तावहाँङ्ग बँशावली छिट्टै नै प्रकाशन हुने तयारी मा छ । ---- पोल् स्टार !

Friday, June 17, 2016

How to to hide your FOLDER from your computer display?



           कम्प्युटर को डिस्प्ले बाट फोल्डर कसरी लुकाउने  ? थाहा छ ? यदी थाहा छैन भने तपाईं सिकी राख्नुहोस् । किनकी आफ्नो ब्यक्तिगत फोल्डर डाटा हरु अरु कसैले पनि नबिगारोस र नदेखोस् भन्न को लागि फोल्डर हाइड गरेर राखे राम्रो हुन्छ।

* सबै भन्दा पहिला एउटा फोल्डर बनाउनुहोस्। फोल्डर को नाम परिवर्तन गर्नुहोस् र परिबर्तित नाम मा ALT +0160 टाइप गर्नु होस्। तपाईं त्यहाँ केही पनि देख्नु सक्नु हुने छैन नयाँँ नाम । त्यसपछी फोल्डर मा राइट क्लिक गरेर properties मा जानुहोस । त्यसपछि  custimize मा क्लिक गरेर icon बदल्नु होस्। खाली भाग icon लाई सेलेक्ट गर्नुहोस् र apply गर्नुहोस्। तपाईंको फोल्डर लुक्यो ।
लुकेको फोल्डर लाई हेर्न CTRL+A गरेर हेर्नुहोस्। देख्न सक्नुहुनेछ ।
              

Tuesday, September 23, 2014

दशै कसको चाड ?

दशै कसको चाड ?

दशै तपाईको चाड हो वा होईन बुझेर मात्र मनाउनु होला !
(1) दशै भारतबाट आयत गरेको चाड हो । नेपालको भूभागसंग र नेपालका आदिवासी जनजातिसंग दशैको कथाको सम्बन्ध भएको ईतिहांस काहि कतै कसैले पढनु भएको छ ?
(2) गोरखा राज्य विस्तार भए पछि अतिहिन्दुवादी निरंकुश गोरखाका शाह राजाले आदिवासी जनजातिलाई पहाडे बाहुनको शासन, हिन्दुधर्म–संस्कृति र खस भाषालाई स्वीकार्न बाध्य परेको ईतिहांस १२ बजेको घाम जतिकै छर्लङ छ ।
(3) राई : दशैको टिका थाप्न राणा शासकको आदेश पालन नगर्दा आदिवासी जनजाति राम्लिहाङ राई र रिदमा राईलाई झुण्डाएर हत्या गरेको थियो ।
(4) लिम्बु : सन १८३१ मा गोरखाका शाह राजाले दशै नमाने लिम्बुहरुको सुव्वाङ्गी र किपट खोस्ने धम्की दिएकोले बाध्य भएर लिम्बुहरुले दशै मानेका हुन । जोगीको वेशमा लिम्बु गाउामा जासुस पठाएर दशै नमान्ने लिम्बुहरुलाई चरम यातना दिएर दशै मान्न बाध्य बनाएका थिए ।
(5) नेवा : षडयन्त्रपूर्वक गोरखाका राजाले काठमाडौ उपत्यका कब्ज गरेता पनि नेवाहरुले गोरखा राजाको शासन स्वीकारेका थिएन्न । नेवाहरुलाई गोरखा राजाको शासन स्वीकार्न बाध्य बनाउन गोरखा दरबारबाट फुलपाती ल्याएर काठमाडौको टुडिखेलमा फुलपाती बढाई गरेर नेवाहरुलाई दशै मान्न बाध्य बनाएका थिए ।
(6) गुरुङ : पृथ्वी नारायण शाहको आदेश अनुसार सेनमा काम गर्ने गुरुङहरु, उनीहरुका परिवारहरुलाई र गोरखाका नजिक गाउाका गुरुङहरुलाई दशैमा अनिवार्य पशु बलि दिनु पर्ने र बलि दिए पछि हत्केलामा रगत लगाएर ढोकाको दायाा र बााया लगाउन बाध्य बनाएका थिए । बिक्रम सम्बत १८२६ देखि राजेन्द्र बिक्रम शाहले गुरुङहरुलाई लामा पुजारी राख्न बन्देज लगाएरु बाहुन पुजारी चलाउन बाध्य बनाएका थिए ।
(7) मगर : बिक्रम सम्बत १६१६ मा द्रब्या शाहले खडका मगर राजालाई निर्मम हत्या गरेको मगरहरुमाथी शासन गरेको दिनदेखि मगरहरुलाई दशै मान्न बाध्य बनाएको इतिहास छ ।
(8) तामाङ : सुनकोशीको बगरमा हातियार लुकाएर राखेर पृथ्वीनारायण शाहले तामाङका राजा रिन्जेन दोर्जेलाई मित लगाउन विना हतियार आउनु भनेर तिमाल बेशी भन्ने ठाउामा बोलाए निर्ममतापूर्वक हत्या गरेर तामाङहरुलाई दशै मान्न बाध्य बनाएका थिए ।
(9) दशैबारे हाम्रा मागहरु :-
* सबै नेपालीले दशै नमान्ने भएको र भारत लगायत अन्य देशका हिन्दुहरुले पनि दशै मान्ने भएकोले दशैलाई नेपालीहरुको चाड होईन हिन्दुहरुको चाड भनियोस ।
* राज्यको ढुकुटीबाट करोडौ रुपैया खर्चेर, सेना प्रहरी लगाएर वर्षको ३५ दिन सार्वजनिक विदा दिएर हिन्दुको चाड पर्व दशै, तिहार, जनै पूर्णिमा, तिज, बसन्त पञ्चमी मनाउने कार्यहरु बन्द गरियोस वा आदिवासी जनजातिका चाडहरु सकेला, भुमे पूजा, चोनाम पर्व, उधौली उभौली, लोसार, छठ जितिय, सिरुवा पर्व, महपूजा, माघीमा पनि सैनिक मञ्चमा सेना प्रहरीले हर्ष बढाईका साथ मानइयोस ।
* हिन्दुधर्मका समाचारलाई मात्र प्राथमिक्ताका दिएर सरकारी तथा अतिहिन्दुवादी सञ्चार माध्यमाहरुले आाख फुटने गरेर देखाउने कान नै बन्द हुने गरेर सुनाउने पक्षपातीपूर्ण व्यवहार बन्द गरियोस र सबै धर्मका चाडपर्वबारे समावेशी समाचार सम्प्रेषण गरियोस ।
* नेपालको राष्ट्रियता र राष्ट्रिय एकता आधार हिन्दुको चाड दशै, तीज, जनै पूर्णीमा, खस भाषा र दौरा सुरुवाल टोपी मात्र हुन सक्दैन । नेपालको राष्ट्रियता र राष्ट्रिय एकताको आधार सकेला, उधौली उभौली, लोसार, छठ जितिय, सिरुवा पर्व, भूमे पूजा, महपूजा, माघी, ईद पनि हुनुपर्छ, शेर्पा, राई, गुरुङ, मगर, तामाङ, लिम्बु, थारु, नेवार, मुश्लीम लगायत अन्य जातजातीको भाषामा हुनुपर्छ र हिमाल, पहाडमा र तराईमा लगाईने पोशाकहरुलाई बनाइयोस ।
(10) सस्तो राजनीतिक लोकप्रियता हासिल गर्न, साम्प्रदायिक सदभाव विथोल्न वा देश खण्डीत गर्ने हाम्रो आवजको उद्वेश्य किमार्थ होईन । हाम्रो आवज न्यायको लागि हो, समनताको लागि हो, भाषा, धर्म, संस्कृति, आर्थिक, राजनीतिक र समाजिक विभेदहरु समाप्त गर्दै समतामूलक समाज र समृद्धिशाली नयाँ नेपाल निमार्ण गर्ने नै हो ।
(11) प्रधानमन्त्रीको कुर्सीको पाउनका लागि पहाडे शासक वाहुन नेताहरुले आदिवासी, मधेशी, दलित, मुश्लीम, महिला, अपाङ्गाका उत्पीडनबारे कुरा उठाउदा देश टुक्र्याउने र सामाजिक सदभाव विथोल्ने आरोप नलाग्ने । तर आदिवासी, मधेशी, दलित, मुश्लीम, महिलाले आफ्ना उत्पीडनका कथा र व्याथहरुबारे आफैले आवज उठायो भने देश टुक्रिने, सामाजिक सदभाव विथोलिने आरोप लाग्ने, यो कस्तो बिडम्बना हो ? के यो न्यायोचित छ ?
(12) आदिवासी, मधेशी, दलित, मुश्लीम, महिला, अपाङ्गाका उत्पीडनका कथा व्यथाहरु विक्री गरेर राजा महाराजा, निरंकुश निर्दलिय पञ्चायती व्यवस्था, वहुदलवादी दल र गणतन्त्रवादी दलहरुले नोट, भोट बटुले, सिहदरवारको सिंहासनमा कोईराला, खनाल, नेपाल, दहाल, भट्टराईलाई पु–याएर शासन गरे तर हाम्रो कथा व्याथहरुमा कुनै परिवर्तन आएन ।
(13) अब हाम्रा लागि हामी आफै उठनु पर्छ भन्ने चेतनाको विकाश हामीमा भएकोछ । जस्को सवाल उस्को अगुवाई भन्ने भनाईबाट हामी प्रेरित भएको छौ । अब हाम्रा लागि कसैले बोल्नु पर्दैन, हामी आफै बोल्छौ, हामी आफै संठीत हुन्छौ । अब मधेशी, दलित, मुश्लीम, महिला, अपाङ्गाको उत्पीडनका कथा व्यथा विक्री गर्ने अधिकार कसैलाई हुनै छैन । सर्वाधिकार हामी आफैमा सुरक्षित हुनेछ । हेक्का रहोस !
(14) देशको ढुकुटी रित्याउने शासक पहाडे वाहुनहरु अनि नेपालको नदीनाला, वनजंगल बेचेर खरबौ डलर झ्वांम बनाउने शासक पहाडे वाहुन । आदिवासी, मधेशी, दलित, मुश्लीम, महिला, अपाङ्गा, कमैया कमलरीको आर्थिक, राजनैतिक, शैक्षिक सशक्तिकरणका लागि खोलिएका ५,२२७ संघसंस्थाहरु मध्ये ८० प्रतिशत संघसंस्थाहरु शासक पहाडे वाहुनहरु कै छन् । यदि विश्वास लाग्दैन भने गैह्र सरकारी संस्था महासंघ (फेडेरेसन अफ नन गर्भमेन्टल अर्गनाईजेसन अफ नेपाल) को वेभ साईडमा गएर सदस्यहरुको नामवाली हेरियोस । उर्मिला आर्याल, आरजु देउवा, भिम रावल, के पी ओली, गगन थापा, योगेश भट्टराई, टोपवहादुर रायमाझीका संघसंस्थाले वार्षिक खरबौ डलर झवाँम बनाउछन् । अब भन्नोस डलर कस्ले पाउने रहेछ ? शासक पहाडे वाहुनले की आदिवासी, मधेशी, मुश्लीमले ? धान खाने मुसा चोट पाउने भ्यागुता ! विदेशी डलर र राज्यको ढुकुटी रित्याउने शासक पहाडे वाहुन अनि आरोप लगाउछ आदिवासी, मधशी, दलित र मुश्लीमलाई ?
(15) न्याय र समानताका लागि उठेको अवाज कुनै विदेशी डलरको उपज होईन चेतना अभिबृद्धिको उपज हो । हेक्का रहोस !
साभार्- नेपालीसमाचार डट कम
 
 

Monday, September 22, 2014

सरकार हत्यारा हो

सायद् अब हतपत  मान्छे हरू अनसन बस्दैनन्।  बसे पनि सरकार घुर्क्याउने हिसाबले बस्दैनन्। मलाई यस्तै लाग्छ है । तर सरकार ले घोर अन्याय गरेको छ। सरकार ले बेइज्जती कमायो। थुइक्क सरकार । ज्यान मारा सरकार । सोझा जनता हरू एकपछी अर्को लगातर मर्दैछन यसैगरी मर्दै जानेछौँ । अन्याय मा परेका हामी यसै गरि दबिँदै जानेछौँ । कुर्शी को लोभ गर्ने बेइज्जती, स्वार्थी सरकार यसै गरि टिकी रहन्छ । सरकारले गरेको यत्रो गल्ति न त क्षमा दिन लायक छ न त कोहि जनता उठ्नेछन । किनकी यो भोटिङ सिस्टम होईन नि। अल्से नेपाली हरू भोटिङ सिस्टम भयो भने मात्र एक हुन्छन्। भोटिङ को आधार मा त नेपाली हरू ले धेरै नेपाली लाई जिताइ सकेका छन्। म त यत्ति भन्छु नेपाली हामी जनता हरू धेरै गल्ति गर्दैछौं नेता हरूले गरेको गल्ति हरू लाई सहजै हामी माफ गरिदिन्छौं। थुइक्क यति सम्म की जनताको रगत् चुस्ने भ्रष्ट्राचारी जेल बाट निस्कँदा हामी हर्षबडाइँ मनाउन्छौं , फुलमाला लगाई दिन्छौं । त्यसैले गल्ति हामी गर्दै छौं । यहां अनसन बसेर केही हुँदैन किनकी जनतालाई जनता ठानिँदैन, अनसन बसेर आफू मर्नु पर्छ यो देश् मा मरेर केही हुँदैन । संबिधान बन्छ या बन्दैन त्यो त थाहा छैन् तर मलाई यति कुरा थाहा छ की संबिधान नबने पनि यो देश् मा केही हुंदैन। किनकी जनता उठ्दैनन । जनता लाई पनि देश् प्रति त्यति चिन्ता छैन। धेरै जनता हरू बिदेश् तिरै छन् उनिहरुलाई यति चिन्ता छ की मेरो भिसा लाग्छ की लाग्दैन? गएर पैसा कमिन्छ की कमिन्दैन? एमआरपी बनाको छैन् अब मलाई बिदेश् फर्किनु दिन्छ की दिँदैन बस। म पनि त्यति नी सोच्छु बस आज नराम्रो लाग्यो छोरा को लागि ज्यान को आहुती दिएर न्याय माग्दा पनि सरकार ले न्याय दिन सकेन यो कुरा निश्चित छ भोलि गएर हामी कसैलाई यस्तो स्थिति आइ पर्‍यो भने पनि यसै गरि मरि रहनु पर्छ यस्तो खबर सामान्य बन्दै जानेछ । देशको अस्तित्व र इमानता हराउँदै जानेछ। फेरि चुनाव हुन्छ हामी यसैगरी नेता हरू लाई महानेता बनाउँदै जानेछौँ ।

Thursday, July 31, 2014

हिरोसिमामा परमाणु खसाल्नेको मृत्यु

 श्रावन -१५
  दोश्रो विश्य युद्ध मा कैयौं जापानी हरु लाई एउटै लास हुने गरे हिरोसिमामा परमाणु बम खसाल्ने अमेरिकी विमानको चालक थियोडर भान क्रिकको मृत्‍यु भएको छ। डच नामले प्रख्यात क्रिक 'इनोला गे' नामक विमानमा सम्मिलित चालक दलको अन्तिम जीवित सदस्य थिए। सन् २०१० मा उनको सहयोगी मोरिस जेप्सनको मृत्यु भएको थियो। करिब १ लाख ४० हजार नागरिकको मृत्यु भएको थियो।'लिटिल ब्वाई -पुडके केटा' नाम राखिएको थियो उक्त परमाणु बम धेरै शक्तिशाली थियो ।   उक्त घटनाको तीन दिनपछि बोकस्कार विमानबाट जापानकै अर्को सहर नाकासाकीमा 'फ्याट म्यान (मोटो मान्छे)' नामक अर्को बम खसालिएको थियो, जुन घटना झन्डै ८० हजारले ज्यान गुमाएका थिए। एउटा अचम्म को कुरा त के भने उक्त कार्य का लागि उक्त कार्यका लागि कहिल्यै पछुतो भएन।

Friday, June 6, 2014

मेरो एउटा सपना

तावाहाँङ
             मैले धेरै पटक एउटै प्रकार को सपना देखी रहेको छु जुन सपना ले मलाई ब्युँझंदा निक्कै भावुक बनाउँछ न त यो कुरा कहिं कसैलाई शेयर गर्न सक्छु न त ब्लग मा नै लेख्न सक्छु। मेरो जीवन मा मैले अनुभव गरेको एउटै यथार्थ कुरा पनि कसैलाई भन्न सकेको छुइन। शायद यसै कारण यो सपनाले बार-बार मलाई पछ्याइ रहेको कि । म के गरुँ ? मेरो पनि बिवशता हरु छन, शायद मैले जीवनमा  चाहेर र नजानेर केही कुरा हरु गर्न चुकेको छु। फेरी यस्तो सपना हरु कहिल्यै नदोहोरियोस। मैले केही गल्ती हरु गरेको छुइन, मेरो तख्दिर मा जे लेखेको छ त्यही मात्र बेहोरेको भन्नु पर्ला, नत्र मैले मेरो जीवन लाई अर्कै दिशा तर्फ मोड्न खोजेको थिएँ, लेखान्त सँग म हारेको छु। भन्छन हरेक मान्छेको लागी भगवान ले सिनेमा को पर्दा मा देखाएको एउटा कथा जस्तै आ-आफ्नै कथा लेखेर पठाए
को  हुन्छ रे त्यो पुरा गर्नै पर्छ रे । मैले पनि पुरा गर्नु पर्छ। अनी सबैले ।


Wednesday, January 1, 2014

नयाँ बर्ष २०१४ साल को धेरै धेरै शुभकामना सबै लाई।

                                        नयाँ बर्ष २०१४ साल को धेरै धेरै शुभकामना सबै लाई।


 यस् वर्ष को शुरुवात सँगै सबैको सोच बिचार र संकल्प हरु पुरा होउन, खराब बाटो छोडेर नयाँ गन्तब्य मा लम्किनु यही छ मेरो सबै लाई शुभकामना ।

Monday, October 28, 2013

आज पुर्वका नौ जिल्ला बन्दको आह्वान

 ११ कार्तिक २०७० 
   आज   संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले पुर्व का नौ जिल्ला मा एक  दिने बन्द  को आव्हान गरेको छ। केहि समय अघि विभिन्न स्थानबाट आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै रिहाको माग गरी आज पुर्वका नौ जिल्ला बन्दको आह्वान गरीएको मञ्चका अध्यक्ष कुमार लिङ्देनले बताउनुभएको छ । बन्दको कारण पुर्वका सबै जिल्लामा प्रभाव परेको छ । बन्द र तोडफोडमा संलग्न भएको भन्दै प्रहरीले विभिन्न जिल्लाबाट लिम्बुवानका करिव १२ कार्यकर्ता केहि दिन अघि पक्राउ गरेको थियो । मञ्च्ले एक प्रेशविज्ञप्ति जारी गर्दै आफ्ना कार्यकर्ता तत्काल रिहा गर्न माग गरेको छ भने दोस्रो संविधानसभाको निर्वाचन तत्का स्थगित गरी गोलमेच सम्मेलनको माग समेत गरेको छ ।
न्दको कारण पुर्वको ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम, संखुवासभा, भोजपुर लगायतका जिल्लामा प्रभाव परेको छ । बन्द र तोडफोडमा संलग्न भएको भन्दै प्रहरीले विभिन्न जिल्लाबाट लिम्बुवानका करिव १२ कार्यकर्ता केहि दिन अघि पक्राउ गरेको थियो ।
मञ्चले एक प्रेशविज्ञप्ति जारी गर्दै आफ्ना कार्यकर्ता तत्काल रिहा गर्न माग गरेको छ भने दोस्रो संविधानसभाको निर्वाचन तत्का स्थगित गरी गोलमेच सम्मेलनको माग समेत गरेको छ ।
- See more at: http://www.onlinekhabar.com/2013/10/131631/#sthash.hG7Rv9il.dpuf
न्दको कारण पुर्वको ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम, संखुवासभा, भोजपुर लगायतका जिल्लामा प्रभाव परेको छ । बन्द र तोडफोडमा संलग्न भएको भन्दै प्रहरीले विभिन्न जिल्लाबाट लिम्बुवानका करिव १२ कार्यकर्ता केहि दिन अघि पक्राउ गरेको थियो ।
मञ्चले एक प्रेशविज्ञप्ति जारी गर्दै आफ्ना कार्यकर्ता तत्काल रिहा गर्न माग गरेको छ भने दोस्रो संविधानसभाको निर्वाचन तत्का स्थगित गरी गोलमेच सम्मेलनको माग समेत गरेको छ ।
- See more at: http://www.onlinekhabar.com/2013/10/131631/#sthash.hG7Rv9il.dpuf
बन्दको कारण पुर्वको ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम, संखुवासभा, भोजपुर लगायतका जिल्लामा प्रभाव परेको छ । बन्द र तोडफोडमा संलग्न भएको भन्दै प्रहरीले विभिन्न जिल्लाबाट लिम्बुवानका करिव १२ कार्यकर्ता केहि दिन अघि पक्राउ गरेको थियो । - See more at: http://www.onlinekhabar.com/2013/10/131631/#sthash.hG7Rv9il.dpuf

Sunday, October 13, 2013

HAPPY VIJAYA DASHAMI
सम्पुर्ण बर्ग हरू मा बिजया दशमी को हार्दिक मंगलमय शुभकामना।  

Monday, September 9, 2013

३० आश्चर्यजनक कुराहरु

 
पोल स्टार तावा -जेद्दाह, साउदी अरेबिया 
०९-सेप्टेम्बर  २०१३ 
के तपाइंलाई थाहा छ? 
१. मान्छेको मस्तिष्कमा १ सय विलियन न्यूरोन्स हुन्छन् र ३५ वर्षपछि दिनहुँ करिब ७ हजार न्यूरोन्स नष्ट भएर जान्छन् ।
२. मुटुले पम्प गर्ने १ सय प्रतिशत रगतमध्ये १५—२० प्रतिशत रगत मस्तिष्कमा पम्प हुने गर्छ ।
३. मस्तिष्कको तौल करिब १३००—१४०० ग्राम हुने गर्छ ।
४. सामान्य पुरुषको मस्तिष्कको तौल १ हजार ३ सय ७५ ग्राम हुन्छ जुन महिलाभन्दा १ सय ग्राम धेरै हुने गर्छ ।
५. प्राय टाउकोबाट दिनहुँ ८० वटा कपाल झर्ने गर्छ ।
६. चिसो मौसमले मानिसको सोच्ने शक्ति र एकाग्रता बढाउँछ ।

७. सुत्दा एन्टेरिएर पिट्यूटरीबाट ग्रोथ हर्मोन भन्ने हर्मोन निस्कने गर्छ जसले मानिसको उचाई बढाउन मद्दत गर्छ ।
८. पुरुषभन्दा महिलामा ९ गुना दुःखाई सहनसक्ने क्षमता हुन्छ ।
९. बूढो मानिसमा बिर्सिने रोगलाई डिमेन्सिया भनिन्छ र ख्ष्त भ् अनि ख्ष्त ऋ ले त्यसको रोकथाम गर्छ ।
१०. रक्तचाप र मधुमेहका कारण ६६ प्रतिशत मृर्गौला फेल हुने गर्छ ।
११. अल्कोहलले मस्तिष्कमा हानी पु¥याउने गर्छ जसलाई ख्ष्त भ् ले बचाउने गर्छ ।
१२. हरेक दिन हाम्रो मुटु करिब १ लाख पटक धड्किन्छ ।
१३. हाम्रो शरीरमा ६३९ वटा मांसपेशी हुन्छन् र एक जना मानिस हाँस्दा करिब ३० वटा मांशपेशीको अभ्यास ९एक्सरसाइज० हुने गर्छ ।
१४. हाम्रो शरीरमा दिनहुँ १ सय बिलियन रेड ब्लड सेल ९आर।बी।सी।० बन्ने गर्छ ।
१५. जिब्रोमा हुने टेष्ट बड करिब १० दिनसम्म बाँच्ने गर्छ ।
१६. एकपटक आर।बी।सी। सी।लाई पूरै शरीर परिक्रमा गर्न १० सेकेन्ड लाग्छ ।
१७. एउटा सामान्य मान्छेले आफ्नो पूरै उमेरमा करिब १६ हजार ग्यालेन जति पानी पिउने गर्छ ।
१८. आफ्नो पूरै उमेरमा एउटा सामान्य मान्छेले दुईवटा स्वीमिङ पुलमा भएको पानी बराबर थुक्ने गर्छ ।
१९. हरेक दिन संसारभर २० हजार मानिसको मृत्यू क्यान्सरका कारण हुने गर्छ ।
२०. पुरुषमा प्राःय फोक्सो, पेट र प्रोस्टेटको क्यान्सर हुने गर्छ भने महिलामा प्रायः स्तन, सर्भिक्स र आन्द्राको क्यान्सर हुनेगर्छ ।
१४. हाम्रो नाकले सास लिन मात्र नभएर गन्ध थाहा पाउन, फोहोर र धूलोलाई फोक्सोमा छिर्न, चिसो हावालाई तातो र तातो हावालाई चिसो बनाउ मद्दत गर्छ ।
२१. एउटा मानिसले एक मिनेटमा करिब २५ पटक आँखा झिम्क्याउने गर्छ ।
२२. हात र खुट्टाको नङ्गलाई जरादेखि टुप्पोसम्म उम्रिन ६ महिना लाग्ने गर्छ ।
२३. मानिसको छालामा ४५ माइल्स बराबरको नशा हुने गर्छ ।
२४. शरीरलाई स्वस्थ बनाउन मानिसको कलेजाले ५ सय वटा फरक भूमिका खेल्ने गर्छ ।
२५. मानिसको जिब्रोमा १० हजार टेष्ट बड हुने गर्छ ।
२६. शरीरमा सबैभन्दा सानो हड्डी कानमा पाइन्छ जसको नाम स्टेप्स हो ।
२७. मानिसले १० हजार वटा गन्ध छुट्याउन सक्छ ।
२८. मानिसको एउटा फोक्सोमा करिब ३ सय देखि ३ सय ५० मिलियन बखिभयष् हुने गर्छ ।
२९. कफीले पार्किन्सन्स भन्ने रोग लाग्न दिँदैन ।
३०. मानिसको पेटले २ लिटर सम्मको खाएको कुरालाई थेग्न सक्छ ।
 
 
साभार - पत्र-पत्रिका