Saturday, June 15, 2013
Sunday, May 5, 2013
जहाँ बाबुले छोरीमाथि गोली हान्दा छिमेकीले ताली बजाए
जहाँबाबुले छोरीमाथि गोली हान्दा छिमेकीले ताली बजाए | मुख्य समाचार | ekantipur.com
Monday, March 4, 2013
Friday, February 22, 2013
पारश शाहको श्वास्थ्य स्थिति गम्भीर की निधन्?
पोल् स्टार, फेब्रुअरी २२ शुक्रबार्।
पूर्व युवराज पारश शाहको श्वास्थ्य स्थिति गम्भीर की निधन् भनेर अहिले सबै अस्पस्ट छन्। सामाजिक सन्जाल हरू मार्फत आएको जानकारी अनुसार् उनको निधन भै सकेको छ र अब औपचारिक घोषणा हुन मात्र बाँकी छ। तर नेपालका चर्चित मिडिया हरू ले भने अझै गम्भीर अवस्था मा भनेर समाचार अप्डेट गरि रहेका छन्। कान्तिपुर अन्लाइन्खबर का अनुसार् हाल आइसियुबाट केही सुधार नभए पछि सिसियु कक्षमा सारिसकीएको छ। जे होश उनी एक समय का युवराज हुन्, अहिले सामान्य नागरिक, त्यसै कारण पनि सबैको चासो को बिषय हुन कुनै ठुलो कुरा होइन। उनी दरबार हत्या काण्ड मा मुछिएका एक ब्यक्ति हुन्। उनले गरेका ज्यादती र हिंशा हरू धेरै नै छन् त्यसैले पनि उनी नेपाली जनता माझ प्रिय युवराज बन्न सकेनन्। त्यसै करण पनि उनी राजतन्त्र को अन्त्य पछि प्राय: बाहिर नै बस्दै आएका छन्। यस अघि केही बर्ष उनी सिङ्गापूर बस्दै आएका थिए। जहाँ राजतन्त्र छ त्यहाँ आफु सुरक्षित हुने कारण बताउन्दै उनी थाइलैन्ड सरेका थिए केही बर्ष पहिले।

Friday, January 11, 2013
नेपाल सरकारले बन्द गरेका अस्लिल वेब साईटहरु
This summary is not available. Please
click here to view the post.
Wednesday, January 9, 2013
नेकपा माओवादी को महाधिवेशन
पोल् स्टार पौष-२५, नेकपा माओवादी को महाधिवेशन आज बाट राजधानी मा शुरु भएको छ। एमाओबादी सँग अलग भए पछि को यो पहिलो महाधिवेसन हो। राजधानीको खुलमञ्चमा अध्यक्ष बैद्यले ७ वटा पानसममा बत्ती बालेर सातौं महाधिवेशनको उद्घाटन गरेका छन् रामबहादुर थापाले समान्तवाद र विस्तारवादले विश्वमा सुन्दर मानिएको नेपालका जनतालाई कुरुप बनाएको बताएका छन् । उनले नयाँ नेपाल र नयाँ संसार निर्माण सम्भव भएको सन्देश सातौं महाधिवेशनले दिने दावी गरे । उनले त्यसका लागि पहिले सबैले आफूलाई बदल्न जरुरी भएको बताए । टर्की बाट आएकी माक्र्सवादी लेनिनवादीकी प्रतिनिधी लिनाले सम्राज्यवादविरुद्ध संघर्षरत टर्कीका जनता, मिलिसिया, बन्दी क्रान्तिकारी साथीहरुको तर्फबाट महाधिवेशन सफलताको शुझकामना दिएकी छन् । उनले भनिन् 'तपाइको संघर्ष हाम्रो संघर्ष हो, तपाइको जित हाम्रो जित हो ।'
महाधिवेशन २९ गते सम्म हुने नेकपा-माओवादी ले जनाएको छ । महाधिवेशन को सफलताको मेरो पनि शुभकामना।
महाधिवेशन २९ गते सम्म हुने नेकपा-माओवादी ले जनाएको छ । महाधिवेशन को सफलताको मेरो पनि शुभकामना।
Friday, September 28, 2012
सिता एयर भक्तपुर मा दुर्घटनाग्रस्त
पोल् स्टार सेप्टेम्बर २८ - आज बिहान काठमाडौं बाट लुक्ला को लागि उडान भरेको सिता एयर को 9N AHA डोर्नियर विमान त्रिभुवन विमानस्थलबाट उडेको २ मिनेट भित्रै दुर्घट्ना भएको छ । उक्त विमान लोकन्थली मनोहरा खोला छेउमा दुर्घट्ना भएको छ । विमानमा १९ जना सबैको निधन भएको छ । प्रत्यक्षदर्शी हरुका बिमान उडिरहेकै अवस्थामा आगो लागेको थियो। विमानमा १५ जना विदेशी नागरिक, ३ जना चालक दल तथा १ जना नेपाली यात्रु थिए । विमानको पछिल्लो भाग बाहेक सम्पूर्ण भाग जलेको छ । विमानका चालक विजय तन्डुलकर थिए । दुर्घट्नाको कारण खुल्न सकेको छैन । विमानमा के कारणले दुर्घट्ना भएको हो बारे अनुसन्धान भइरहेको छ । विमानमा रहेको ब्लयाक बक्स भेटिएको छ । चालक तन्डुलकरले त्रिभुवन विमानस्थल टावरसंग विमान फर्काउन लागेको सूचना दिना साथ दुर्घट्ना भएको बताइएको छ । चालक तन्डुलकारले विमानलाई मनोहरा खोलामा अवतरण गराउने प्रयास गरेको अनुमान गरिएको छ । तर, त्यसमा पनि उनी सफल हुन सकेका छैन । वस्तीभन्दा बाहिर भने विमानलाई झारेर थप क्षति हुनबाट उनले जोगाएका छन् ।
उक्त बिमान को पाइलट टाकेसी थापा र एयर होस्टेस रुजा शाक्य थिए । विमानमा रहेका विदेशीहरु ब्रिटिश, जापनिज र इटालयिन नागरिक थिए । मृत्यु हुनेमा जापानी ५ जना, इटालियन २ जना, बेलायती ८ जना, १ जना नेपाली यात्रु र ३ जना नेपाली चालक दल रहेको सीता एयरले जनाएको छ ।

Thursday, August 30, 2012
घुमघाम गर्न भाडामा प्रेमी
Tawahang , AUGUST 30-- गायिका चेरिल कोल विभिन्न हर्कत गरेर बारम्बार चर्चामा आउँछिन् । केही समयअगाडि खेलाडी एस्ले कोलसँग विवाहित चेरिलले आफूलाई एस्लेले समय दिन नसकेको गुनासो गर्दै आएकी थिइन् । 'उनको फुटबल म्याचले गर्दा मैले रमाइलो समय पनि बिताउन पाइनँ,' उनले भनेकी थिइन्, 'मलाई आफ्नो श्रीमान्सँग घुम्न जान त कति हो कति मन छ ।'यसपालिको यात्रामा पनि एस्लेले समय दिन नसकेपछि उनले नयाँ निर्णय गरेकी छिन् । उनले भाडामा प्रेमी लिएर घुमघाम गर्ने आफ्नो योजना सुनाएलगत्तै हलिउडमा हंगामा मच्चिएको छ । आफ्नो बेलायती टुरमा उनले पूर्वप्रेमी ट्रे हलोवेलाई सँगै लैजाने निर्णय गरेकी छिन् । उनी र हलोवेको सम्बन्ध चार महिना पुरानो भइसकेको अड्कल काटिएको छ । बेलायती अनलाइन डिजिटलस्पाई डटको डटयुकेमा जनाइएअनुसार चेरिलले यसपालि हलोवेलाई सो घुमघाममा पैसा पनि तिर्नेछिन् । 'कार्यक्रममा लैजाने भएकाले उनलाई मैले पारिश्रमिक दिनु ठीक हो,' उनले भनेकी छिन्, 'उनलाई घुमघाममा रमाइलो होस् भनेर लगेको त होइन नि ।' उनले जेसुकै भनून्, हलिउडमा भने चेरिल कोलले घुमघाममा मस्ती गर्न भाडामा प्रेमी लिएको हल्ला चलाइएको छ ।
Friday, August 24, 2012
अनौठो संख्या
अगस्त- २४- तावाहांग- सात दिन पूरा भएर एक हप्ता बन्दछ । संसारको रचना सात दिनमा नै भएको थियो । आदिकालमा ग्रहहरूको सङ्ख्या पनि सात नै मानिन्थ्यो । समुद्रहरूको सङ्ख्या पनि सात छ । महाद्वीप पनि सात नै छन् । सात महासागरहरू तथा महाद्वीपहरूसँग मिलेर नै पृथ्वी बनेको छ । इन्द्रधनुषमा पनि सात रङ हुन्छ भने सूर्यको किरण पनि सप्तरङ्गी हुन्छ । सङ्गीतको सुर क्रममा पनि सात सुर हुन्छन् । युनानी पौराणिक कथाअनुसार एपोलोले आरफियसलाई जुन वीणा दिएको थियो त्यसमा पनि सात नै तार थियो । ग्रीक वर्णमालामा सात स्वर छ । स्वर आन्तरिक यथार्थताको धारक हो । यसैले यो मानिन्छ कि यसको अङ्क विज्ञानको दृष्टिबाट महìवपूर्ण प्रभाव छ । अन्य वस्तुहरू पनि प्रायः सातको क्रममा व्यवस्थित गरिएको छ । 'लर्डस् प्रेयर' मा सात प्रार्थनाहरू छन् । पुरानो नियम -बाइबलको भाग)मा आत्माको उपहार सात बताइएको छ- विवेक, प्रज्ञा, उपदेश, शक्ति, ज्ञान, ईश्वरको भय र भोक । मुसलमान तीर्थयात्रीको 'कावा' -मन्दिर)लाई सात पल्ट परिक्रमा गर्ने गर्दछ । 'एथेनियन' हरेक सातौँ वर्ष मिनोटरलाई उपहारको रूपमा सात नवजवान र सात अविवाहित युवतीहरू 'क्रेट' पठाउँदथे ।
संसारका आश्चर्य पनि सात छन् । यसमा सबैभन्दा पुरानो आश्चर्य दोस्रो शताब्दी ईशापूर्वका छन् । ग्रीसका बुद्धिमानीहरूको सङ्ख्या पनि सात छ । सूर्यको रथमा पनि साथ जोडी घोडा हुन्छ । गुणको सङ्ख्या पनि सात नै बताइएको छ । यसमा- विश्वास, आशा, दान, धैर्य, विग्रह, न्याय र विनय समावेश छ । पाप पनि सात बताइएको छ । जसमा- अभिमान, लालच, क्रोध, वासना, ईष्र्या, अति भोजन तथा आलस्य समावेश छ ।ईश्वरको आदेशअनुसार इजरायलीहरूले जब सातको सङ्ख्याको मन्त्रद्वारा होम गरे, त्यसबेला जेरिका नगरमाथि अधिकार जमाउन सफल भए । सातको सङ्ख्या रहस्यमय शक्तिको प्रतीक हो । एक रोमको देवीलेे सातवटा प्रतिमाहरूको मुकुट धारणा मान्यता थियो । पृथ्वीमा जीवन, मृत्यु, विकास र विनाशको चक्र, चन्द्रमाको आकार ठूलो-सानोसँग सम्बन्धित छ । चन्द्र-चक्रको चाररूपहरूमा प्रत्येक रूप सात दिनको हुन्छ । चार हप्ताको महिनाको विधानको पछाडि यही तथ्य देखिन्छ । सातको गन्ती प्रतिबिम्बको गन्ती हो किनभने यो चन्द्रमासँग जोडिएको छ र चन्दि्रका सूर्यको प्रकाशबाट प्रतिबिम्बित छ ।नेपालको नेवारी संस्कृतिमा जङ्कु गर्ने परम्परा रहिआएको छ, उमेर पुगेका वृद्धवृद्धालाई गरिने एक प्रकारको बूढोपास्नी भनिने यस जङ्कु गर्न ७७ वर्ष ७ महिना ७ दिन पुगेको हुनुपर्छ भने ज्योतिषले साइतको समय पनि सात अङ्क अर्थात् जन्मसमयअनुसार ७ घण्टा ७ मिनेटको समयलाई पूर्ण साइत जुराइने गरिन्छ ।

Wednesday, August 1, 2012
अर्बौं ठग्ने युनिटीका अध्यक्ष काशीराम गुरुङ पक्राउ
१७ साउन, काठमाडौं । नेटवर्किङ व्यवसायका नाममा सार्वसाधारणबाट करिव ४ अर्ब ठगी गरेको फरार युनिटी लाइफ इन्टरनेशनलका अध्यक्ष काशीराम गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरबाट गएको विशेष टोलीले गुरुङलाई बुधबार विहान करिव साढे ६ बजेतिर इलामको पशुपतिनगर क्षेत्रबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर ललितपुरले बुधबार नै उनलार्इ ललितपुर ल्याएर पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
युनिटीलाई वैधानिकता प्रदान गर्नेबारे छलफल गर्न बाग्लुङ आउने क्रममा गुरुङलाई पक्राउ गरिएको प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।
उनी लामो समयदेखि भारतको दर्जलिङ्गमा बस्दै आएका थिए । उनले विनितकुमार लामाको नाममा चालक अनुमति पत्र लिएको तथा कुमारी बैंक र एसबीआई बैंकको एटीएम कार्ड प्रयोग गर्ने गरेको पाइएको छ ।
गुरुङलाई बिहीबार जिल्ला अदालत ललितपुरमा पेश गरिनेछ । उनीविरुद्ध गठी र बैंकिङ कसुरुको मुद्धा चलाईनेछ ।
ध्वाँस दिँदै भने ‘अब नयाँ हैसियतमा भेट्छु’
गुरुङले भने आफूहरु सर्बसाधारणको पैसा फिर्ता गर्न तयार रहेको बताएका छन् । युनिटीलाई बैधानिकता दिए सबै कानुनी प्रक्रिया गर्ने र त्यसमा पैसा राख्नेहरुलाई शेयर दिन समेत तयार रहेको उनले बताए ।
कारगार प्रवेश गर्ने क्रममा पत्रकारहरुलाई आफ्ना ५ बुँदे माग सरकारसमक्ष पुर्याइदिन आग्रह गरे । उच्च ओहदामा रहेको व्यक्ति तथा राजनीतिक दलका शीर्ष नेताहरुको नाम भजाएर सर्वसाधारणलाई ठगेका उनले कारगार जाँदा जाँदै पनि आफू राजनीतिक संरक्षणमा छुट्न सक्ने संकेत दिँदै अब अर्कै हैसियतमा भेट्ने बताए । ‘पहिले अर्कै हैसियतमा थिएँ, अहिले अर्को हैसियतमा आइपुगेको छु’ उनले भने-’अब नयाँ हैसियतमा भेट्छु ।’
सरकारले युनिटी बन्द गराएपछि प्रहरीले गुरुङसँगै प्रवन्ध निर्देशक विष्णुबहादुर क्षेत्री र अर्थ निर्देशक कृष्णबहादर क्षेत्री र महेन्द्र केसीलाई विना इजाजत बैंक तथा वित्तीय संस्था संचालन गरेको बैंकिङ्ग कसुर र ठगी मुद्धामा मोष्ट बाण्टेडको सूचीमा राखेर २ वर्षदेखि खोजी गरिरहेको थियो । अन्य तीन जना भने अझै फरार छन् । गुरुङसहितका ४२ जनालाई भने विभिन्न समयमा पक्राउ गरी मुद्धा चलाइएको छ ।
धन्दा ठगीकैः विनितकुमारको नाममा काशीरामले लिएको चालक अनुमति पत्र देखाउँदै एसपी श्रेष्ठ
युनिटीले नेटबर्किङ व्यवसायका नाममा ४ लाखभन्दा बढी सर्वसाधारणको पैसा जम्मा गरेका थियो । युनिटीले एक व्यक्तिबाट ८ देखि १५ हजारका दरले पैसा उठाएको थियो । सर्बसाधारणबाट ६ अर्ब भन्दा बढी ठगेको बताइएको छ ।
पत्रकार सम्मेलनमा भने युनिटीले सर्वसाधारणबाट ३ अर्ब ८९ करोड ९८ लाख ७० हजार १ सय ३ रुपैयाँ ७२ पैसा ठगेको बताएको छ ।
युनिटीका सञ्चालकहरुले गत असारमा गुरुङकै अध्यक्षतामा जय युनिटी को अपरेटिभ पार्टी गठन गरेको घोषणा गरेका थिए । उक्त पार्टीका नेताहरुले विभिन्न सञ्चार माध्यमलाई अन्तरवार्ता दिँदै सशस्त्र युद्ध सुरु गर्नेसम्मको धम्की दिएका थिए ।
ठगको अनेक दाउः बैंक खाता रोक्का भएपछि अर्कैको नाममा खाता खोलेर काशीरामले पैसा निकाल्न प्रयोग गरेको एटीएम देखाउँदै एसपी श्रेष्ठ
Tuesday, July 3, 2012
मलेसियाको जेल्मा १०२ नेपाली ले बन्दी जीवन् बिताउँदै
जुलाई-०३, २०१२
पोलस्टार-- प्रत्र पत्रिका को श्रोत अनुसार् मलेसिया म अहिले १०२ नेपाली ले बिभिन्न कारण वस जेल जीवन् बिताइ रहेका छन् ।
पोलस्टार-- प्रत्र पत्रिका को श्रोत अनुसार् मलेसिया म अहिले १०२ नेपाली ले बिभिन्न कारण वस जेल जीवन् बिताइ रहेका छन् ।
धन कमाइ सुनौलो भविष्यको सपना बोकेर मलेसिया आएका उनीहरू कम्पनीमा काम गर्दा हुने सामान्य विवाददेखि व्यक्ति हत्याजस्तो गम्भीर अभियोगसमेतमा जेलको चिसोछिडीमा समय बिताउन बाध्य छन् । मलेसियाका विभिन्न जेलमा गरी १०२ जना नेपाली दर्जनौं अभियोगमा जेल-सजायभोगिरहेका यहाँस्थित नेपालीदुतावासले जनाएको छ । गत ११ वर्षदेखि विभिन्न अभियोगमा नेपालीहरू जेल सजाय भोगिरहेका छन् । सन् २००३ देखि गतजुन ५ सम्म उक्त संख्यामा नेपाली मलेसियाका विभिन्न १९ जेलमा सजाय भोगिरहेका दुतावासको एक तथ्यांकमा उल्लेख छ ।
दुतावास स्रोतका अनुसार यसरी सजाय भोग्नेमा लागूपदार्थ कारोबार एवं प्रयोग गरेको अभियोगमा ११ जना, हत्या अभियोगमा २ जना, अपहरणको अभियोगमा २ जना, झै-झगडा र आपराधिक कृयालकलापमा संलग्न भएको लगायत अन्य अभियोगमा ३४ जना रहेका छन् । त्यसैगरी कम्पनीमा काम गर्दा निर्देशन नमानेको जस्ता सामान्य अभियोगदेखि चोरी डकैतीको अभियोगमा पनि नेपाली जेलमा छन् ।
दुतावासका अनुसार कम्पनीमा काम गर्दा निर्देशन नमानेकै अभियोगमा एक नेपालीमुद्दा खेपिरहेका छन् भने चोरी डकैती गरेकोमा १५ नेपाली सजाय भोगिरहेका छन् । त्यसैगरी मान प्रतिष्ठामा आँच आउने काम गरेको अभियोगमा ४ जना र धारिलो हातहतियार प्रयोग सम्बन्धी अभियोगमा १२ जना जेलमा छन् । त्यसैगरी अवैध रुपमा मलेसिया प्रवेश गरेको अभियोगमा १६ जना र गैरकानुनी बसोबासको अभियोगमा ५ जनाले मुद्दा खेपिरहेको एवं सजाय भोगिरहेको दुतावासले जनाएको छ ।
अज्ञानतार साथीभाइसँगको कुलत एवं लहलहीमा लागेर कतिपय नेपाली यहाँ अनाहकमा फास्ने गरेको पाइन्छ । दुतावासले साथीभाइको कुलतमा नलाग्न र सजकता अपनाएर काम गर्न नेपालीलाई आग्रहसमेत गरेको छ । जेलमा पर्ने नेपालीमध्ये कतिपयले आफूमाथि झुटो आरोप लगाइएको भन्दै मुद्दा लडिरहेका छन् । स्रोतका अनुसार मुद्दा लड्दा मलेसियाद्वारा नै वकिलको प्रबन्ध मिलाइएको हुन्छ । जेलमा रहेकामध्ये बहुसंख्यक नेपाली सजाय कटाउनका लागिबसिरहेका छन् भने अन्य मुद्दाको फैसला पर्खेर बसिरहेका छन् । भाषासम्बन्धीज्ञानको अभाव, साथीभाइसितको कुलत र छिटै धनीबन्ने महत्वाकांक्षाका कारण पनि कतिपय नेपाली फास्ने गरेको दुतावासका एक सदस्यले बताए । ती सदस्यका अनुसार सजाय कटाइ सकेपछि उनीहरू घर फर्कन पाउने छन् । सजाय भोगिसकेकालाई 'डिटेन्सन सेन्टर' मा राख्ने गरिन्छ । उक्त सेन्टरमा सारेपछि उनीहरूले घरफिर्ती टिकट आफैंले व्यवस्था गर्नुपर्ने हुन्छ । जेल सजायकटाई घर फर्कने नेपालीका लागि दुतावासले यात्रा अनुमतिपत्र निःशुल्क उपलब्ध गराउँदै आएको छ । यसरी जेल सजाय कटाइसकेपछि पनि घरफिर्ती टिकटको व्यवस्था हुन नसक्दा अन्य कयौं डिटेन्सन सेन्टरमा छन् । उनीहरूको घर फर्कने टुंगो छैन । स्रोतकाअनुसार घर फिर्ती टिकट अभावमै अझै कयौं नेपाली डिटेन्सन सेन्टरमै बस्न बाध्य छन् । घर फर्कने आशैआशामा उनीहरुमध्ये कतिपयको सेन्टरमै महिनौं बित्ने गरेको छ ।
Subscribe to:
Posts (Atom)