्डुलकर थिए । दुर्घट्नाको कारण खुल्न सकेको छैन । विमानमा के कारणले दुर्घट्ना भएको हो बारे अनुसन्धान भइरहेको छ । विमानमा रहेको ब्लयाक बक्स भेटिएको छ । चालक तन्डुलकरले त्रिभुवन विमानस्थल टावरसंग विमान फर्काउन लागेको सूचना दिना साथ दुर्घट्ना भएको बताइएको छ । चालक तन्डुलकारले विमानलाई मनोहरा खोलामा अवतरण गराउने प्रयास गरेको अनुमान गरिएको छ । तर, त्यसमा  पनि उनी सफल हुन सकेका छैन । वस्तीभन्दा बाहिर भने विमानलाई झारेर थप क्षति हुनबाट उनले जोगाएका छन् ।
 उक्त बिमान को  पाइलट टाकेसी थापा र एयर होस्टेस रुजा शाक्य थिए । विमानमा रहेका विदेशीहरु ब्रिटिश, जापनिज र इटालयिन नागरिक थिए । मृत्यु हुनेमा जापानी ५ जना, इटालियन २ जना, बेलायती ८ जना, १ जना नेपाली यात्रु र ३ जना नेपाली चालक दल रहेको सीता एयरले जनाएको छ ।

Thursday, August 30, 2012

घुमघाम गर्न भाडामा प्रेमी

Tawahang , AUGUST 30-- गायिका चेरिल कोल विभिन्न हर्कत गरेर बारम्बार चर्चामा आउँछिन् । केही समयअगाडि खेलाडी एस्ले कोलसँग विवाहित चेरिलले आफूलाई एस्लेले समय दिन नसकेको गुनासो गर्दै आएकी थिइन् । 'उनको फुटबल म्याचले गर्दा मैले रमाइलो समय पनि बिताउन पाइनँ,' उनले भनेकी थिइन्, 'मलाई आफ्नो श्रीमान्सँग घुम्न जान त कति हो कति मन छ ।'यसपालिको यात्रामा पनि एस्लेले समय दिन नसकेपछि उनले नयाँ निर्णय गरेकी छिन् । उनले भाडामा प्रेमी लिएर घुमघाम गर्ने आफ्नो योजना सुनाएलगत्तै हलिउडमा हंगामा मच्चिएको छ । आफ्नो बेलायती टुरमा उनले पूर्वप्रेमी ट्रे हलोवेलाई सँगै लैजाने निर्णय गरेकी छिन् । उनी र हलोवेको सम्बन्ध चार महिना पुरानो भइसकेको अड्कल काटिएको छ । बेलायती अनलाइन डिजिटलस्पाई डटको डटयुकेमा जनाइएअनुसार चेरिलले यसपालि हलोवेलाई सो घुमघाममा पैसा पनि तिर्नेछिन् । 'कार्यक्रममा लैजाने भएकाले उनलाई मैले पारिश्रमिक दिनु ठीक हो,' उनले भनेकी छिन्, 'उनलाई घुमघाममा रमाइलो होस् भनेर लगेको त होइन नि ।' उनले जेसुकै भनून्, हलिउडमा भने चेरिल कोलले घुमघाममा मस्ती गर्न भाडामा प्रेमी लिएको हल्ला चलाइएको छ ।

Friday, August 24, 2012

अनौठो संख्या

अगस्त- २४- तावाहांग- सात दिन पूरा भएर एक हप्ता बन्दछ । संसारको रचना सात दिनमा नै भएको थियो । आदिकालमा ग्रहहरूको सङ्ख्या पनि सात नै मानिन्थ्यो । समुद्रहरूको सङ्ख्या पनि सात छ । महाद्वीप पनि सात नै छन् । सात महासागरहरू तथा महाद्वीपहरूसँग मिलेर नै पृथ्वी बनेको छ । इन्द्रधनुषमा पनि सात रङ हुन्छ भने सूर्यको किरण पनि सप्तरङ्गी हुन्छ । सङ्गीतको सुर क्रममा पनि सात सुर हुन्छन् । युनानी पौराणिक कथाअनुसार एपोलोले आरफियसलाई जुन वीणा दिएको थियो त्यसमा पनि सात नै तार थियो । ग्रीक वर्णमालामा सात स्वर छ । स्वर आन्तरिक यथार्थताको धारक हो । यसैले यो मानिन्छ कि यसको अङ्क विज्ञानको दृष्टिबाट महìवपूर्ण प्रभाव छ । अन्य वस्तुहरू पनि प्रायः सातको क्रममा व्यवस्थित गरिएको छ । 'लर्डस् प्रेयर' मा सात प्रार्थनाहरू छन् । पुरानो नियम -बाइबलको भाग)मा आत्माको उपहार सात बताइएको छ- विवेक, प्रज्ञा, उपदेश, शक्ति, ज्ञान, ईश्वरको भय र भोक । मुसलमान तीर्थयात्रीको 'कावा' -मन्दिर)लाई सात पल्ट परिक्रमा गर्ने गर्दछ । 'एथेनियन' हरेक सातौँ वर्ष मिनोटरलाई उपहारको रूपमा सात नवजवान र सात अविवाहित युवतीहरू 'क्रेट' पठाउँदथे ।
संसारका आश्चर्य पनि सात छन् । यसमा सबैभन्दा पुरानो आश्चर्य दोस्रो शताब्दी ईशापूर्वका छन् । ग्रीसका बुद्धिमानीहरूको सङ्ख्या पनि सात छ । सूर्यको रथमा पनि साथ जोडी घोडा हुन्छ । गुणको सङ्ख्या पनि सात नै बताइएको छ । यसमा- विश्वास, आशा, दान, धैर्य, विग्रह, न्याय र विनय समावेश छ । पाप पनि सात बताइएको छ । जसमा- अभिमान, लालच, क्रोध, वासना, ईष्र्या, अति भोजन तथा आलस्य समावेश छ ।ईश्वरको आदेशअनुसार इजरायलीहरूले जब सातको सङ्ख्याको मन्त्रद्वारा होम गरे, त्यसबेला जेरिका नगरमाथि अधिकार जमाउन सफल भए । सातको सङ्ख्या रहस्यमय शक्तिको प्रतीक हो । एक रोमको देवीलेे सातवटा प्रतिमाहरूको मुकुट धारणा मान्यता थियो । पृथ्वीमा जीवन, मृत्यु, विकास र विनाशको चक्र, चन्द्रमाको आकार ठूलो-सानोसँग सम्बन्धित छ । चन्द्र-चक्रको चाररूपहरूमा प्रत्येक रूप सात दिनको हुन्छ । चार हप्ताको महिनाको विधानको पछाडि यही तथ्य देखिन्छ । सातको गन्ती प्रतिबिम्बको गन्ती हो किनभने यो चन्द्रमासँग जोडिएको छ र चन्दि्रका सूर्यको प्रकाशबाट प्रतिबिम्बित छ ।नेपालको नेवारी संस्कृतिमा जङ्कु गर्ने परम्परा रहिआएको छ, उमेर पुगेका वृद्धवृद्धालाई गरिने एक प्रकारको बूढोपास्नी भनिने यस जङ्कु गर्न ७७ वर्ष ७ महिना ७ दिन पुगेको हुनुपर्छ भने ज्योतिषले साइतको समय पनि सात अङ्क अर्थात् जन्मसमयअनुसार ७ घण्टा ७ मिनेटको समयलाई पूर्ण साइत जुराइने गरिन्छ ।

Wednesday, August 1, 2012

अर्बौं ठग्ने युनिटीका अध्यक्ष काशीराम गुरुङ पक्राउ

१७ साउन, काठमाडौं । नेटवर्किङ व्यवसायका नाममा सार्वसाधारणबाट करिव ४ अर्ब ठगी गरेको फरार युनिटी लाइफ इन्टरनेशनलका अध्यक्ष काशीराम गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरबाट गएको विशेष टोलीले गुरुङलाई बुधबार विहान करिव साढे ६ बजेतिर इलामको पशुपतिनगर क्षेत्रबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर ललितपुरले बुधबार नै उनलार्इ ललितपुर ल्याएर पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
युनिटीलाई वैधानिकता प्रदान गर्नेबारे छलफल गर्न बाग्लुङ आउने क्रममा गुरुङलाई पक्राउ गरिएको प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।

उनी लामो समयदेखि भारतको दर्जलिङ्गमा बस्दै आएका थिए । उनले विनितकुमार लामाको नाममा चालक अनुमति पत्र लिएको तथा कुमारी बैंक र एसबीआई बैंकको एटीएम कार्ड प्रयोग गर्ने गरेको पाइएको छ ।
गुरुङलाई  बिहीबार जिल्ला अदालत ललितपुरमा पेश गरिनेछ । उनीविरुद्ध गठी र बैंकिङ कसुरुको मुद्धा चलाईनेछ ।
ध्वाँस दिँदै भने ‘अब नयाँ हैसियतमा भेट्छु’
 गुरुङले भने आफूहरु सर्बसाधारणको पैसा फिर्ता गर्न तयार रहेको बताएका छन् । युनिटीलाई बैधानिकता दिए सबै कानुनी प्रक्रिया गर्ने र त्यसमा पैसा राख्नेहरुलाई शेयर दिन समेत तयार रहेको उनले बताए ।
कारगार प्रवेश गर्ने क्रममा पत्रकारहरुलाई आफ्ना ५ बुँदे माग सरकारसमक्ष पुर्‍याइदिन आग्रह गरे । उच्च ओहदामा रहेको व्यक्ति तथा राजनीतिक दलका शीर्ष नेताहरुको नाम भजाएर सर्वसाधारणलाई ठगेका उनले कारगार जाँदा जाँदै पनि आफू राजनीतिक संरक्षणमा छुट्न सक्ने संकेत दिँदै अब अर्कै हैसियतमा भेट्ने बताए । ‘पहिले अर्कै हैसियतमा थिएँ, अहिले अर्को हैसियतमा आइपुगेको छु’ उनले भने-’अब नयाँ हैसियतमा भेट्छु ।’
सरकारले युनिटी बन्द गराएपछि प्रहरीले गुरुङसँगै प्रवन्ध निर्देशक विष्णुबहादुर क्षेत्री र अर्थ निर्देशक कृष्णबहादर क्षेत्री र महेन्द्र केसीलाई विना इजाजत बैंक तथा वित्तीय संस्था संचालन गरेको बैंकिङ्ग कसुर र ठगी मुद्धामा मोष्ट बाण्टेडको सूचीमा राखेर २ वर्षदेखि खोजी गरिरहेको थियो । अन्य तीन जना भने अझै फरार छन् । गुरुङसहितका ४२ जनालाई भने विभिन्न समयमा पक्राउ गरी मुद्धा चलाइएको छ ।
 
धन्दा ठगीकैः विनितकुमारको नाममा काशीरामले लिएको चालक अनुमति पत्र देखाउँदै एसपी श्रेष्ठ
युनिटीले नेटबर्किङ व्यवसायका नाममा ४ लाखभन्दा बढी सर्वसाधारणको पैसा जम्मा गरेका थियो । युनिटीले एक व्यक्तिबाट ८ देखि १५ हजारका दरले पैसा उठाएको थियो । सर्बसाधारणबाट ६ अर्ब भन्दा बढी ठगेको बताइएको छ ।
पत्रकार सम्मेलनमा भने युनिटीले सर्वसाधारणबाट ३ अर्ब ८९ करोड ९८ लाख ७० हजार १ सय ३ रुपैयाँ ७२ पैसा ठगेको बताएको छ ।
युनिटीका सञ्चालकहरुले गत असारमा गुरुङकै अध्यक्षतामा जय युनिटी को अपरेटिभ पार्टी गठन गरेको घोषणा गरेका थिए । उक्त पार्टीका नेताहरुले विभिन्न सञ्चार माध्यमलाई अन्तरवार्ता दिँदै सशस्त्र युद्ध सुरु गर्नेसम्मको धम्की दिएका थिए ।
 
ठगको अनेक दाउः बैंक खाता रोक्का भएपछि अर्कैको नाममा खाता खोलेर काशीरामले पैसा निकाल्न प्रयोग गरेको एटीएम देखाउँदै एसपी श्रेष्ठ

Tuesday, July 3, 2012

मलेसियाको जेल्मा १०२ नेपाली ले बन्दी जीवन् बिताउँदै

जुलाई-०३, २०१२
पोलस्टार--
प्रत्र पत्रिका को श्रोत अनुसार् मलेसिया म अहिले १०२ नेपाली ले बिभिन्न कारण वस जेल जीवन् बिताइ रहेका छन् ।
धन कमाइ सुनौलो भविष्यको सपना बोकेर मलेसिया आएका उनीहरू कम्पनीमा काम गर्दा हुने सामान्य विवाददेखि व्यक्ति हत्याजस्तो गम्भीर अभियोगसमेतमा जेलको चिसोछिडीमा समय बिताउन बाध्य छन् । मलेसियाका विभिन्न जेलमा गरी १०२ जना नेपाली दर्जनौं अभियोगमा जेल-सजायभोगिरहेका यहाँस्थित नेपालीदुतावासले जनाएको छ । गत ११ वर्षदेखि विभिन्न अभियोगमा नेपालीहरू जेल सजाय भोगिरहेका छन् । सन् २००३ देखि गतजुन ५ सम्म उक्त संख्यामा नेपाली मलेसियाका विभिन्न १९ जेलमा सजाय भोगिरहेका दुतावासको एक तथ्यांकमा उल्लेख छ ।
दुतावास स्रोतका अनुसार यसरी सजाय भोग्नेमा लागूपदार्थ कारोबार एवं प्रयोग गरेको अभियोगमा ११ जना, हत्या अभियोगमा २ जना, अपहरणको अभियोगमा २ जना, झै-झगडा र आपराधिक कृयालकलापमा संलग्न भएको लगायत अन्य अभियोगमा ३४ जना रहेका छन् । त्यसैगरी कम्पनीमा काम गर्दा निर्देशन नमानेको जस्ता सामान्य अभियोगदेखि चोरी डकैतीको अभियोगमा पनि नेपाली जेलमा छन् ।
               दुतावासका अनुसार कम्पनीमा काम गर्दा निर्देशन नमानेकै अभियोगमा एक नेपालीमुद्दा खेपिरहेका छन् भने चोरी डकैती गरेकोमा १५ नेपाली सजाय भोगिरहेका छन् । त्यसैगरी मान प्रतिष्ठामा आँच आउने काम गरेको अभियोगमा ४ जना र धारिलो हातहतियार प्रयोग सम्बन्धी अभियोगमा १२ जना जेलमा छन् । त्यसैगरी अवैध रुपमा मलेसिया प्रवेश गरेको अभियोगमा १६ जना र गैरकानुनी बसोबासको अभियोगमा ५ जनाले मुद्दा खेपिरहेको एवं सजाय भोगिरहेको दुतावासले जनाएको छ ।
अज्ञानतार साथीभाइसँगको कुलत एवं लहलहीमा लागेर कतिपय नेपाली यहाँ अनाहकमा फास्ने गरेको पाइन्छ । दुतावासले साथीभाइको कुलतमा नलाग्न र सजकता अपनाएर काम गर्न नेपालीलाई आग्रहसमेत गरेको छ । जेलमा पर्ने नेपालीमध्ये कतिपयले आफूमाथि झुटो आरोप लगाइएको भन्दै मुद्दा लडिरहेका छन् । स्रोतका अनुसार मुद्दा लड्दा मलेसियाद्वारा नै वकिलको प्रबन्ध मिलाइएको हुन्छ । जेलमा रहेकामध्ये बहुसंख्यक नेपाली सजाय कटाउनका लागिबसिरहेका छन् भने अन्य मुद्दाको फैसला पर्खेर बसिरहेका छन् । भाषासम्बन्धीज्ञानको अभाव, साथीभाइसितको कुलत र छिटै धनीबन्ने महत्वाकांक्षाका कारण पनि कतिपय नेपाली फास्ने गरेको दुतावासका एक सदस्यले बताए । ती सदस्यका अनुसार सजाय कटाइ सकेपछि उनीहरू घर फर्कन पाउने छन् । सजाय भोगिसकेकालाई 'डिटेन्सन सेन्टर' मा राख्ने गरिन्छ । उक्त सेन्टरमा सारेपछि उनीहरूले घरफिर्ती टिकट आफैंले व्यवस्था गर्नुपर्ने हुन्छ । जेल सजायकटाई घर फर्कने नेपालीका लागि दुतावासले यात्रा अनुमतिपत्र निःशुल्क उपलब्ध गराउँदै आएको छ । यसरी जेल सजाय कटाइसकेपछि पनि घरफिर्ती टिकटको व्यवस्था हुन नसक्दा अन्य कयौं डिटेन्सन सेन्टरमा छन् । उनीहरूको घर फर्कने टुंगो छैन । स्रोतकाअनुसार घर फिर्ती टिकट अभावमै अझै कयौं नेपाली डिटेन्सन सेन्टरमै बस्न बाध्य छन् । घर फर्कने आशैआशामा उनीहरुमध्ये कतिपयको सेन्टरमै महिनौं बित्ने गरेको छ ।


Wednesday, June 6, 2012

बच्चाले पनि फेसबुकमा एकाउन्ट खोल्न सक्ने

            अब छिट्टै १३ वर्षभन्दा कम उमेरका बालबालिकाले पनि सामाजिक सञ्जाल फेसबुकमा आफ्नो एकाउन्ट खेल्न पाउने भएका छन् । यद्यपी यसका लागि एकाउन्ट उनका आमाबुबाको निगरानीमा रहने शर्त रहेको छ ।
बाल स्टीट जनरलका अनुसार फेसबुक १३ वर्षभन्दा कम उमेरका आफ्ना प्रयोगकर्ताको एकाउन्ट उनको आमाबुबाको उकाउन्टमा जोड्ने लिंक निमार्णको तयारीमा जुटेको छ । उक्त लिंकबाट आमाबुबाले आफ्नो छोरा छोरी कस्ता मानिसहरुसँग सम्वध राखिरहेको छ भन्ने जान्न सक्ने समाचारमा उल्लेख छ । हाल फेसबुकमा १३ वर्षभन्दा कम उमेरकालाई एकाउन्ट खोल्ने अनुमति छैन । विश्वमा हाल ९० करोड फेसबुक प्रयोगकर्ता छन् ।
अश्लिल सामाग्रीहरु हेर्न नपाउन भनेर फेसबुकले हाल १३ वर्षभन्दा कम उमेरकालाई एकाउन्ट खोल्न दिएको छैन । तर, उमेर ढाँटेर अहिले पनि १३ वर्षभन्दा कम उमेरकाले फेसबुक चलाउने गरेको विभिन्न अध्ययनले देखाएको छ ।
सन् २०११ मा भएको एक सर्वेक्षणका अनुसार २ करोड नाबालिग फेसबुकका उपभोक्ता छन्, जसमा ७५ लाख १३ वर्ष भन्दा उमेरका छन् भने ५० हजारभन्दा बढी १० वर्षभन्दा कम उमेरका छन् । copied from onlinekhabar.

Sunday, January 15, 2012

मेरो गफगाफ

THE MISSION KING- मैले एक जना भुटानिज साथी लाई सोधेको थिएँ, तपाईं नेपाली हो की भुटानिज ? उनले भने म भुटानिज हुँ, र भुटानिज भएको मा गर्ब गर्छु। उनको नाम अनु हो।यहि प्रश्न मैले एक जना अमेरिका बस्ने गैर नेपाली लाई सोधेको थिएँ उनले चाहिं भने "म अमेरिका मा जन्मिएको त हो तर मलाई नेपाली भन्दा गर्ब लाग्छ र म नेपाली नै हो। " यस दुई उत्तर हरू मा भएको भिन्नता मैले बुझ्ने प्रयाश गरेँ। आखिर के छ भुटान मा र के छैन अमेरिका मा? मैले भुटान बाट यत्रो नेपाली हरू लखेटिन्दा पनि तपाईं हरू त फर्किनु भएन नी भन्ने कौतुहलता जनाउन्दा उनले सहज भने,हामी यहां का नागरिक हौं यहिं नै रमाइलो लाग्छ र भुटान को राष्ट्रिय पोशाक लगाउन हिच्किचाउंदैनौ भन्ने घुमाउरो उत्तर दिए। जो फर्किए उनिहरुलाई आफ्नो पहिचान प्रति मायाँ थियो,आफु नेपाली हुँ भन्न पछि नपर्ने र नेपाली भेष्भुषा प्रति सद्भाव थिए उनिहरु फर्किए कति शहिद भए। जो अमेरिका को साथि छन् उनलाई राम्रो गरि थाहा छ आफ्नो पुर्ख्यौली घर पाँचथर मा रे। तर जो भुटान का साथि हुन उनलाई पुर्ख्यौली भन्ने शब्द नै नबुझेर मलाई बुझाउन हम्मे-हम्मे पर्‍यो। र उनलाई आफ्नो पुर्ख्यौली घर पनि थाहा रहेनछ मैले उत्तर पाइन। जात मा लिम्बू हुन्। तर बोल्न र बुझ्न नसक्ने लिम्बु। अमेरिका का साथि पनि लिम्बु नै हुन र आफ्नो लिम्बू भाषा चाहिं उनलाई पनि नआउन्दो रहेछ्।भुटान का साथी अनुले नेपाली भाषा आउँछ त भने तर अहिले सम्म बोलेका छैनन्। तर सुमन जो अमेरिका मा छन् उनी प्राय बढी जसो नेपाली मा नै बोल्छन र मैले उनलाई प्रस्ट सँग भनेको थिएँ तपाईं हरू जस्तो अंग्रेजी मा म पारंगत छुइन। तपाईंले भनेको सबै कुरा म नबुझुंला, मेरो कुरा लाई अलग रुप मा बुझी दिनु हुन्छ होला उनी खिस्स हाँसेर मलाई भन्दै थिए। तपाईंको कुरा हरू म सबै बुझ्छु। त्यै पनि म नेपाली मै कुरा गर्छु नि। मलाई उक्साउन्दै भन्दै थिए। तपाईं को अँग्रेजी धेरै राम्रो छ। तर मलाई थाहा छ नी मेरो भाषा प्रति को कमजोर अनुभव्।
अर्को चाखलाग्दो कुरा त तपाईं नेपाल् आउनु हुन्न भनेर मैले सोधेको थिएँ अनु ले भनिन ,
  • i been there

  • its dame bore

    तर सुमन ले भने, "मैले अवसर पाएको छुइन। एक्दमै मिस गर्छु नेपाल लाइ।केही समय को लागि नेपाल् मा आएर केही गर्ने मेरो योजना छ, ड्याड सँग पनि कुरा गरेको छु। "

मैले भनेँ तपाईंलाई सदैव स्वागत छ।

Wednesday, January 11, 2012

नेपाली हरू को लागि अमेरिका असुरक्षित

मिसन किङ्ग-पुस २७-- एट्लान्टाको डेकाटुर ग्यास स्टेशन मा काम गर्दै आएका एक नेपाल् दामोदर पाठक को गोली हानी हत्या भएको छ्। पेट र छाती मा गोली लागेका पाठक लाई तत्काल ग्रेडी मेमोरिअल अस्पताल मा लगिएको थियो तर उपचार गर्दा गर्दै उन्को मृत्‍यु भएको थियो। रातको समय मा उनलाई गोली प्रहार हुँदा स्टेशनको सीसी टिभीमा रेकर्ड भए अनुसार पाठकमाथि गोली चलाउने व्यक्ति कालो रंगको भएको खुलेको छ। ग्राहकको भेसमा आएको व्यक्तिले केहीबेर भनाभन गरेपछि गोली प्रहार गरेको देखिएको छ। हत्या हुनु केही क्षण अघि मात्र पाठक दुई तीन पटक स्टोरबाट बाहिर भित्र गरेको देखिएको छ। पाठक काउन्टर भित्रै रहेको भए बुलेटप्रुफ सिसाको कारण गोलीबाट बाँच्न सक्ने स्थिति रहन्थ्यो।हत्या गरिएका पाठकको परिवार ललितपुरमा बसोबास गर्छ। १३ वर्षीय छोरी र ११ वर्षीय छोराका पिता दामोदर सन् २००७ मा अमेरिका पुगेका थिए। दुई वर्षदेखि उनी कृष्ण देवकोटा मालिक रहेको डेकाटुरस्थित सोही ग्यास स्टेशनमा काम गर्दै आएका थिए।नेप्लिज एसोसिएसन अफ जर्जियाका वरिष्ठ उपाध्यक्ष समेत रहेका स्टेशनल मालिक देवकोटाले पाठकको शव नेपाल पठाउने बारे परिवारसँग सम्पर्क गरिरहेको जानकारी दिए। पाठकको शव हाल ग्रेडी मेमोरियल अस्पतालमा राखिएको छ।

Thursday, October 13, 2011

प्रभु साह हत्यारा नै हुन त !

मिसन किङ्ग आश्विन २६ बिहीवार --- मैले जीवन को प्रतिबिम्ब लाई नजिक बाट नियाल्न खोज्दै पछ्याएको थिएँ ,अजिब छ यो दौडाइ को रफ्तार पनि। बाल शुलभ मेरो नियालाई र बुझाई थियो,जती बेला मैले केही अन्याय र अत्याचारी कुशासक हरुको ईतिहास पढेको थिएँ। अझ फरक त के छ र!तिब्र गती लिन नसक्ने मेरो लोसे पारो को त्यो सोच अझै कायम छ,उमेर ले चार दशक पार गर्न लागि सक्दा पनि। म मान्छे को सोच र बिचार लाई छुट्याउन सक्दिन हत्पत, अन्त्य मा मलाई हाँसो को पात्र बनाइएको हुन्छ। त्यस पछि मात्र मज्जाले बुझ्छु। नबुझेका प्रशङ्ग र बिषय हरु लाई लेख्दै अन्त्यमा अनुत्तरित तरिकाले प्रश्न चिन्ह राखेर छोडी दिन्छु। कसैले जवाफ दिन्छ की भन्ने आसा हुन्छ मलाई। आज पनि नबुझेको प्रश्न छोड्ने बिचार गरेको छु।
प्रशङ्ग त त्यै हो अहिले को देश् मा तात्तिएर आएको खबर काशिराम तिवारी को हत्या र हत्यारा प्रभु साह्। काङ्ग्रेस र एमाले ले आज सदन नै चल्न नदिने भनेका छन्। हुन पनि हत्यारा लाई राखेर पनि कहिं सदन चल्छ? त्यो प्रभु साह को ठाउँ मा आज म भएको भए मेरो पाता कसेर चुटेर भए पनि होईन लाई पनि हो भन्न वाध्य बनाइ सक्थे पुलिश हरुले। केही बर्ष पहिला मलाई एक जना दलाल ले कोरिया लान्छु भनेर पैसा खाइ दियो। पछि त्यो पैसा उठाउन जाँदा बिना गल्ति त्यो दलाल ले पुलिस बोलाएर यो मान्छे यहां आएर हामीलाई मानसिक तनाब दिन्छ। झगडा गर्छ भनेर मन गढन्ते आरोप को भर मा दिन भरी महाराजगन्जको पुलिस ठाना मा म थुनिनु पर्यो। सायद् त्यसै बेला म प्रभु शाह भएको भए त मेरो पैसा पनि तुरुन्त उठ्थ्यो र म ठाना मा थुनिनु पनि पर्दैन थियो। अझ म नै कुटेर आउने थिएँ त्यो दलाल लाइ। तर कुरा अर्कै पर्‍यो। म साधारण झुत्रे झाम्रे लुगा लगाउने नागरिक अनी त्यो टाइ र सुट मा सजिने दलाल। फरक यसरी हुन्छ हाम्रो देश् मा। आज यसै गरि, प्रभु शाह लाई हत्या जस्तो गम्भीर र डर लाग्दो केस लागेको छ्, भुमी सुधार मन्त्री प्रभु साह लाइ। तर पनि उनलाई गिरफ्तारी को कुनै पुर्जि काट्न असमर्थ देखिन्छन प्रहरी प्रशासन। आखिर किन? जनता गम्भीर हुनु पर्यो। जस्ले प्रभु साह लाई त्यो स्थान मा पुर्याउन सहयोग गर्‍यो उस्ले पनि आवाज उठाउनु पर्यो। भोलि यस्तै दिन आफ्नै टोल,छिमेक,परिवार मा देखिन के बेर? भुमिसुधार मन्त्रालय का निर्देशक झा ले ८ लाख रुपैँया दिएर काशिराम की श्रीमती लाई यो हत्या को आरोप प्रभु साह लाई नलगाइ दिनु भन्नु को कारण के? जता ततै प्रश्नै प्रश्न छ। भनिन्छ बाबुराम सफल हुँदै छन्। तर, हत्यारा प्रभु साह लाई गिरफ्तार गरेर देखाउ अनी तिम्रो छबी उज्यालिन्दै जानेछ। न्याय र अन्याय त अदालद ले छुट्याउनेछ। गल्ति छैन् भने डराउने किन?फेरी भोलि जनता ले भन्ने छन्। जुनै जोगी आए पनि कानै चिरेको। हामी आसा गर्छौं। पक्कै पनि डा भट्टराई कुरा बुझ्नुहुन्छ। नत्र जवाफ देउ , प्रभु साह लाई अनुसन्धान को लागि सम्म पनि गिरफ्तार नगरिनु को कारण के?

Saturday, October 8, 2011

मेरो हेराइमा नेताहरु

आश्विन-२१ शनिवार-- जो सक्षम हुन्छ उसलाई खुलेर प्रशंसा गर्नु पर्छ। तर मुर्ख जनता हरु असक्षम नेताको लागि केही बोल्न सक्दैनन्। पहिलो कुरा त नेता नै चिन्दैनन्। अहिले कुन चाँही नेता ले देश् को लागि राम्रो गरेको छ? र सर्ब साधारण जनताको लागि केही गर्या छ? जुन नेता लाई हिजो जनता ले नै त्यो स्थान मा पुर्याएका हुन्। अबिस्मरणिय कुरा,कोही पनि नेता को सोच म सकारात्मक छैन्। तर कोहि ले भनि हाल्छन कोहि मन भित्र नै गुम्स्याइ राख्न सक्छन उनिहरुको पाप सोच्। मैले यो भन्न खोज्नु को अर्थ,०६० साल तिर को कुरा जति बेला राजतन्त्र बिरुद्ध मा नेता हरु ले जनता लाई झुक्याइ रहेका थिए, झुठो भाषण गरेर। जति बेला नेकपा एमाले का बरिस्ठ नेता माधव कुमार नेपाल ले आमसभा मा राजा प्रति आलोचनात्मक टिप्पणी गरेका रहेछन्। त्यही कुरा को प्रसँग निकालेर उनलाई तत्कालिन सैनिक सचिब रथी बिबेक कुमार शाह ले "तपाईं सरकार को पक्ष मा कुरा गर्नु हुन्छ अनी आमसभा मा सरकार को बिरुद्ध मा कडा आलोचनात्मक कुरा गर्नु हुन्छ यसलाई कसरी हेर्ने? " भनेर सोधेका थिए। त्यस बेला माधव कुमार नेपाल ले भनेका रहेछन्। "आमसभा मा बोलिने कुरा र आपसी छलफल गरेर सहमती मा पुग्ने बिषय फरक हुन्छन्। पार्टी नेता को हैशियत ले कहिले काहिं कार्यकर्ता तथा जनताको चाहना अनुसार पनि बोल्नु पर्ने हुन्छ। एमालेको राजसँस्था प्रतिको नकारात्मक सोच भनेर बुझी दिनु भएन नी बिबेक ! " भनेर भनेका रहेछन्। देख्नु भयो त! नेता को कुरा? जनता लाई त जे भने पनि हुन्छ। जसरी पनि झुक्याउन सकिन्छ। एक पटक त "हामी संबिधान बनाउने पक्ष मा पहिले देखि नै थिएनौं " भनेर भनेका छन्। पछि फेरि " कुरा चिप्लिएको " भनेर कुरा सुधार्न खोजेका थिए। त्यै पनि जनता ले पत्याए। कोहि जनता बोल्न सकेनन्। मिडिया ले केही दिन चर्चा मा ल्याउन खोज्यो त्यो कुरा त्यतिकै सेलायो। मैले यो सब प्रशङ्ग ल्याउनु को मुख्य कारण देश् मा जति पनि नेता मन्त्री छन्। ती सबै भ्रस्ट,स्वार्थी र चोर नेता हरु हुन्। यस पछी तपाईं हरु आफैं ले बुझ्नु होश्।

Thursday, September 29, 2011

फेसबुक भित्र का फेसहरु

यो कम्पनी मा त फेसबूक नै चल्दैन रे! आइ टी ले बन्द गरि दियो रे। भन्ने सुन्दा अनी अब देखि नेपाल मा पनि फेसबूक बन्द हुने रे खबर सुन्दा मलाइ किन होला यति सार्हो त नहुनु पर्ने हो जस्तो लाग्थ्यो। आज मैले फेसबूक को पर्दा उघारी हेर्दा छोपिएका अर्धनघ्न तश्बिर हरु प्रशस्तै पाएँ। युवा युवती हरु को गफ पनि उदेक नै लाग्यो। प्राय्: केटा को धेरै केटी साथि र केटी को धेरै केटा साथि हुन्छ यो फेसबूक नै यस्तो। मेरो पनि झन्डै यस्तै नै छ। तर म अझ फेसबूक मा अरु जस्तो डुब्न सकेको रहेनछु। बाफरे म त अचम्मै परेँ। कसै कसैले त अश्लिल भिडिओ र नाङ्गा तश्बिर हरु मात्र पनि राख्दा रहेछन्। मेरो छुट्टी को दिन्। मैले नियाली रहेको थिएँ। मान्छे हरु यो फेसबूक मा त २४ सै घन्टा झुन्डी रहेको हुन्छन्। होईन यिनीहरु लाई कस्ले भात दिन्छ? काम पनि गर्दैनन की क्या हो? यिनीहरु का बाउ आमा कस्ता छन्? जति सक्दो डिजिटल गरिएका सुन्दर तश्बिर हरु फेसबूक मा भेटिन्छन्। अनी आफैँ लाई अझै राम्रो लाग्यो भने आफूलाई मन पर्ने ब्यक्ति लाई त्यो फोटो ट्याग गरेर पठाइ दिन्छन्। त्यस पछि शुरु हुन्छ त्यहाँ गफ । शुरु सबै भन्दा पहिला लाइक मा क्लिक हुन्छ्। अनी " वाव कस्तो राम्रो फोटो। " अनी थ्यान्क यू भन्ने ।तर अचम्म लाग्दो। कुनै पनि लिन्क राख्दा बिचार नै नगरी पनि लाइक मा क्लिक गर्छन्। त्यसको मतलब चाँही समर्थन दिनु त हो। तर वास्तविकता थाहा नपाई दीइएको समर्थन हो। यसरी त्यहा कुरा शुरु हुन्छ । एक पछि अर्को थपिँदै जान्छन्। यदि त्यो फोटो केटी को हो भने अली धेरै नै कमेन्ट्स गफ हुन्छ्। कमेन्ट्स थोरै हुन्छ, गफ अली धेरै। त्यहा भएका सब वार्तालाप कमेन्ट्स होइन। मेरा मन मा धेरै कुरा हरु खेल्न थाल्यो। फेसबूक ले पुराना आफ्ना साथि हरु पनि भेट गराई दिन्छ,तर यस भित्र का बिक्रिती हरु पनि धेरै छन्। वास्तव मा मानिस लाई बिलाशिता चाहिन्छ तर अत्यधिक बिलाशिता ले जिन्दगी को दिशा लाई बद्ली दिन्छ। फेसबूक भित्र नचिनिएका ब्यक्ति हरु लाई राम्रो सँग चिनेर मात्र कुरा गर्नु उचित हुन्छ्। तपाईं आफ्नो तश्बिर हरु कहिल्यै सार्वजनिक नगर्नुश। आफूले चिने जानेका ब्यक्ति, साथि आफन्त बाहेक अरु सँग सक्भर लुकाएर नै राख्नुहोश्। अन्यथा तपाईंलाई त्यहि तश्बिर ले बेफायदा पुर्याउनेछ। तपाइँको तश्बिर सँग जोडिएका नयाँ-नयाँ आइडी हरु बन्ने छन्। त्यो आइडी बाट जोडिएका नकारात्मक असर हरु ले तपाईंलाई गलत बनाउनेछ। जुन दिन त्यो आइडी तपाईंको परिवार को कोहि सदस्य सँग नजानिंदो रुपमा नक्कली नाता जोडिएर आउन्छ्। यस्ता धेरै घटना हरु भएको छ्न समाज मा। त्यसैले तपाईंहरु जो कोहिले पनि फेसबूक भित्र को अपरिचित अनुहार सँग रमाइलो गर्दा गर्दै तपाईंलाई कतै ब्ल्याक्मेल गरेको छ की आफैँ बुझ्नुस् है।