तावहाँङ्ग बँशावली छिट्टै नै प्रकाशन हुने तयारी मा छ । ---- पोल् स्टार !

Thursday, September 29, 2011

फेसबुक भित्र का फेसहरु

यो कम्पनी मा त फेसबूक नै चल्दैन रे! आइ टी ले बन्द गरि दियो रे। भन्ने सुन्दा अनी अब देखि नेपाल मा पनि फेसबूक बन्द हुने रे खबर सुन्दा मलाइ किन होला यति सार्हो त नहुनु पर्ने हो जस्तो लाग्थ्यो। आज मैले फेसबूक को पर्दा उघारी हेर्दा छोपिएका अर्धनघ्न तश्बिर हरु प्रशस्तै पाएँ। युवा युवती हरु को गफ पनि उदेक नै लाग्यो। प्राय्: केटा को धेरै केटी साथि र केटी को धेरै केटा साथि हुन्छ यो फेसबूक नै यस्तो। मेरो पनि झन्डै यस्तै नै छ। तर म अझ फेसबूक मा अरु जस्तो डुब्न सकेको रहेनछु। बाफरे म त अचम्मै परेँ। कसै कसैले त अश्लिल भिडिओ र नाङ्गा तश्बिर हरु मात्र पनि राख्दा रहेछन्। मेरो छुट्टी को दिन्। मैले नियाली रहेको थिएँ। मान्छे हरु यो फेसबूक मा त २४ सै घन्टा झुन्डी रहेको हुन्छन्। होईन यिनीहरु लाई कस्ले भात दिन्छ? काम पनि गर्दैनन की क्या हो? यिनीहरु का बाउ आमा कस्ता छन्? जति सक्दो डिजिटल गरिएका सुन्दर तश्बिर हरु फेसबूक मा भेटिन्छन्। अनी आफैँ लाई अझै राम्रो लाग्यो भने आफूलाई मन पर्ने ब्यक्ति लाई त्यो फोटो ट्याग गरेर पठाइ दिन्छन्। त्यस पछि शुरु हुन्छ त्यहाँ गफ । शुरु सबै भन्दा पहिला लाइक मा क्लिक हुन्छ्। अनी " वाव कस्तो राम्रो फोटो। " अनी थ्यान्क यू भन्ने ।तर अचम्म लाग्दो। कुनै पनि लिन्क राख्दा बिचार नै नगरी पनि लाइक मा क्लिक गर्छन्। त्यसको मतलब चाँही समर्थन दिनु त हो। तर वास्तविकता थाहा नपाई दीइएको समर्थन हो। यसरी त्यहा कुरा शुरु हुन्छ । एक पछि अर्को थपिँदै जान्छन्। यदि त्यो फोटो केटी को हो भने अली धेरै नै कमेन्ट्स गफ हुन्छ्। कमेन्ट्स थोरै हुन्छ, गफ अली धेरै। त्यहा भएका सब वार्तालाप कमेन्ट्स होइन। मेरा मन मा धेरै कुरा हरु खेल्न थाल्यो। फेसबूक ले पुराना आफ्ना साथि हरु पनि भेट गराई दिन्छ,तर यस भित्र का बिक्रिती हरु पनि धेरै छन्। वास्तव मा मानिस लाई बिलाशिता चाहिन्छ तर अत्यधिक बिलाशिता ले जिन्दगी को दिशा लाई बद्ली दिन्छ। फेसबूक भित्र नचिनिएका ब्यक्ति हरु लाई राम्रो सँग चिनेर मात्र कुरा गर्नु उचित हुन्छ्। तपाईं आफ्नो तश्बिर हरु कहिल्यै सार्वजनिक नगर्नुश। आफूले चिने जानेका ब्यक्ति, साथि आफन्त बाहेक अरु सँग सक्भर लुकाएर नै राख्नुहोश्। अन्यथा तपाईंलाई त्यहि तश्बिर ले बेफायदा पुर्याउनेछ। तपाइँको तश्बिर सँग जोडिएका नयाँ-नयाँ आइडी हरु बन्ने छन्। त्यो आइडी बाट जोडिएका नकारात्मक असर हरु ले तपाईंलाई गलत बनाउनेछ। जुन दिन त्यो आइडी तपाईंको परिवार को कोहि सदस्य सँग नजानिंदो रुपमा नक्कली नाता जोडिएर आउन्छ्। यस्ता धेरै घटना हरु भएको छ्न समाज मा। त्यसैले तपाईंहरु जो कोहिले पनि फेसबूक भित्र को अपरिचित अनुहार सँग रमाइलो गर्दा गर्दै तपाईंलाई कतै ब्ल्याक्मेल गरेको छ की आफैँ बुझ्नुस् है।

Monday, September 26, 2011

घण्टाघरमा गोली हानी एकको हत्या

९ असोज, काठमाडौं । काठमाडौंको घण्टाघरमा अज्ञात समूहले एक जनाको गोली हानी हत्या गरेको छ । इस्लामिक संघका महासचिव फैजल अहमदको हत्या भएको छ। । जामे मस्जितबाट निस्किएका उनलाई २ जनाको समूहले गोली हानेको थियो । अज्ञात समूह चार राउण्ड गोली लचाएर कमलादीतर्फ भागेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

Sunday, September 25, 2011

विमान दुर्घटना हुँदा १९ को मृत्यु

असोज-८ काठमाडौँ. - आज बिहान माउन्टेन फ्लाइट बाट काठमाडौँ फर्कंदै गरेको बुद्ध एयर को नाइन एन-एइके कलसाइनको १९०० डी विमान लामाटार गाविसको बीचमा पर्ने कोटडाँडामा आइतबार विहान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबैको मृत्यु भएको हो । १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनलाई स्थानियवासी र प्रहरीको टोलीले जिबितै उद्धार गरि बी एण्ड बी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो । मृत्यु हुनेहरुमा चालक दलका तीनसहित छ जना नेपाली छन् । चालक दलका सदस्यहरु क्याप्टेन जेबी ताम्राकार, को-पाइलट पद्मा अधिकारी, एयर होस्टेस अस्मिता श्रेष्ठ रहेका छन् । यस्तै यात्रुहरु शारदा कर्माचार्य, जंगजन कर्माचार्य र निराजन कर्माचार्य रहेको बुद्ध एयरले जनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बिहान ६ बजेर ६१ मिनेटमा माउन्टेन फ्लाइटका लागि उडेको उक्त विमान अन्तिमपल्ट साढे सात बजेर ३१ मिनेटमा नियन्त्रण कक्षको सम्पर्कमा आएको थियो । सम्पर्कविहीन भएको करिब २० मिनेपछि विमान दुर्घटनामा भएको अनुमान गरिएको छ । चालक दलका सदस्यले विमानमा खराबी आएको सूचना कन्ट्रोल रुमलाई गराएका थिए । रन वे-२ मा आपतकालीन अवतरणका लागि अनुमति समेत दिइसकिएको अवस्थामा विमान दुर्घटना भएको बताइएको छ । उड्डयन प्राधिकरणका अनुसार अन्तिम सम्पर्क हुँदा विमानस्थल र दुर्घटनाग्रस्त विमानबीचको दुरी मात्रै दुई मिनेटको थियो । अवतरणका लागि रन वे समेत तय भइसकेको विमान घुमेर ललितपुरको उक्त क्षेत्रमा कसरी पुग्यो भन्ने प्रश्न भने अनुत्तरित्त रहेको छ ।

Tuesday, September 20, 2011

दसैंको सही अर्थ

द मिसन किङ्ग आश्विन -३ इतिहासमा ब्याश ऋषि ले लेखेको आठवटै वेदमा हिन्दुहरूको दशैको वारेमा लेखिएको पाइदैन । त्यसकारण दशै हिन्दुहरूको कुनै चाड पर्व वा दैविक शक्ति प्राप्ती को घटना नभइ मिठो खाने र राम्रो लगाउनेका लागि नै काल्पनिक दन्ते कथाको रचना गरेर भ्रम सृजना गरी सवैलाई मुर्ख वनाउदै आएको हो ।आर्यन मुलका ब्राम्हणहरू आफुलाई भगवान भन्दा दोस्रो दर्जाको र सदा सर्वदा विद्वान ठन्दछन् इतिहाशको विभिन्न कालखण्डहरूमा घटेका घटनाहरूलाई मनुको सिद्धान्त र आफु अनुकुल ब्याख्या गर्दै ति घटनाहरूलाई दैवी शक्तिको रुपमा चित्रण गर्दै आइरहेको थियो । यसलाई निरन्तरता दिने क्रममा अत्याधिक रुपमा छलकपट, हत्या हिंसालाई आत्मा साथ गर्दै धनीलाई धनको लोभ, प्रतिष्ठितलाई मानको लोभ, साना र निर्धालाई मृत्युको डर देखाउदै हिन्दु धर्मलाई यो अवस्थामा ल्याइ पु¥याउन सयौ वर्ष सम्म साम, दाम, दण्ड भेदको नितिलाई निर्वाह गर्नु परेको थियो । आफु भन्दा अरुको भलो, ऐस्वर्य र शक्ति देख्न नसक्ने यो जाति दरिद्र मानसिकता भएकाले कोही पनि शक्तिशालि व्यक्ति भएमा तुरुन्त चाकडीको जालो विच्छाउने र जसद्वार पालियो पाषियो उसैमाथि आफ्नो शक्ति परिक्षण गर्ने ब्यावहार यिनीहरूको पौराणिक र रगतकै गुण हो । यो गुणको प्रदर्सन यो जातको कसैले पनि र कहिले पनि हुन सक्दछ ।हिन्दु धर्म संस्कारको सम्पुर्ण वेद, पुराण र शास्त्रहरूमा पनि यी कुरा हरू प्रस्ट लेखिएका छन् । जस्तो कसैले वाह्र वर्ष कठोर तपस्या गरेर देवतालाई खुशी पारेको र देवतावाट पाएको शक्तिलाई उसैमाथि प्रयोग गरेको, कसैकी श्रीमतीलाई छल गरेर सतित्व हरण गरेर पतिको हत्या गरेको, रुप परिवर्तन गरेर आर्काको पत्नीलाई छक्याएर शारिरिक सम्वध राखेको, एक जना महिलालाई पाँच जनाले सामुहिक पत्नी वनाएको, एकै जनाको २५० जना रखौटिहरू भएको, पशुको रुप धारण गरेर पशुलाई पनि सम्भोग गरेको, आफ्नै शक्तिको सृजना अथवा सन्तानलाई नै पत्नी वनाएका जस्ता प्रशंग वस कुरा गर्दा पनि लाज लाग्दो घटनाहरूलाई दैवीक लिलाको रुपमा मानिन्छन् । यसै प्रसंगमा देवी भगवती र दानवको कथा पनि यस्तै घटनाहरूको ब्याख्या हो । इतिहासमा अन आर्य जातिका धेरै शक्तिशालि राजाहरू थिए, जस मध्ये एकजना शक्तिशालि राजा महिस सुर (आर्यन ब्राम्हणहरूले राखेको तुच्छ नाम) थिए । उनि एकदम वलवान र शक्तिशालि थिए तर ति आर्यनहरूको अनुकुल थिएनन् । महिसा सुरलाई अरु शक्तिले परास्त गर्न अवस्था थिएन त्यसैले उसलाई कसरी परास्त गर्ने र शासन हत्याउने भन्ने षडयन्त्र भयो । यसका लागि एक यस्ती युवतीको तयारी गरियो जुन युवती भगवती थिइन् । भगवती भनेको सँस्कृत भषामा “भग” भन्नाले यौन अंग योनि जनाउद छ, “वती” भन्नाले सुन्दर वा सम्पन्न भन्ने जनाउद छ । जस्तै रुप वती सुन्दरताले सम्पन्न भएकी कला वती कलाले सम्पन्न, लज्जावती लजालु स्वभाव भएकी । जुन अर्थ अनुसार ति युवतीमा यौन तृप्तीको अपुर्व क्षमता थियो । राजा सिकार वा जंगल विहारको समयमा ति भगवतीलाई अर्धनग्न भेषमा जंगलमा पठाए र राजालाई आकर्षण गराउने कृयाकलाप गरे, जसका कारण राजा युवती प्रति मोहित भए र उनको माया जालमा फसे ।
कुनै राजा होस वा साधारण पुरुष जंगलको एकान्तमा जस्तो पनि पुरुषलाई यौन तृप्ती दिन सक्ने युवती देखि कसको मन थामिन्छ होला र ? भगवतीले राजालाई आफ्नो क्षमताले यौन तृप्त गराए । जसवाट राजा भगवती प्रति लालायित वन्न पुगे राजा आखिर ति आर्यानहरूको जालमा फसिनै हाले । अव राजालाई कसरी मार्ने भन्ने तयारी भयो र जुन षडयन्त्र भगवतीको चित्रमा हामी अझै पनि देख्न सक्छौ कि अगाडी युवतीकोे अर्धनग्न शरिर र पछाडि हतियार धारि हातहरू, भगवती को धेरै हातहरूको अर्थ पनि यहि नै हो । यसरी वसेका भगवतीले राजा महिसा सुरलाई एकान्तमा वोलाए र राजा पनि कुनै सस्त्र वा अंग रक्षक विना त्यहाँ पुगे, यहि मौका छोपेर भगवतीको शरिर पछाडि लुकेर वसेका ति शत्रुहरूले सस्त्र प्राहार गरि राजाको निर्मम हत्या गरे । यसै कथालाई आधार मनेर आर्यन हिन्दुहरूले विजय उत्सव मनाए र विजय दशमी भनियो ।
विशेष गरि आर्यन हिन्दुहरू आसुर्य र सैतानि शक्तिलाई दैविक शक्तिको रुप मान्दछन् र त्यो शक्ति प्राप्त गर्नका लागि वलि दिनु धर्म हो भन्ने गरिन्छ । आर्यन हिन्दु समाजमा जन्म भएपछि अपनाउनु पर्ने सिद्धान्त काम, क्रोध, लोभ, मोहमा जिवन जिताउनु पर्दा पुण्य र सिद्धि प्राप्त नहुनाले मृत्यु पछि ति आत्माहरूले मोक्षा पाउन सकेको हुदैन र यहि लोकमा प्रेत आत्माका रुपमा भौतारिएर रहेका हुन्छन् । यस्ता अतृप्त पे्रत आत्माहरूलाई मानिस वा पशुहरूको वलि दिएर आलो रगतले सेचन गरेमा ति प्रेत आत्माहरू सन्तुष्ट हुने र आफ्नो अविष्ट पुरा गर्न सकिने मान्यता छ । त्यसकारण लौकिक देवि देवताहरूको नाममा आफ्नो कर्म सिद्घिका लागि पशुहरूको वलि दिने गर्दछन् र तिनै पशुको मासुलाई प्रशाद वा मिठो खानाको रुपमा खाने खुवाउने र रगतमा चामल मुछेर सौभाग्यको प्रतिक भनि रातो टिका लगाउने चलन चलि आएको छ .

Sunday, September 18, 2011

काठमाडौं मा भुकम्प ले भत्काएको घर को झलक







काठमाडौं मा भुकम्प ले भत्काएको घर



नेपालमा ६.८ रेक्टर को भुकम्प

मिसन किङ्ग आश्विन-१ आज साँझ ६ बजेर २५ मिनेट ४८ सेकेण्डमा काठमाडौं मा ठुलो भूकम्पको धक्का महसुस गरिएको छ। भुकम्प का कारण काठमाडौं का धेरै घर हरु भत्कनु का साथै चर्किएका छन्। भुकम्प आइ रहेको बेला संसदिय बैठक चली नै रहेको थियो। भूकम्पको केन्द्रविन्दु ताप्लेजुङ र भारतको सिक्कमको सिमा क्षेत्र रहेको भूगर्भविद पृथ्वी श्रेष्ठले जानकारी दिनुभयो । अमेरिकी भूगर्भ विभागले भारतको सिक्किमलाई केन्द्रविन्दु बनाए ६ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएको जनाएको छ ।सन्खुवासभा मा १६ वटा घर हरु भत्किएको समाचार मा थाहा भएको छ। यस्तै भत्तपुरमा सात बटा घरमा क्षति पुगेको छ । काठमाडौं प्रहरीका अनुसार बेलायती दूताबासको पर्खाल भत्किएर २ जना घाइते भएका छन् । उनीहरुको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । राजधानीका केही स्थानमा टेलिफोन सेवा अवरुद्ध भएको छ । पूर्ण समाचार केही समय मा अपडेट गर्ने छु।

Thursday, September 15, 2011

लिम्बुवान क्षेत्र नेपाल मा कसरी गाभियो?

मिसन किङ्ग्। भाद्र-३० लिम्बुवानको सेनापती कङ्सोरे धेरै बुद्धिवान र पहलमान थिए। गोर्खातर्फ का सेनापती रघुबिर्। रघुबिर राणा कङ्सोरे सँग को लडाइँ मा मारिए। लडाइँ भीषण भएको थियो। तर पनि हारजित हुन सकेन। त्यसपछि दुबै तर्फ का सैनिकहरु बिना हतियार भेला भए। तर तत्काल रघुबिर का गोर्खा का सैनिकहरुले बालुवा मा लुकाइ राखेको तरवार झिकी कन्सोरे को हत्या गरे। पुनः भीषण युद्ध भयो । यसरी, विभिन्न कारणवश वि.सं. १७७४ मा लिम्बुवान नेपालमा गाभियो । त्यसताका हिन्दुकरण नमानी आफ्नै येत्हाङ थितिमा चल्ने आधारमा किपट प्रणाली अन्तर्गत सम्झौता भएको थियो । जसमा लिम्बुवान भूमिमाथि लिम्बु जातिको मात्र अधिकार रहेको थियो । उनीहरुले दक्षिणपूर्वी र पूर्वी भागबाट हुने आक्रमणको प्रतिरोध गर्नुपर्ने शर्तमा लिम्बुवान गाभिएको थियो । न्यूनरुपमा कर शाहवंशी राजालाई बुझाउनु पर्दथ्यो । तत्पश्चात् लिम्बुवानमा पहिलोपटक बाहुन, क्षेत्री, मगर, गुरुङहरु चौबीसे, गोरखा, मकवानपुरबाट बसाईं सरे, र नयाँ सामाजिक संरचना सुरुवात भयो । विभिन्न प्रलोभनहरु देखाई लिम्बुवान समाजलाई टुक्राउने क्रम जारी रह्यो, लिम्बुवानमा सुब्बा नियुक्ति गर्ने प्रचलन ल्याइयो । जसमा ६० मुरी फल्ने जग्गा रैकर गराएपछि सुब्बा नियुक्त गरिन्थ्यो, अझै पनि पाँचथर को थर्पु मा ६० मुरे खेत को नाम् ले चर्चित एउटा खेत छ। र सुब्बाहरुले आफ्नो रैती राखी तिरो कर उठाउने प्रचलन सुरुवात भयो ।
तत्कालिन समय्का लिम्बुहरु सुब्बा हुने सुरमा आफ्नो किपट भूमि रैकर बनाई गुमाए । लिम्बुवानमा पछि पनि सिक्किमबाट आक्रमण भइरह्यो । त्यहीबेला पाचथरका ५२ सुब्बाहरु योङहाङ सुब्बाको नेतृत्वमा काठमाण्डौ आई राजा रणबहादुर शाहसँग युद्ध गर्न हतियार माग गरे । रणबहादुरले ढाल, तरवार, त्रिशुल, नगरा, निशान, बन्दुक, शंख, नरसिंगा मौलो थापी दशैको नवमीको दिन बलि चढाउनु पर्ने शर्तमा दिई पठाए । यो पहिलो पटकको सांस्कृतिक अतिक्रमण थियो । दशैको कर पनि असुल्न थालियो । मौलो काटेको पञ्जाको निशानको लागि लिम्बुवानमा धेरैपटक तिलिंगा आतंक मच्चाइयो । वि.सं. १९१० मा जंगबहादुर राणाद्वारा ल्याइएको मुलुकी ऐनमा अपमान जनकरुपमा नमासिन्या मतवाली लिम्बु जाति भन्दै व्याख्या गरिएको र गाई हत्या मानव हत्यासरह अपराध हुने कानुन ल्याइए पश्चात् नेपाली समाजमा असमानपूर्ण व्यवहार जातको आधारमा गरीन थालियो । छथर थुमका आठ पहरिया राईहरुले दशै नमान्ने भनी प्रतिरोध गरे, र विद्रोह गरेपछि रामलीहाङ र दीक्षमा मारिए ।
(Note:-अर्को लेख दशै को बारेमा लेख्नेछु। हेर्न नभुल्नुश है। )

लिम्बुवान क्षेत्र र परिचय

मिसन किङ्ग भाद्र-३० बिशेष त हामीले ९ क्षेत्र लाई ऐताहासिक रुप मा पनि लिम्बुवान क्षेत्र (राज्य)भनेर चिनिन्छ। यी क्रमश: पाँचथर,इलाम्,ताप्लेजुङ्, सन्खुवासभा, मोरङ, धनकुटा, झापा, सुनसरी,र तेह्रथुम । बिभिन्न पत्रपत्रिक लेख रचना र अन्य ऐतिहासिक किताब हरुको आधार अनुसार लिम्बुहरुको आफ्नै मौलिक भाषा,संस्क्रिती,रितिरिवाज,भेसभुसा तथा लिपी भएका लिम्बु जाति हरु अरुण पूर्व का बिभिन्न पहाडी क्षेत्रहरुमा छरिएर बसोबास गरेका छन्। बिगत् मा किराँती हरुले काठमाडौं को उपत्यका सम्म बिभिन्न गतिबिधी हरु सन्चालन गरेका थिए। यहि समयमा इन्डो-आर्यन भाषा बोल्ने खस् जाति हरु पशुपालन सहित फिरन्ते अवस्थामा मतातिर्थ केन्द्रित भइ रहन्थे। खस् जाति हरु ले किराँती हरु सँग खेती पाती गर्न सिकेका थिए। यही क्रममा गोपाल वंशीअनुसार ३२ पुस्ता, कर्कपेट्रिक वंशावलीअनुसार २७ पुस्ता, डेनियल राइट वंशावली अनुसार २९ पुस्ता, इतिहास प्रकाशनअनुसार २५ पुस्ता, प्रेमबहादर माबोहाङका अनुसार ३३ पुस्तासम्म किराती राजाहरुले काठमाण्डौ उपत्यकामा शासन गरेका थिए । बौद्ध दर्शनबाट किराती राजाहरु प्रभावित भएका थिए । सातौं किराती राजा जितेदास्तीको पालामा स्वयम्भु चैत्य र मञ्जुश्री चैत्यको दर्शन गर्न गौतम बुद्ध आई १३५० शिष्यहरु बनाएको भनिन्छ । किरात वंशलाई लिच्छवीहरुले धपाएपछि पूर्वतिर लागेका हुन् । यसरी पूर्व लाग्नेहरु राई, लिम्बु, याक्खा, धिमाल, मेचे, कोचे, सुनुवार आदि हुन् । त्यसताका काठमाण्डौ एउटै किरात प्रदेश थियो । वल्लो किरात, माझकिरात, पल्लोकिरात भनि भू-भाग विभाजन गर्ने काम गोरखा राज्यको विस्तार क्रममा भएको पाइन्छ । यसरी, अरुण नदी पूर्व रहेका किरातीहरुमध्ये लिम्बु जातिहरुमा आफ्नो छुट्टै सामाजिक, आर्थिक, सांस्कृतिक र राजनैतिक संरचना रहन गएको हो । लिम्बुहरुमा बौद्ध धर्मदर्शनले कुनै प्रभाव नपारेको पाइन्छ, किनकि आफ्नै मुन्धुम दर्शनबाट निर्देशित सामाजिक अवस्था र स्वायत्त कृषि प्रणाली हुनुको साथै अपुंगी राजनैतिक प्रणाली वा विभिन्न सरदारी प्रथा वा प्रणाली रहेको थियो । जसमध्ये विजयपुर गढी सबभन्दा शक्तिशाली रुपमा रहेको थियो । विभिन्न समयमा विभिन्न थुमका प्रमुखहरुलाई लालमोहर प्रदान गरेको पनि पाइन्छ । तमर खोला, माइ खोला, मेवा खोला, याङरुप, आठराय, पान्थर, फेदाप, चारखाल, चौबीस, छथर जस्ता थुमहरुले विजयपुरमा सम्बन्ध राखी आफ्ना थुमहरुमा आपुंगी राज गरेको र सम्बन्धन प्राप्तिको लालमोहर लिने गरेको र लिम्बुवान संघीय प्रणाली अनुरुप सञ्चालन भएको पाइन्छ ।

Wednesday, September 14, 2011

प्रेम् पत्र

मलाई उनले लेखेकी प्रेम् पत्र जस्ता को तस्तै, जुन मैले गूगल फाइल मा सेभ गरेर राखेको थिएँ ।
प्राणदेब .......
स-प्रेम् सम्झना। तिम्रो पत्र पाएं। किन त्यति भावूक भएर पत्र कोर्छौ? आखिर म तिम्रै हुँ। तिम्रो इमान्दार प्रेम् को कदर् गर्दा गर्दै अब म तिमी बिना एक पल पनि एक्लो बाँच्न सक्दिन राजा। तिमी बाहेक अरु कसै सँग जिन्दगी बिताउनु पर्छ भन्ने मेरो सोच भन्दा कैयौं कोश टाढा को कुरा हो। म तिम्रो बाटो को प्रतिक्ष्या मा बस्ने छु। छिट्टै आउ ल। यस पटक को माघेनी मेला म गइन। साथी हरुले जाउँ भन्दै थिए। तिम्रो अनुपस्थिती मा कता-कता अन्जानै मा आँखा बाट आसुँ झर्यो। तिमी बिना मलाई बजार जान मन लागेन। पछि संगै जाने ल।
बस बिदा
तिम्री अर्धाङ्गिनी

म २ बर्ष पछि गाउँ आउँदा सधैं -सधै को लागि उनलाई भगवान ले दुनिया बाट छुटाएर लगी सकेका थिए।

Sunday, September 11, 2011

प्रचण्ड एकाएक सम्पर्कबाहिर

२५ भदौ । गोरखाबाट राजधानी काठमाडौँ फर्केलगत्तै पूर्व नेपाल आएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकाएक सम्पर्कबाहिर छन् ।शुक्रबार अपराहन ४ बजे पत्नी सीता, छोरा प्रकाश, स्वकीय सचिव समिर र माओवादी कोचिला रज्य समिति इन्चार्ज हरिबोल गजुरेलसाथ पूर्वतर्फ लागेका दाहाल कहाँ छन् भनेर शनिबार दिनभर खोजी भए पनि पत्तो लाग्न सकेको छैन । सुरक्षा निकाय र पार्टीका कार्यकर्ता तथा नेतालाई सुइँकोसम्म नदिई आएका दाहाल विमानस्थलको विशिष्ट कक्षमासमेत नगई साधारण यात्रु कक्षबाट बाहिरिएर गाडी चढेका थिए । आजको कान्तिपुर दैनिकमा मुख पृष्ठमा छापिएको समाचारमा अगाडि लेखिएको छ, विमानस्थल सुरक्षामा खटिएका प्रहरीले समेत थाहा पाएनन् । एयरलाइन्सका केही कर्मचारीले मात्र दाहाल परिवारलाई देखेको थियो ।प्रहरी,पत्रकार तथा माओवादीका जिल्लादेखि केन्द्रीय नेताले समेत दाहालको खोजी गरे तर खास कुरा पत्ता लाग्न सकेन । ‘आज बिहानैदेखि अध्यक्षको खोजीको फोन उठाउँदा उठाउँदै हैरान भइसकें’, माओवादी मोरङ जिल्ला सेक्रेटरी गणेश उप्रेतीले शनिबार भने, ‘पार्टीका केन्द्रीय सदस्यदेखि पूर्व क्षेत्रका इन्चार्ज र मात्र होइन, पत्रकार र सर्वसाधराणले समेत सोधेको सोध्यै छन्, तर खै के भन्ने मलाई नै थाहा छैन ।’पोलिट्ब्युृरो सदस्य गजुरेल, छोरा प्रकाश र स्वकीय सचिव समिरको माबाइलमा पनि सम्पर्क हुन सक्दैन । पूर्वक्षेत्र प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीदेखि राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीसमेत शनिबार दिनभर दाहालकै खोजीमा लागेका थिए ।

‘मैले सबैतिर खोजें, आउनुभएको छ भन्ने हल्ला आयो तर कहाँ र किन भन्ने पत्ता लाग्न सकेन’ पूर्वक्षेत्रीय प्रहरी प्रमुख डीआइजी सुरेन्द्रबहादुर शाहले भने । केहीले कांग्रेस सभापति सुशील कोइराला भेट्न आएको अड्कल काटे । कोइराला दुई दिनदेखि सुनसरीमा छन् । केहीले माओवादी लडाकु शिविर गएको अनुमान गरे । तर, यसको पनि आधिकारिक पुष्टि भएको छैन ।

म्ाओवादीकै एउटा स्रोतले भने दाहाल भारतको सिलुगुडीमा रहेकी कान्छी छोरीको घर गएको दाबी गरेका छ । दाहाल पूर्व आएको खबरपछि शनिबार दिनभर झापाका सुरक्षाकर्मी र सञ्चारकर्मी पनि हैरान भए । विराटनगरबाट भाफा हुँदै सिलुगुडी गएको चर्चा सुनेका पत्रकारहरु उनी र्फकने प्रतीक्षामा काँकडभिट्टा नाकामा बसेका थिए । दाहाल सिलुगुडी गएको खबर पाउनासाथ प्रहरीले झापामा सुरक्षा सतर्कता बढाएको थियो ।भ्ारत, सिलुगुडीका पत्रकारले पनि शनिबार दिनभर दाहालको खोजी गरेको पत्रकार विजय रुचालले जानकारी दिए । दाहालले सिलुगुडी जाँदा संधैजसो भेट्ने गरेका डुवर्सको बाग्राकोटका कान्छा ज्वाईं नारायणविक्रम प्रधानले दाहाल आएको जानकारी नभएको बताए । ‘उहाँ आएको भए मलाई थाहा हुन्थ्यो’, फोनमा प्रधानले भने, ‘यताको सबै व्यवस्था मैले नै मिलाउँदै आएको थिएँ ।’

Saturday, September 10, 2011

एसएलसी पुरक परीक्षामा ६३ दशमलव ५९ प्रतिशत पास भए

२४ भदौ, भत्तपुर एसएलसीको पुरक परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । शनिबार अपराहृन प्रकाशित परीक्षाफलमा ६३ दशमलव ५९ प्रतिशत अर्थात ७७ हजार ८ सय ८३ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।। ३९ हजार ४ सय ३२ छात्रा तथा ३८ हजार २ सय ५१ छात्र छन् । परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमका अनुसार परीक्षाको यति थोरै अवधिमा नतिजा आएको यो पहिलो पटक हो । यस पटकको परीक्षामा ५ नम्बर ग्रेस दिइएको जानकारी पनि गौतमले बताउनु भयो । परीक्षाफल नेपाल टेलिकमको १६०० नम्बर डायल गरी सुन्न सकिने छ भने www.slcresult.soce.gov.np, www.doe.gov.np, www.moe.gov.np मा हेर्न सकिनेछ । असारमा सार्वजनिक भएको नजितामा एक र दुई विषयमा फेल भएका १ लाख २२ हजार ४ सय ७३ जना पुरक परीक्षामा सहभागी भएका थिए । साउन २३ देखि ३० गतेसम्म भएको परीक्षाका लागि देशभर २ सय २३ परीक्षा केन्द्र तोकिएको थियो ।